काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् ।
महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायत आन्दोलनमा रहेका छन् । उनीहरुले अहिले माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकार र महासंघले आफूहरुलाई धोका दिएको उनीहरुको निश्कर्ष छ ।
आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान रहेको छ । राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरुलाई विस्थापित गराउन नहुने अडान लिएका छन् । त्यस्तै, पेन्सन बञ्चित शिक्षकहरु ऐन जारी नहुँदाको समयसम्म नियुक्ति पाएका शिक्षकहरुले पेन्सन सुविधा पाउनुपर्ने माग लिएर सडक आन्दोलनमा छन् । उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।