शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–लोकनारायण सुवेदी

नेपालको राजनैतिक इतिहासमा एउटा कटु र पीडादायी कुरा नै छ कि अहिलेसम्म भएका तीनवटा ठुलठुला जनआन्दोलनहरू २००७ साल, २०४६ साल र २०६३ सालको निकै दूरगामी महत्त्वका आन्दोलनहरूको सम्मान राजनीतिक नेतृत्वले गर्न सकेको पटक्कै देखिएन ।नेपालको इतिहासको यो एउटा बिल्कुलै बिर्सन नसकिन कटु विडम्बना नै हो । आन्दोलन एक हदसम्म सफल हुने तर तिनले दिएको जन दिशानिर्देशअनुसार देशले सार्थक अग्रगति पटक्कै नलिने जुन अन्तरविरोध विकसित हुँदै आएको छ, त्यसले देश र जनतालाई नराम्ररी प्रभावित तुल्याउँदै लगेको छ । मूलतः यो आन्दोलनकारी दलहरुमा आएको सैध्दान्तिक राजनीतक विचलन र स्वभावतः त्यसले अपरिहार्यरूपमा सिर्जना गरेको विफलताबाहेक अरु केही होइन । तर यस बिचमा पटक पटक सत्तामा पुगेका जिम्मेवार दलहरू यस स्पष्ट कुरालाई पटक्कै आत्मसात गर्न तयार देखिँदैनन् । बरु यो वास्तबिक कुरालाई ढाकछोप गर्ने र भरसक अरुकै टाउकोतिर दोष पञ्छाएर आफू पानीमाथिको ओभानो बन्ने असफल प्रयत्न जारी राख्ने गर्दै आएका छन् र गरिरहेका छन् ।

हाम्रो ७ दशकभन्दा बढी समययताको राजनीतिक परिदृष्यमा आएका उतारचढाव तथा देश र जनताको दीनहीन स्थितिले यो यथार्थ वास्तबिकतालाई अखण्डरुपमा उपस्थित गरिरहेको छ । जबसम्म यो अवस्थालाई चिरेर अघि बढ्ने दिशामा देश र जनतामा सततः समर्पित राजनीतिक नेतृत्व विक‍सित हुँदैन र दृढताकासाथ अभिमुख हुँदैन, तबसम्म राजनीतिक आन्दोलन नै उपेक्षित भइरहने, तिनमाथि बाञ्छित अबाञ्छित प्रश्नहरू उठ्ने र उठिरहने जस्ता कटु यथार्थलाई बेहोरिरहनु पर्ने अहिलेसम्मको अनुभवले प्रष्ट पारेको छ र निरन्तर पारिरहेको छ ।

यस सम्बन्धमा समयको क्रमलाई सर्सरी हेर्दा राणा शासनदेखि शाह शासन विरुद्धसम्मका प्रायः सबैजसो जनआन्दोलनहरू खासगरी माघ फागुनदेखि सुरु भएर चैत्र वैशाखमा टुंगिएको देखिन्छ । यद्यपि कतिपय आन्दोलनका महत्त्वपूर्ण निर्णयहरु त्यो समयभन्दा अघि–पछि भएका होलान् । तर ती निर्णयहरुले गति र तीव्रता लिएको समयमाथि उल्लेख गरिएजस्तै नै हो । यसको कारण पनि स्पष्ट नै छ ।

हामी अहिले पनि कृषिप्रधान देश नै हौँ । खासगरी वर्षायाममा खेतीपाती, झरी वर्षाकै याम हुन्छ । त्यसबेला जनता जीवन निर्वाहका लागि मात्र किन नहोस्, उत्पादन कार्यमै बढी व्यस्त हुन बाध्य छन् । त्यसैले पनि जनआन्दोलनहरु अपवादलाई छोडेर उत्पादन कार्यमा कम लाग्दा हुने वा लाग्न सकिने समयमा नै हुने गरेका छन् । यसले के कुरा पनि पुष्टि गर्दछ भने जनता आफ्ना जीवनमा परिवर्तन चाहन्छन् तर उनीहरुका दैनिक जीवनका आधारभूत समस्यालाई पनि सँगसँगै जोडेर लगिनु पर्दछ र मात्र ती परिवर्तनमा उनीहरुको सहभागिता र सक्रियता हुन्छ ।

बितेका एकतन्त्रीय जहानियाँ राणा शासनविरोधी आन्दोलन, सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्थाविरोधी आन्दोलन या पछिल्लो राजतन्त्र नै समाप्त पार्ने आन्दोलनलाई हामीले हे¥यौँ भने यही दृष्य परिदृष्य देखिन्छ । नेपालको इतिहासमा राणा शासन विरोधी चार अमर सहिदहरूलाई जतिबेला फाँसी दिइयो र बन्दुक हानियो, त्यो माघ महिना नै थियो । तर त्यो सहिद पर्वको १० वर्षपछि फागुन ७ गते राणाशाही ढल्यो । त्यसरी नै राणशाहीपछिको एक दशक मुलुकले सही बाटो लिन नपाउँदै २०१७ सालमा शाहशाहीले सीमित लोकतान्त्रिक बाटो पनि अवरुद्ध पार्दै सामन्ती अधिनायकवादी व्यवस्था नेपाली जनतामाथि लादेकोबेला त्यो पुसको महिना थियो । त्यसका विरुद्ध चल्दै आएको आन्दोलन अन्ततः तीन दशक जति पछि निर्णायक स्थितिमा पुग्यो । त्यसमा निमित्त माघ महिनामा आन्दोलनको शंखघोष गरिएको थियो र फागुन ७ बाट आरम्भ भएको त्यो निर्णायक आन्दोल ४९ वर्षपछि २०४६ चैत्र २४ गते उत्कर्षमा पुगेर चैत्र २६ गते पञ्चायती व्यवस्थाको अन्त्य र बहुलदलीय व्यवस्थाको पुनर्स्थापना गरेको थियो ।

तर राजतन्त्र र जनताको बिचको अन्तरविरोध मत्थर मात्रै पार्दै र त्यो अन्तरविरोध कायम राख्दै आएका यी आन्दोलनहरुले अन्ततः राजतन्त्र अन्त्यकै निकास खोज्दथ्यो र अनेक कारणले २०४६ पछिको आन्दोलनको दिशा त्यसैतर्फ सोझिएको थियो । त्यसै क्रममा विकसित भएको थियो २०६२÷६३ सालको व्यापक संयुक्त जनआन्दोलन त्यसले शान्तिपूर्ण र सशस्त्र आन्दोलन गरिरहेका सबै शक्तिलाई एकै ठाउँमा खडा गरिदिएको थियो । त्यो चैत्र महिनाको अन्तिम सातामा आरम्भ भएको आन्दोलन वैशाख ११ गतेसम्म १९ दिन पुग्दा नपुग्दै त्यसले २३८ वर्षभन्दा बढी समयदेखि चल्दै आएको एकात्मक, केन्द्रीकृत सामन्ती व्यवस्थाको प्रतिनिधि संस्था – राजतन्त्रलाई विस्थापित गर्ने ऐतिहासिक कदम चाल्ने प्रष्ट दिशा लिएको थियो ।

यद्यपि नेपालका उल्लिखित तीनवटै महत्त्वपूर्ण जनआन्दोनलको जुन चर्चा यहाँ गरिएको छ, ती कुनै पनि सम्झौताहीन संघर्षको निर्णायक उचाइमा पुगेका थिएनन् । उल्लिखित सबै आन्दोलनहरु अन्ततः एउटा सम्झौतामा टुंगिएका थिए । हाम्रो आन्दोलनको सीमा र सामर्थ्यको यो दायरालाई पनि आन्दोलनकारीहरूले राम्रोसँग बुझ्नु पर्दछ र मात्र आगामी दिनमा चाल्ने कदमहरु के–के हुन सक्तछन् भन्ने सही कुरा खुट्याउन र अघि बढ्न पनि सहज र स्वाभाविक हुन्छ । अन्यथा आन्दोलनको कुइरीमण्डलमै हराउने स्थितिकै गोलचक्करमा परिरहने खतरा बाहेक अरू केही हासिल हुदैन

यस परिप्रेक्षमा हाम्रो दुःखद वास्तविकता के छ भने एकातिर हामी आन्दोलनका सीमित उपलब्धिहरूप्रति के के न गरियो भनेर बढी उत्ताउलिएर प्रस्तुत हुने तर त्यस परिवर्तनले दिशानिर्देश गरेअनुरूपको आचरण, चरित्र र व्यवहार पटक्कै प्रस्तुत नगर्ने प्रवृत्ति नै सबैभन्दा हाबी भएर गएको हाम्रो बर्तमान यथार्थ छ । २००७ सालदेखि २०१७ सालको कालखण्डको अनुभवलाई २०४६ सालको परिवर्तनपछि पनि शिक्षाकोरूपमा लिइएन । फलतः २०४६ सालको परिवर्तनपछि पनि राजनीतिमा तिनै विकृति र विसंगतिहरू व्याप्त भए, जुन पञ्चायती कालमा हुने गर्दथे । त्यसपछिको २०६३ सालको परिवर्तनपछि पनि जुन विसंगति र विकृति २०४६ सालपछि निम्त्याइएका थिए, त्यसलाई अझ व्यापक र विस्तृत तुल्याउने काम गरियो र निरन्तर गरिँदैछ । असल परम्पराको अनुसरण गर्नेभन्दा गलत परिपाटीमै रमाउने बिचलनकारी र अबाञ्छित प्रबृत्ति नै हामीकहाँ मौलाउने र ब्याप्त हुने गरेको यथार्थ छ ।

फलतः परिवर्तन आम जनताका लागि होइन रहेछ, मुट्ठीभर टाँठाबाठा अभिजात वर्ग, तह र तप्काका लागि मात्र रहेछ भन्ने कुरा फेरि पनि बितेको डेढ दशकयताले प्रष्टसँग औँल्याइदिएको छ । पछिल्लो परिवर्तनपछिको राजनीतिक नेतृत्व गर्ने हर्ताकर्ताहरूको जीवन शैली, व्यवहार, चिन्तन, बसउठ सबै कुरा हेर्दा, अनि मुख्य मुद्दा – जनता र राष्ट्रका मूलभूत समस्यालाई पनि बेवारिसे छाडेर हिँड्नेजस्ता कुरा केलाउँदा राजनीतिक नेतृत्व सत्ताको विलाश र वैभवमा लिप्त भएर अल्मलिने र जनता र देशलाई बेवास्ता गर्ने अभिजात वर्गीय सामन्ती,दलाल नवसामन्ती सीमाबाट बाहिर निस्कन नसकेको र सामन्ती–दलाल पुँजीवादी बाटो मै निरन्तर अबिछिन्नरूपमा लागेको खुलस्त र प्रष्ट हुन्छ । त्यसैले आज आम नेपाली जनतामा राजनीतिक दलहरूप्रति निराशा, अविश्वास र सन्देह व्याप्त छ र बढ्दै गएको मात्रै छैन जुन जोगी आए पनि कानै चिरेको निष्कर्शमा पुग्न जनता अभिशप्त भएको र भइरहेको छ ।

हिजो पहिलो संबिधान सभा षडयन्त्रकारी किसिसमले अबसान हुनु र जनआन्दोलनकारी शक्ति विभाजित भएर गरिएको संविधान सभाको दोश्रो निर्वाचनबाट पनि समस्या सही किसिमले समाधान हुने हो कि होइन, सार्थक एवं अग्रगामी संविधान बन्ने हो कि होइन भन्ने जुन चिन्ता, चासो र व्यापक सन्देह थियो, त्यसको घटनाक्रमले पुष्टि भएको छ । पछिल्लो राजनीतक परिवर्तनयता सरकार र प्रतिपक्षमा पालै पालो रहँदै आएका दलहरुको संविधान घोषाणा र कार्यान्वयनको भूमिका र गतिविधिले पनि जनताको यो आशंकालाई नै थप मलजल गरिरहेको बर्तमान यथार्थले छर्लंग पारेको र पारिरहेको छ ।

