बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

कृषि अभ्यासका लागि इजरायल जानुपर्ने अवस्था नेपालीलाई कसले बनायो ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा गरेको ठूलो आक्रमणमा त्यहाँ रहेका नेपाली पनि परेका छन् । आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको सरकारले जनाएको छ । वैदेशिक रोजगारी तथा कृषि सम्बन्धी अध्ययनका लागि पुगेका नेपालीहरुले यो युद्धका क्रममा आफ्नो ज्यान गुमाउनु परेको हो । प्यालेस्टाइन र इजरायलबीचको लामो समयदेखिको विवादको परिणाम अहिले नेपालीले पनि भोग्नुपरेको छ । आखिर नेपाली यो युद्धको चपेटामा आउनुपर्ने अवस्था किन आयो ? किन नेपाली विद्यार्थीलाई कृषि अभ्यासका लागि भनी इजरायल पठाइयो ? त्यहाँ केही दशकयताको अशान्त अवस्थालाई किन नजरअन्दाज गरियो ? किन सरकारले इजरायल जस्तो द्वन्द्वग्रस्त देशमा नेपाली नागरिकको ज्यान जोखिममा पार्ने काम ग¥यो ? यी यस्ता प्रश्नले अहिले सरकारको आलोचना भइरहेको छ । शनिबार हमासले गरेको रकेट आक्रमणका क्रममा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत इजरायल पुगेका १७ जना नेपालीमध्ये १० जनाको मृत्यु भएको हो । आक्रमणमा परेका एक नेपाली सम्पर्कविहीन रहेका छन् भने ४ जना नेपाली सुरक्षित स्थानमा छन् । आक्रमणमा सिकिस्त २ जनाको उपचार भइरहेको छ ।

आक्रमणमा कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाबको जयपृथ्वी–६ का गणेशकुमार नेपालीको मृत्यु भएको छ । कैलाली भुनियाँ–३ का आशिष चौधरी, दार्चुलाको लेखम–५ का दिपेशराज बिष्ट, धनुषाको सपही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भएको छ । आक्रमणमा डोटी पछन्ली–३ का राजन फुलरा, डोटी लमीखाल–८ का पदम थापा, सल्यानको शारदा–३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन–४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भएको छ । आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त–३ का विपिन जोशी सम्पर्कविहीन छन् ।

गोरखाको गोर्खा–८ का हिमाञ्चल कट्टेल, कैलालीको टीकापुर–९ का धनबहादुर चौधरीको अवस्था सामान्य छ । दुवै जना उपचाररत छन् । सल्यानको शारदा–२ का विधान सेजुवाल र दाबको दंगीशरण–३ का प्रविण डाँगीको खुट्टामा चोट लागेको र उनीहरु को उपचार भइरहेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–१ का प्रमोद केसी, कैलाली भजनी–४ का वीरेन्द्र चौधरी सुरक्षित छन् । नेपाल र इजरालयबीच केयर गिभरका रुपमा नेपाली नर्सिब जनशक्तिलाई लैजाने गरी १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो । त्यसकै आधारमा अहिले पनि ४ हजार ५०० ।।।केयर गिभर’ त्यहाँ कार्यरत रहेको सरकारले बताएको छ । त्यहीबेला इजरायली कृषि प्रविधि भित्र्याउने उद्देश्यले इजरायलको प्राविधिक सहयोगमा ।

