काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रचण्ड नेतृत्वको सरकारले इजरायलको पक्षमा वक्तव्यबाजी गरेर साम्राज्यवादको दलाली गरेको आरोप लगाएको छ । आइतबार इजरायलमा प्यालेस्टाइनी हमास समूहको आतङ्ककारी हमलामा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएकोमा विज्ञप्ति जारी गर्दै सरकारमाथि उक्त आरोप लगाएको हो ।
साथै इजरायलमा अध्ययनरत नेपाली विद्यार्थीहरू, श्रमजीवी कामदारहरू तथा पर्यटकहरूलाई सुरक्षित स्थानमा सार्न र देशमा फर्कन चाहने नेपालीहरूलाई तुरुन्त देशमा फर्काउने व्यवस्था मिलाउन नेपाल सरकारसँग माग गरेको छ ।


