शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
गाउँपालिकाको अनुदानमा व्यावसायिक फूलखेती
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा व्यावसायिक सयपत्री फूलखेती गरिएको छ । गाउँपालिकाका विभिन्न वडाका समूह, सहकारी तथा व्यक्तिले ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका हुन् ।

सुरुआतमा गाउँपालिका आफैँले फूलखेती गरी राम्रो आम्दानी गरेसँगै पालिकाका विभिन्न समूह सहकारी तथा व्यक्ति अभिप्रेरित भई पालिकाको अनुदानमा फूलखेतीमा आकर्षित भएका हुन् । पालिकाले केही वर्षदेखि थालेको व्यावसायिक फूलखेतीबाट सफलता प्राप्त गरेसँगै अहिले यहाँका समूह, सहकारी तथा व्यक्तिहरूले पनि व्यावसायिक फूलखेती थालनी गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए।

गाउँपालिकाभित्र फूलखेती गर्न इच्छुकलाई उत्पादनमा आधारित रहेर ५० प्रतिशत अनुदान उपलब्ध गराइने उनले जानकारी दिए। “अहिले गाउँपालिकाका विभिन्न १६ स्थानमा करिब ६० रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती भएको छ”, उनले भने, “फूलखेतीको अनुदानका लागि कम्तीमा पनि दुई रोपनी जग्गामा अनिवार्य फूल लगाउनुपर्ने छ, दुई रोपनी क्षेत्रफलभन्दा तल अनुदान दिँदैनौँ ।”

गाउँपालिकाले प्राविधिक सहयोग गर्ने तर सुरुआतमा किसानले आफ्नै लगानीमा बीउबिजन, मलखाद, मल्चिङ प्लाष्टिक, डोरीलगायतको व्यवस्थापन गर्नुपर्छ । किसानले फूल उत्पादन गरेपश्चात प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान गाउँपालिकाले उपलब्ध गराउँनेछ ।

“फूलखेती गर्दा प्रतिरोपनी रु अठार हजार अनुमानित लागत लाग्छ”, उनले भने, “कार्यसम्पादन प्रतिवेदनका आधारमा किसानलाई प्रतिरोपनी रु नौ हजारका दरले एकमुष्ट अनुदान उपलब्ध गराउँछौँ ।” दसैँतिहारलाई लक्षित गरी अहिले गाउँपालिकाका विभिन्न ठाउँमा ‘कर्मा ५५५’ जातको फूलखेती गरिएको छ ।

गाउँपालिका आफैँले पनि वडा नं ४ को पुछार भन्ने स्थानमा ड्रागन बगैँचामा मिश्रितरूपमा फूलखेती गरेको छ । पालिकाले झण्डै १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्दै आइरहेको छ । पालिकाले गरेको फूलखेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्लो समय सामूहिकरूपमा फूलखेतीलाई व्यावसायिकतातर्फ अगाडि बढाउने क्रम बढ्दै गइरहेको छ ।

मकै, कोदो तथा विभिन्न जातका गेडागुडी लगाउने बारीमा अहिले फूलखेती देख्न सकिन्छ । कालीगण्डकी गाउँपालिका–७ बारीचौरमा सामूहिक चार रोपनी क्षेत्रफलमा फूलखेती गरिएको छ । स्थानीय घनबहादुर थापा मकै, कोदो तथा गेडागुडीबाट भन्दा फूलखेतीबाट आम्दानी राम्रो हुन थालेकाले सामूहिकरूपमा फूलखेती गरेको बताए ।

“दसैंतिहारलाई लक्षित गरी मैले व्यक्तिगत तथा सामूहिकरूपमा पनि फूलखेती गरेका छौँ”, उनले भने, “गत वर्ष फूल बिक्रीबाट रु डेढ लाखभन्दा बढी आम्दानी भएको थियो, अहिले पनि राम्रो छ ।” उक्त गाउँमा घरबास (होमस्टे) पनि सञ्चालनमा रहेकाले यहाँ आउने पाहुनालाई स्वागतका लागि पनि फूलको प्रयोग हुने गरेको छ ।

हालसम्म उत्पादन भएको फूलले राम्रै बजार पाएको कृषि अधिकृत पौडेलले बताए । यहाँ उत्पादन भएको फूल स्थानीय बजारसहित पोखरा, बुटवल, नारायणगढ, काठमाडौँ, दाङ, सुर्खेतलगायतका बजारमा खपत हुने गरेको उनले बताए ।

यो पनि पढ्नुहोस्

धान आयातमा साढे २० अर्ब खर्च

धान आयातमा साढे २० अर्ब खर्च

१५ घण्टा अगाडि
दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने

दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कमल थापा नेतृत्वको राप्रपा नेपालले विचार मिल्ने पार्टीहरुसँग एकता गर्ने निर्णय

चुनावी प्रचारका लागि नेता बालेन शाह इलाम पुगे

धान आयातमा साढे २० अर्ब खर्च

चुनाबी माहोलले ओझेलमा कांग्रेसको मुद्दा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक