काठमाडौं । केएमसी अस्पतालमा कार्यरत एक इन्टर्न डाक्टरमाथि बिरामीका आफन्तले हातपात गरेपछि अस्पतालमा कार्यरत डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्।
उपचारमा आएको एक मिर्गौलाका बिरामीलाई डाक्टरले पालो आउँछ केहीबेर कुर्नुस् भन्दा हातपात भएको अस्पतालको ठहर गरेकाे छ। इन्टर्न डाक्टर मनिष खड्कामाथि हातपात भएको हो।
अस्पतालमा कार्यरत डाक्टरहरु सबै काम रोकेर तत्काल आन्दोलनमा उत्रिएका छन्। पानीमा भिजेरै भएपनि उनीहरुले आन्दोलन जारी राखेका छन्। उनीहरूले डाक्टर कुट्नेलाई तुरुन्तै पक्राउ गरी गृहमन्त्रीको रोहवरमा भएको सहमतिको पूर्ण पालना गर्न आग्रह गरेकाे छ । अस्पतालमा कार्यरत चिकित्सकका अनुसार चिकित्सक कुट्नेमध्ये एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तीन जना फरार भएका छन् ।
केएमसीका चिकित्सक तथा इन्टर्नहरूको विरोध प्रदर्शन चक्रपथतर्फ अगाडि बढ्ने भएपछि त्यहाँ ठूलो मात्रामा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर उनीहरूलाई रोक्ने प्रयास भइरहेको छ ।