सोम, असार ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

विश्वकप इतिहासमा एकै इनिङमा ४ शतक,श्रीलंका विरुद्ध पाकिस्तानको कीर्तिमानी रन चेज

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 mins read
0
विश्वकप इतिहासमा एकै इनिङमा ४ शतक,श्रीलंका विरुद्ध पाकिस्तानको कीर्तिमानी रन चेज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एकदिवसीय विश्वकपमा पाकिस्तानले कीर्तिमानी रनचेज गर्दै लगातार दोस्रो जित हासिल गरेको छ। मंगलबार भएको खेलमा श्रीलंकाले दिएको ३ सय ४५ रनको लक्ष्य पाकिस्तानले १० बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गरेको थियो। एकदिवसीय विश्वकप इतिहासमा यो सर्वाधिक उच्च रन चेजको कीर्तिमान हो।

पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएसँगै विश्वकपमा लगातार दोस्रो जित हासिल गर्‍यो। श्रीलंकाको भने यो लगातार दोस्रो हार हो। यसअघि श्रीलंका दक्षिण अफ्रिकासँग पराजित भएको थियो। पाकिस्तानले भने पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।

यसअघि सर्वाधिक रन चेजको कीर्तिमान आयरल्यान्डको नाममा रहेको थियो। आयरल्यान्डले २०११ को विश्वकपमा बैंगलोरमा भएको खेलमा इंग्ल्यान्ड विरुद्ध ३ सय २९ रन चेज गर्दै विश्वकप इतिहासको सर्वाधिक उच्च रन चेजको कीर्तिमान बनाएको थियो।

यस्ता बने पाकिस्तान र श्रीलंका बिचको खेलमा रेकर्ड

एकै खेलमा ४ शतक:विश्वकपमा पहिलो पटक एकै खेलमा ४ शतक प्रहार भए। श्रीलंकाका कुशल मेन्डिस र सदीरा समरविक्रमाले सेन्चुरी प्रहार गर्दै टिमलाई उच्च स्कोरमा पुर्याए जवाफमा पाकिस्तानका अब्दुल्लाह शफीक र मोहम्मद रिजवानले शतक प्रहार गरे। विश्वकपमा यस्तो पहिलो पटक भएको हो। यसअघि ३ शतक सम्म प्रहार भएका थिए।

विश्वकपमा सर्वाधिक रन चेज: पाकिस्तानले एकदिवसीय विश्वकपमा सर्वाधिक उच्च रन चेज गरेको छ। यसअघि आयरल्यान्डले इंग्ल्यान्ड विरुद्ध २०११ मा ३ सय २९ रनको लक्ष्य चेज गरेको थियो। पाकिस्तानले यसअघि सर्वाधिक रनका रुपमा १९९२ मा २ सय ६४ रनको लक्ष्य चेज गरेको थियो।

मेन्डिसले प्रहार गरे श्रीलंकाका लागि सर्वाधिक चाँडो शतक: कुशल मेन्डीसले पाकिस्तान विरुद्ध ६५ बलमानै शतक प्रहार गरे। यो सँगै उनी विश्वकपमा श्रीलंकाका लागि सर्वाधिक चाँडो शतक प्रहार गर्ने खेलाडी बने। उनले कुमारा सांगाकारको रेकर्ड तोडे। सांगाकाराले २०१५ मा इंग्ल्यान्ड विरुद्ध ७० बलमा शतक प्रहार गरेका थिए।

दुबै टिमको सानदार प्रदर्शन

एतिहासिक रन चेजसँगै पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेको छ। पाकिस्तानले उच्च लक्ष्य पछ्याउने क्रममा ३७ रन जोड्दा २ विकेट गुमाएपनि त्यसपछि क्रिजमा आएका मोहम्मद रिजवान र अब्दुल्लाह शफीकको शतकले पाकिस्तानले सनसनिपूर्ण जित आत्मासाथ गर्‍यो। यि दुई बिच तेस्रो विकेटका लागि १ सय ७६ रनको साझेदारी गर्दै टिमलाई जित तर्फ अगाडि बढाएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ३ सय ४४ रन बनाएको थियो। उसका लागि कुशल मेन्डीसले १ सय २२ तथा सदिरा समराविक्रमले १०८ रनको सानदार शतकीय इनिङ खेल्दै पाकिस्तान समक्ष कीर्तिमानी लक्ष्य प्रस्तुत गरेका थिए। पाकिस्तानका लागि हसन अलीले ४ विकेट लिंदा हरिस रउफले २ विकेट लिए।

जवाफमा पाकिस्तानले ४८.२ ओभरमा लक्ष्य पुरा गरेको थियो। उसक लागि मोहम्मद रिजवान १ सय २१ बलमा १ सय ३१ रनमा अविजित रहे। उनले आफ्नो एकदिवसीय अन्तराष्ट्रिय करिअरमा तेस्रो शतक प्रहार गर्दा विश्वकपमा भने उनको यो पहिलो शतक हो। ब्याटिङका दौरान इन्जुरीसंघ संघर्ष गरेका रिजवानले अन्तिम सम्म संघर्ष गर्दे टिमको जित निश्चित गरेका थिए।

त्यस्तै अब्दुल्लाह शफीकले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाए। उनी १०३ बलमा १ सय १३ रन बनाएर आउट भएका थिए।

यो पनि पढ्नुहोस्

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

१४ घण्टा अगाडि
नेपालले साफ यू-२० महिला प्रतियाेगितामा बंगलादेशसित भिड्दै

नेपालले साफ यू-२० महिला प्रतियाेगितामा बंगलादेशसित भिड्दै

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक