काठमाडौं । लुटेरा समूहलाई नियन्त्रणमा लिन प्रहरीले काठमाडौंको बौद्ध क्षेत्रमा गोली चलाएको छ।
काठमाडौंको बौद्ध क्षेत्र जगडोलमा बिहीबार दिउँसो प्रहरीले लुटेरा नियन्त्रण गर्न गोली चलाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसपी सोमन्द्र सिंह राठौर छन्।
उनी भन्छन्, ‘लुटेराहरुलाई नियन्त्रणमा लिन खोलेका थियौँ। त्यतिकैमा एकजनाले धारिलो हतियार प्रहार गर्न खोजेपछि गोली चलाउनुपरेको हो।’
उनका अनुसार प्रहरीले लुटेरा समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ। जसमध्ये एक जनालको खुट्टामा गोली लागेको छ। गोली लागेर ३६ वर्षीय अमर घलान घाइते भएका हुन्। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले नियन्त्रण लिएका अन्य २ जनामा जितेन लामा र शान्ता लामा रहेका छन्।