काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल गएकी सावित्रा भण्डारी साम्बाले आफू सुरक्षित रहेको जनाएकी छिन् ।
इजरायलबाट अनलाइनखबरको सम्पर्कमा आएकी उनले आफू अहिले तेलअविवमा रहेकाे र त्यहाँ कुनै खतरा नरहेको जनाइन् ।
उनी शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाबाट फुटबल खेल्न इजरायल गएकी थिइन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ । अखिल नेपाल फुटबल संघ एन्फाले भने सावित्रा संकटमा रहेको भए राजदूतावासको सहयोगमा नेपाल झिकाउने जनाएको छ ।
रसियामा रहेका एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले अनलाइनखबरसँगको कुराकानीमा सावित्राको सुरक्षाका बारेमा आफूहरु चिन्तित रहेको र उनलाई झिकाउन प्रयास भइरहेको जनाएका छन् ।