काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार चीनको राजधानी बेइजिङस्थित थियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
हाल चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि थियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाललाई त्यहाँ चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।