काठमाडौँ / इजरायलबाट उद्धार गरेर ल्याइएका २ सय ५३ नेपाली काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
नेपाल एयरलाइन्सको जहाज आरए २३५४–२३० बाट शुक्रबार बिहान २ :४२ ती नेपालीहरु काठमाडौं अवतरण गरेका हुन्।
उद्धार उडानको नेतृत्व वरिष्ठ कप्तान श्रवण रिजालले गरेका थिए।
इजरायलबाट फर्किएका नेपालीलाई सरकारले नेपाल प्रहरीका तीन बसमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुका आफन्त तथा उनीहरुले चाहेको स्थानमा पुर्याउने छ।
ती बसहरुले उद्धार गरी ल्याएका नागरिकलाई उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानसम्म लैजानेछन्। परराष्ट्रमन्त्री एनपी साउदज्यूको नेतृत्वमा उद्धारका लागि गएको जहाज इजरायलको तेल अभिभस्थित विमानस्थलबाट दुबई हुँदै काठमाडौं फर्किएको हो।
गएको शनिबार हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।