एग्रिकल्चरल सेन्टर अफ एक्सिलेन्सेज’ खोल्ने समझदारी भएको थियो । कम्तीमा ७ वटै प्रदेशमा यस्ता सेन्टर खोल्ने भनिए पनि सरकारले त्यसमा लगानी गरेन । त्यहीकारण इजरायली कृषि प्रविधि सिक्न नेपालीहरु इजरायल नै जानुपर्ने अवस्था रहिरह्यो । सरकारी तथ्यांक अनुसार शनिबारको घटना हुनुअघिसम्म २६८ जना विद्यार्थी ।।।लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत थिए । श्रम सम्झौता २०७७ सालमा भए पनि इजरायलले त्यसअघि नै ।।। लर्न एन्ड अर्न’ कार्यक्रममा नेपालीहरुलाई लैजाने गरेको थियो । सुरुमा त्रिभुवन विश्वविद्यालयसँग सहमति गरेर कृषि संकायका विद्यार्थीहरुलाई प्रशिक्षार्थी कामदारका रुपमा लैजान थालियो । कार्यक्रमका लागि कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशुविज्ञान संकाय र सुदूरपश्चिम विश्वविद्यालयका इच्छुक विद्यार्थीबाट सम्बन्धित शैक्षिक संस्थाले आवेदन लिने गरेका छन् । त्यसपछि इजरायली दूतावासको सक्रियतामा इजरायलका सम्बन्धित तालिम केन्द्रको प्रतिनिधि आफैंले विद्यार्थी छनोट गरेर लैजाने गरेका छन् । तीन वटै विश्वविद्यालयले सम्झौता गरेको ।।।एग्रिकल्चर ट्रेनिब सेन्टर’हरु फरक–फरक छन् । यस्ता ।।।एग्रिकल्चर ट्रेनिब सेन्टर’हरुले नेपाल लगायत विभिन्न देशबाट लगेका कृषिका विद्यार्थीलाई कृषि फार्महरुमा पठाउने गरेका छन् ।

नेपालजस्तो कृषिप्रधान देशमा अहिले हरेक नागरिक कृषिमा मात्र नभई वैदेशिक रोजगारीमा आकर्षित छन् । कुनै बेला कृषि उत्पादन निर्यात गर्ने देश अहिले हरेक वस्तुमा आयातमा नै निर्भर छ । विशेषगरी किसानलाई हरेक क्षेत्रबाट मार छ । भनेको समयमा मल नपाउनु , दुःख गरेर उत्पादन गरे पनि लागत अनुसार प्रतिफल नपाउनु , बजारको अभाव, बिचौलियाको बिगबिगी जस्ता कारणले किसान आफ्नो पेशाबाट नै विस्थापित भइरहेका छन् । कृषि क्षेत्रबाट भइरहेको रोजगारीलाई पनि बचाउन नसकेको सरकारले अन्य रोजगारी सृजना गर्न सकेको छैन । त्यसैले जोकोही वैदेशिक रोजगारीका लागि इजरायल जस्ता देशहरु जान बाध्य भएका छन् । नेपालले आफ्नो कृषि क्षेत्रमा उन्नतिका लागि यहाँ नै वातावरण स ृजना गरेको भए अहिले इजरायलको घटनाबाट पीडा खेप्नुपर्ने दिन आउने थिएन । यदि नेपालीलाई कृषिको नयाँ ज्ञानको आवश्यकता परेको नै भए पनि त्यसका लागि विदेशी विज्ञलाई नेपालमा ल्याउने, प्रविधिको जमाना भएकाले भिडियोमार्फत त्यहाँको अवस्था जानकारी लिने जस्ता काम गर्न सकिन्थ्यो ।

तर, सरकारले इजरायलसँगको कूटनीतिक सम्बन्ध बढाउन र आफ्नो काम देखाउनका लागि नेपाली नागरिकको ज्यान नै धरापमा पार्ने काम गरेको स्पष्ट हुन्छ । यसमा क्षणिक रुपमा केही नेपाली नेता तथा सरकारको फाइदा जस्तो देखिए पनि कालान्तरमा समग्र नेपालीले नै ठूलो क्षति भोग्नुपरेको छ । कृषि अभ्यासका लागि द्वन्द्वग्रस्त अवस्थामा रहेको इजरायलमा नेपालीलाई जाने बनाउने मन्त्री, नेता तथा सम्झौतामा सहभागी सबै यो घटनाका लागि दोषी मान्न सकिन्छ । -जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए

१३ घण्टा अगाडि
आजदेखि कांग्रेस केन्द्रीय समिति बैठक सुरु हुँदै

कांग्रेसकाे सदस्यता अद्यावधिक पुनः कार्यतालिका सार्वजनिक

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक