बुध, असार ३२, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कोशीमा केपी ओली कांग्रेसको ८ सिटपछि लाग्नुभयो भन्दिनँ : महामन्त्री शर्मा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
प्रधानमन्त्री प्रचण्डविरूद्ध नाराबाजी गर्दा जेल चलान भएका युवालाई तत्काल रिहाइ गर्न माग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ / कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेशमा प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ८ सांसदको पछि लागेको भन्दै कटाक्ष गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस महामन्त्री शर्माले राजनीतिक दलहरूले मिलेर अगाडि बढ्नुपर्ने र एकअर्काको आलोचना गर्नबाट बँच्नुपर्ने बताए । ‘अस्ति केपी ओलीले आरामले भन्नुभयो कांग्रेस ३२ सिटको पछि लाग्यो । हो त सही हो । ३२ सिटेको पछि लागेको हो । उहाँले बनाएर हिँड्नुभयो, हामीले सँगै लिएर हिँड्यौं । पुस १० गते उहाँले बनाउनुभयो,’ उनले भने, ‘अब म कसरी भनौं कि तपाईं विराटनगरमा कांग्रेसको ८ सिटका पछि लाग्नुभयो ! म भन्दिनँ ।’

कोशी प्रदेशमा एमालेले कांग्रेसका ८ प्रदेशसभाको नेतृत्व गरेका केदार कार्कीलाई समर्थन गरेको थियो । एमालेका ३९ सांसदको समर्थन कांग्रेसका ८ सांसदको नेतृत्व गरेका कार्कीलाई रहेको छ । डा. शेखर कोइरालाको पक्षमा रहेका केदार कार्कीलाई एमालेले मुख्यमन्त्रीमा समर्थन गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा कांग्रेसले समर्थन गरेको भन्दै आलोचना गरेकोप्रति महामन्त्री शर्माले जवाफ दिएका हुन् । दाहाल २०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रपतिको निर्वाचनसँगै एमाले-माओवादी गठबन्धन भत्किएर कांग्रेस-माओवादी गठबन्धन बनेको थियो ।

कांग्रेस महामन्त्री शर्माले नयाँ आएका दलहरूलाई स्वागत गर्नुपर्ने बताए । उनले मुलुक निर्माणका लागि सबै राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने धारणा राखे । मुलुक निर्माण पुराना र नयाँ राजनीतिक दलहरू मिलेर लोकतान्त्रिक गणतन्त्रको बाटोबाटै सम्भव रहेको उनको भनाइ थियो ।

नयाँ राजनीतिक दलहरूले ‘पुराना दिन गए’ भन्न नहुने पनि शर्माको धारणा थियो । उनले सबै पुराना कुरा नजाने बताए । ‘कसैले भन्दैगर्दा पुरानाका दिन गए, पुराना धर्मशास्त्र पनि हो । पुरानो यो धर्ती पनि हो । पुरानो भन्ने चीज त्यति सजिलै जाँदैन । नयाँ भन्ने पनि मितिले भनेर हुँदैन । विश्वप्रकाश संसद्मा पहिलो पटक छ, नयाँ हो । तर, नयाँ हुँ भन्न मैले केही नयाँ गरेर पुष्टि गर्नुपर्छ,’ उनले भने, ‘कुनै दलले पनि, व्यक्तिले पनि नयाँ जन्म मितिले भनेर मात्रै पुग्दैन । नयाँचाँहि प्रवृत्तिमा, संस्कृतिमा हुन्छ । कुनै राजनीतिक दल पुरानो हुँदैमा, हामी आफैंमा बिदाई पनि हुन्नौं र, शक्तिमा, सरकामा छौँ भन्दैमा हामी सदैव सशक्त पनि हुँदैनौं ।’

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

४ घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

घट्याे सुनचाँदीकाे भाउ

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक