काठमाडौँ / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शेयर धितो कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने बताएका छन्।
मंगलबार काठमाडौँमा नेपाल उद्योग व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले यसअघि पनि सेयर धितो कर्जामा लगाएको सीमा हटाउने माग गरेको भन्दै अहिलेसम्म सरकारले त्यो काम गर्न नसकेको बताए।
उनले कुल कर्जाको १० प्रतिशतसम्म शेयर बजारमा लगानी गर्न पाउनुपर्ने बताए। उनले शयेर बजारमा अहिले जोखिम नभएको भन्दै कर्जाको जोखिम भार पनि १०० मा झार्न आवश्यक रहेको उल्लेख गरे।
उनले सरकारका सबै निकायहरुले आउट अफ द बक्स भनेर सोच्नुपर्ने बताए। उनले अरु देशको नियम हेरेर नेपालमा लागू हुन नसक्ने बताए। उनले भारतमा बैंक कर्जा वृद्धि भएअनुसार रोजगारी वृद्धि भएको तर नेपालमा हेरक वर्ष भारतको भन्दा कर्जा विस्तार भए पनि रोजगारी सिर्जना हुन नसकेको बताए।
उनले बैंकहरुको लगानीको कर्जा लगानी कहाँ गयो भन्दै प्रश्न गरे। उनले मुलुकको अर्थतन्त्र अर्थतन्त्रका इन्डिकेटर हेरेर मात्रै समाधान हुन नसक्ने बताए।