आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

संघीयता किन चाहिएको हो ? बहस सुरु गरौं

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा गणतन्त्र घोषणाको डेढ दशक बितिसकेको छ । राजसंस्थाको अन्त्य र जनताको छोराछोरी नै देशको प्रमुख बन्न पाउने यो व्यवस्था लागू भएको यतिका वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थिरता भने देखिन पाएको छैन । राजनीतिक दलहरुबीचको खिचातानीका कारण कुनै पनि सरकारले ५ वर्षे कार्यकाल पूरा गर्न सकेको छैन । यत्रो अवधिमा गणतन्त्रलाई संस्थागत गर्ने प्रयास मात्र भएको छ । प्रदेशहरु निर्माण, नियमित चुनाव जस्ता राजनीतिक प्रक्रियाहरु मात्र यो बीचमा सम्पन्न भएको छ । यतिका वर्ष पुग्दा बल्लतल्ल प्रदेशहरुको नामकरण र राजधानीको विषय टुंगो लागेको छ । तर, प्रदेश तथा स्थानीय तहका कानुन, जिम्मेवारी भने अझै पनि अधुरो छन् ।

यस बीचमा जनताले अपेक्षा गरेअनुसारको विकास निर्माण भने न्यून जस्तो नै छ । बरु गणतन्त्रका कारण प्रदेशगत संरचनाहरु बढ्दा राज्यको खर्च भने बढेको छ । यसले गणतन्त्र कतै देशले थाम्न नै नसक्ने हो कि भन्ने आशंका पनि बढाएको छ । राजनीतिक दलहरुको पुरानै झगडा र देशको आर्थिक अवस्था पनि कमजोर हुँदै जाँदा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ । कांग्रेसको हालै भएको केन्द्रीय समितिको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकमा संघीयताका विषयमा चौतर्फी आक्रमण भइरहेको भन्दै कांग्रेसले त्यसबारे प्रष्ट धारणा बनाएर जानुपर्ने जनाए । उनले संघीयताको विषयमा प्रष्ट धारणा नभएकै कारण प्रदेश र स्थानयि तहलाई बलियो बनाउने गरी संविधान र संघीयता अनुकूलका कानुनहरु बन्न सकेको धारणा राखे । दलहरुले संविधानअनुकुल संघीयतालाई मजबुत बनाउने कानुन बनाउन नचाहेका कारण प्रदेश सरकारले काम गर्न सक्ने अवस्था नरहेको पनि उनको भनाइ थियो ।

अर्कोतर्फ वर्तमान व्यवस्थाप्रतिको चरम निराशा र सरकार तथा राजनीतिक दलका नेताहरुको अकर्मण्यताका कारण केही राजावादीहरुले फेरि देशमा राजसंस्थाको आवश्यकतामा जोड दिइरहेका छन् । केही राजावादी पार्टी तथा व्यक्तिले प्रदर्शन आयोजना तथा भीड जम्मा गरेर देशमा राजसंस्थाको आवश्यकता भएको बताउने गरेका छन् । त्यसैले वर्तमान निराशाबीच संघीयतामाथि आक्रमण सुरु भएर देशमा नै भाँडभैलो हुने अवस्था आउनुभन्दा पहिले नै संघीयताको औचित्यमाथि बहस आवश्यक भएको छ । राजनीतिक दल तथा तिनका नेता असफल हुँदा अहिले संघीयतामाथि नै प्रश्न उठेको हो । यस्तै, संघीयतापछि विभिन्न संरचनाहरु बढेका छन्, जसका कारण राज्यको खर्च पनि बढेको छ ।

देशको आर्थिक अवस्था कमजोर भइरहेको अवस्थामा नेता तथा तिनका आसेपासेलाई सरकारी खर्चमा पाल्नुपर्दा पनि जनमानसमा रोष देखिएको छ । त्यसैले त्यस्ता अनावश्यक संरचना हटाउने, राज्यले अनुत्पादक क्षेत्रमा गर्दै आएको लगानीमा कटौती र विकास निर्माण आजको आवश्यकता हो । सातै प्रदेशमा सरकार, तिनका मन्त्रालयका खर्च पनि कति आवश्यक हो भन्ने विषय पनि विचार विमर्शमा ल्याउनुपर्ने भएको छ । ती संरचनाको औचित्यमाथि नै प्रश्न उठेको छ । त्यसैले संघीयता, यसअन्तर्गतका संरचना, तिनका उपादेयतामाथि समयमै बहस र आवश्यक निर्णण हुनसकेमा देशमा गम्भीर दुर्घटना जाने संकट हट्नेछ ।
जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

२ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक