काठमाडौं । सरकारले दसैँ, तिहार र छठलाई लक्षित गरेर असोज २१ गतेदेखि सहुलितपूर्ण पसल सञ्चालन गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मंगलबार बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो। मन्त्रालयका अनुसार दसैँ, तिहार र छठका लागि असोज २१ देखि सहुलितपूर्ण पसल सञ्चालन गरिनेछ। सहुलियतपूर्ण पसलमा उपभोक्ताले ५० रुपैयाँसम्म छुट पाउने पनि मन्त्रालयले जानकारी दिएको छ।
सहुलियत पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, दुग्ध विकास संस्थान लगायतका खाद्यसामग्रीहरु पाइने पनि मन्त्रालयले जानकारी दिएको छ।