यसरी आज वास्तवमा नेपाली जनताको साढे सात दशकदेखि यताका यावत जनआन्दोलनहरू र विशेष गरी २०६२÷६३ सालको आन्दोलनको मर्म, भावना र दिशानिर्देश नै धरापमा परेको र उपेक्षित हुन पुगेको जटीलतम् अवस्था छ । एकाध दुर्लभ अपबादका कुरा छाडेर अहिले पनि राणााकालीन, पञ्चायतकाली राजनीतिक चरित्रकै पुनराबृत्ति एक वा अर्काेरूपमा भइरहेको छ । त्यसैले जनता र देश अहिले महासंकटको भुवरीमा पर्न थाले अनुभवबाट आक्रान्त बनिरहेका छन् उनीहरूले नराम्रोसँग धोका पाएको महसुश गरिरहेका छन् । झन् पछिल्ला ललिता निवास प्रकरण, भूटानी नागिरक प्रकरण, सुन तस्करी प्रकरण जस्ता भयावह घटना, भारतमाथिको निस्सासिंदो परनिर्भता तथा एमसीसी, एसपीपी लगायतका साम्राज्यबादी सैन्य रणनीति अधिनस्थ बिल्कुलै अमान्य र अस्वीकार्य गतिबिधिले नेपालको अस्तित्व, स्वतन्त्रा र स्वधीनता र अक्षुण्णता समेत गम्भीर धरापमा परेको छ ।

बिद्यमान यी डरलाग्दा कटु अनुभवको परिप्रेक्षमा प्रष्ट र खुलस्तरूपमा भन्नु पर्दा देश र जनताका मूलभूत राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्या अर्थात् आजका मूलभूत अन्तरबिरोधहरू हल हुन सकेका छैनन् । फलतः देश यथास्थितमा कठांग्रिने र बाह्य हस्तक्षेप अझ बढ्दै जाने एक पछि अर्काे अबाञ्छित कुलक्षणहरू देखा परि रहेका छन् । यो स्थितिको अन्त्य गरेर चिर्न र देशलाई सही दिशामा अग्र गति दिन जनताका बिच विश्वासको वातावरण सिर्जना गर्नु र सबल राष्ट्रिय एकता कायम गर्नु आजको पहिलो ज्वलन्त राष्ट्रिय अत्यावश्यकता बन्न गएको छ । हाम्रो देशको राष्ट्रिय उत्थान,पुनर्जागरण र अग्रगामी प्रगतिको मूलबाटो नै यही निष्ठाबान र अग्रगामी एकता हो । अन्यथा फेरि पनि देश थप अवाञ्छित बाह्य हस्तक्षेप र अनर्थकारी द्वन्द्वको शिकार हुने दिशामै धकेलिने र स्थिति झनै नाजुक हुने निश्चित छ । त्यस्ता थप संकेत र लक्षणहरू यता पछिल्लो समयमा अझ टड्कारोरूपमा देखिँदै र बढ्दै आएका छन् । समय रहँदै र नभिड्किदै सचेत बनौँ र देश र जनतालाई जोगाऔँ । अन्यथा हाम्रो अस्तित्व नै संकटको महाँभुवरीमा पर्ने र नराम्रोसँग फस्ने छ । आजका अग्रगामी क्रान्तिकारी शक्तिहरूले बुझ्नुपर्ने मूल कुरा नै यही हो । सत्तामुखी र बिदेशमुखी नभएर सम्पूर्ण शोषित पीडित जनता र राष्ट्रमुखी बनेर अघि बढ्न सकेमा मात्र यो राष्ट्रिय कर्तब्य पूरा गर्ने बाटो पक्रिन सकिनेछ ।

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक