इजरायल-प्यालेस्टाइन संघर्षः हमास बदमास ?

2.2k
SHARES
27k
VIEWS
 भरत पोखरेल

अमेरिकाका तीन राष्ट्रपति क्लीन्टन, बुश र ओबामाले २३ वर्ष शासन गरे ९ देशमा आक्रमण गरे र १ करोड १० लाख जनता मारे । दोषी को ? युद्ध कुनै पनि समस्याको समाधान होइन ।

यही ७ अक्टोबर (तारिखमा) हमासले इजरायलका केही स्थानमा आक्रमण गरेपछि विश्वमा कोलाहल मच्चिएको छ । कर्पोरेट मिडियाहरू एकोहोरो हमासको निन्दामा बेसुरको राग अलापिरहेका छन् । प्रविधिको विकासले अब हाम्रो जस्तो देशमा पनि वास्तविकता बुझ्न अरुको मुख ताक्नुपर्ने स्थिति छैन । वास्तविकता के हो बुझ्ने सुविधा प्रविधिले उपलब्ध गराएको छ ।

नेपाली मिडिया र सामाजिक सञ्जालमा यो आक्रमणबारे त्यति चर्चा छैन । केही चर्चा छ भने नेपालका १० युवा विद्यार्थीहरूको दुःखद मृत्युको समाचार छ । विश्वमा कुनै पनि मानिसको मृत्युमा मानवता चिन्तित हुन्छ । त्यसमा पनि हाम्रा आफन्त देशवासीहरूको मृत्युले हामीलाई बढी संवेदनशील बनाउनु स्वभाविक हो ।

कमरेड प्रचण्डले जो बाइडेन, ऋषि सुनकको हाराहारीमा वक्तव्य दिएका छन् । चौथो महाधिवेशन वाइसिएल (युवा संघ) का अध्यक्ष रहँदा क. कमल, मशालका महासचिव भएका बेला क. विश्वास र नेकपा (माओवादी) का अध्यक्ष क. प्रचण्डका पुराना दस्तावेज पल्टाउने हो भने विस्तारवादी इजरायलको विरुद्ध प्यालेस्टाइन समर्थनमा बग्रेल्ती वक्तव्य र लेखहरू पाइन्छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तेस्रो पटक प्रधानमन्त्री बनेका कमरेड प्रचण्डले अक्टोबर ७ को मध्यराति ट्वीटरमा दिएको वक्तव्यको इतिहासले निर्मम समीक्षा गर्नेछ । नेपालको परराष्ट्र नीतिले त्यो वक्तव्यलाई स्वीकृति दिन्छ ? इराकको अगुल्टोले पोलिएको नेपालले अरब आगोको लप्का छेक्न सक्छ ? देशको अर्थतन्त्र अरबबाट आएको रेमिटेन्सले भरथेक गरिरहेको छ । यसमा समस्या आयो भने नेपालको अवस्था कस्तो होला ?

इजरायलमाथि हमासको आक्रमणपछि वास्तविक घटनाहरू सतहमा आउन थालेका छन् । इजरायलमा अहिलेसम्म १,५०० मानिसहरूको मृत्युको समाचार उपलब्ध छन् । इजरायल सरकारका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको घोषणा गरेपछि गाजामा इजरायलले लगातार आक्रमण गरिरहेको छ । गाजाको अवस्था कस्तो छ भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र साउदी अरेबियाका युवराज मोहम्मद बीन सलमानका ट्वीटहरू बलिया प्रमाण छन् ।

इजरायल-प्यालेस्टाइन द्वन्द्वबारे संयुक्त राष्ट्र सङ्घको थोरै इतिहास जानौँ । प्यालेस्टाइन-इजरायल द्वन्द्वमा सन्‌ २००८ मा ३,२०२ प्यालेस्टाइनी र ८५३ इजरायली मारिएका थिए, सन्‌ २००९ मा ७,४६० प्यालेस्टाइनी र १२३ इजरायली, सन्‌ २०१० मा १,६५९ प्यालेस्टाइनी र १८५ इजरायली, सन्‌ २०११ मा २,२६० प्यालेस्टाइनी र १३६ इजरायली, सन्‌ २०१२ मा ४,९३६ प्यालेस्टाइनी र ५७८ इजरायली, सन्‌ २०१३ मा ४,०३१ प्यालेस्टाइनी र १५७ इजरायली, सन्‌ २०१४ मा १९,८६० प्यालेस्टाइनी र २,७९६ इजरायली, सन्‌ २०१५ मा १४,८१३ प्यालेस्टाइनी र २२२ इजरायली, सन्‌ २०१७ मा ८,५२६ प्यालेस्टाइनी र १७४ इजरायली, सन्‌ २०१८ मा ३१,५५८ प्यालेस्टाइनी र १३० इजरायली, सन्‌ २०१९ मा १५,६२८ प्यालेस्टाइनी र १३३ इजरायली, सन्‌ २०२० मा २,७८१ प्यालेस्टाइनी र ६१ इजरायली मारिएका थिए ।

हमासले विश्वलाई नै चकित बनाउने इजरायलमाथि आक्रमण गर्ने यत्रो हतियार कहाँबाट प्राप्त गर्‍यो ? यसको सपाट उत्तर अमेरिकाले युक्रेनलाई बेचेको हतियार झन्‌ महङ्गोमा युक्रेनले हमासलाई बेचेको पोल खुलेको छ ।

अमेरिकाका तीन राष्ट्रपति क्लीन्टन, बुश र ओबामाले २३ वर्ष शासन गरे ९ देशमा आक्रमण गरे र १ करोड १० लाख जनता मारे । दोषी को ? युद्ध कुनै पनि समस्याको समाधान होइन । हमासको इजरायलमाथि आक्रमण, इजरायलको प्यालेस्टाइन गाजापट्टीमाथि आक्रमणको निन्दा गर्नुपर्छ र नेपाल सरकार प्रमुखको एक पक्षीय वक्तव्यको झन्‌ घोर निन्दा गर्नैपर्छ ।

इजरायल-प्यालेस्टाइन संघर्षमा मारिएका १० नेपाली युवाहरू
इजरायल-प्यालेस्टाइन संघर्षमा मारिएका १० नेपाली युवाहरू

(लेखक वाम बुद्धिजीवी हुनुहुन्छ – सं. ।)

लेफ्ट रिभ्यु अनलाइन

 

यो पनि पढ्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist