बिहि, असार ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

सरकारले एक वर्षमा दियो १९ अर्ब कर छुट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सरकारले एक वर्षमा दियो १९ अर्ब कर छुट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल सरकारले एक वर्षको अवधिमा १९ अर्ब रुपैयाँ कर छुट तथा फिर्ता दिएको छ ।

आन्तरिक राजस्व विभागले अब वार्षिक रुपमा कर छुट तथा फिर्ताको विवरण सार्वजनिक गर्ने गरी अध्ययन सुरु गरेको छ ।

सो क्रममा आयकर र मूल्य अभिवृद्धि कर वापत आर्थिक वर्ष ९आव० २०७८र७९ मा १८ अर्ब ८० करोड ३९ लाख रुपैयाँ कर छुट तथा फिर्ता दिइएको पाइएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

‘सरकारले कर कानुनमै उल्लेख गरेर कर छुट तथा फिर्ता दिने गरी निर्णय गरेको हुन्छ, त्यसवापत व्यवसायीले कति लाभ लिए भन्ने देखाउन यस्तो विवरण सार्वजनिक गर्ने निर्णय लिएका हौं,’ उनले भने ।

यो निर्णयले सरकारले लिएको कर छुटको नीति कति प्रभावकारी भयो र सम्बन्धित व्यवसायिक क्षेत्रले त्यसबाट कति लाभ लियो भन्ने विषय समेत स्पष्ट हुने उनको भनाइ छ ।

‘राज्यको कर नीति पारदर्शी हुनुपर्छ’, उनले अनलाइनखबरसँग भने, ‘अब हामी वार्षिक प्रतिवेदन बनाएरै कर छुट तथा फिर्ताको विवरण सार्वजनिक गर्छौं ।’

विभागले प्रारम्भिक अध्ययनका आधारमा पछिल्लो विवरण सार्वजनिक गरेको भन्दै महानिर्देशक मैनालीले विस्तृत अध्ययन पश्चात यो रकम अझ बढ्न सक्ने बताए ।

सरकारले मुलुकमा लगानीमैत्री, सन्तुलित र दीगो आर्थिक विकास तथा आन्तरिक उद्योगलाई संरक्षण गर्ने कर नीति अंगिकार गरेको छ । जसको उद्देश्य व्यावसायिक वातावरण तयार गर्ने तथा समसामयिक आवश्यकता अनुसार व्यावसायिक छुट तथा सुविधा उपलब्ध गराउने गरी कानुनमै व्यवस्था गरिएको छ ।

यसलाई हरेक आर्थिक वर्षको आर्थिक ऐनमा समेत उल्लेख गरिन्छ । यस्तै व्यवस्था अनुसार आर्थिक वर्ष २०७८ र ७९ को एक वर्षका अवधिमा १९ अर्ब रुपैयाँ छुट तथा अनुदान व्यवसायीले राज्यबाट पाएको विभागले जनाएको छ ।

नेपाल सरकारले हरेक वर्षको बजेटमार्फत दिने कर छुटको औचित्यबारे प्रश्न उठिरहेको छ ।

छुट विवरण र रकम

१. व्यावसायिक छुट तथा सुविधा : ६ अर्ब ३४ करोड २४ लाख

२. अवकाष कोषमा कर छुट : १ अर्ब १८ करोड ४१ लाख

३. कोभिड १९ को छुट तथा सहुलियत स् ३ अर्ब २० करोड १७ लाख ९डे–०१ आय विवरण बुझाउने करदातालाई ७५ प्रतिशत छुट : २ अर्ब १३ करोड ९१ लाख, कारोबारका आधारमा कर बुझाउने करदातालाई ५० प्रतिशत छुट स् ७९ करोड १५ लाख, होटल, ट्राभल, ट्रेकिङ, चलचित्र, पार्टी प्यालेस, सञ्चार गृह, यातायात सेवाको १ करोड माथिको कारोबारमा लाग्ने करमा ५० प्रतिशत छुट स् २७ करोड ११ लाख०

मूल्य अभिवृद्धि करमा भएको छुट

१. कूटनीतिक मूल्य अभिवृद्धि कर फिर्ता २३ करोड

२. करदातालाई मूल्य अभिवृद्धि कर फिर्ता  : ७ अर्ब ८४ करोड ५७ लाख

मूल्य अभिवृद्धि कर ऐन अनुसार निर्यात, ठेक्का वा करार अन्तर्गत बढी भुक्तानी भएको कर, औषधि उद्योगले खरिदमा तिरेको करमा कर अधिकृतसमक्ष निवेदन दिएमा कर फिर्ता गर्ने प्रावधान रहेको छ ।

कूटनीतिक नियोगहरुलाई समेत सरकारले मूल्य अभिवृद्धि कर छुट दिने गर्छ । सो आवमा सरकारले कोभिड-१९ को प्रभावका कारण बढी प्रभावित होटल, ट्राभल, ट्रेकिङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चार गृह र यातायात व्यवसायीको १ करोड रुपैयाँ भन्दा बढीको कारोबारमा लाग्ने करमा ५० प्रतिशत छुट दिएको थियो ।

यो आवमा आयकर ऐन २०५८ को दफा ११ बमोजिमको व्यवसायिक छुट र सुविधावापत ६ अर्ब ३४ करोड रुपैयाँ छुट दिइएको आन्तरिक राजस्व विगभाले जानकारी दिएको छ । सो आवमा अवकाश कोषमा समेत १ अर्ब १८ करोड रुपैयाँ आयकर छुट भएको छ ।  अच्युत पुरी अनलाइनखबर

यो पनि पढ्नुहोस्

ताप्लेजुङमा भूकम्पको धक्का

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

१४ मिनेट अगाडि
रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा  २ हजार ९५९ मत खस्याे

रास्वपाकाे केन्द्रीय सदस्य निर्वाचणमा २ हजार ९५९ मत खस्याे

४१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

भेनेजुएलामा भूकम्पबाट ३२ जना को मृत्यु हुँदा ७०० घाइते

प्रतिनिधिसभा बैठक स्थगित

जुम्लामा ४.१ म्याग्नेच्युडको भूकम्प गयाे

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक