शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सुरक्षा रणनीतिको गम्भीर सन्देश दिँदै चीन !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
रुस–युक्रेन युद्धका कारण विश्व अहिले दुई ध्रुवमा विभाजित छ । एकातर्फ रुसको पक्षमा केही राष्ट्र छन् भने अन्यले युक्रेनको साथ दिइरहेका छन् । रुसको साथ दिने देशहरुमा चीन, उत्तर कोरियालगायत छन् । युक्रेनलाई अमेरिका तथा पश्चिमा देशहरुले सहायता गर्दै आएका छन् । भारत लगायत केही देश भने तटस्थ उभिएका छन् । यो युद्ध विश्वमा आफ्नो दबदबा कायम नै राख्न चाहने अमेरिकी साम्राज्यवादी सोच र त्यसविरुद्ध अन्य देशको उदय र लडाइँको रुपमा पनि हेरिएको छ ।
डेढ वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेर सुरु भएको यो युद्ध हालसम्म पनि रोकिने छाँट छैन । युद्धलाई रुसले आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । युक्रेनले पनि जतिसुकै क्षति भए पनि युद्धबाट पछाडि नहट्ने नीति लिएको छ । आवरणमा यो रुस र युक्रेनको युद्ध जस्तो लागे पनि वास्तविकतामा भने उदीयमान चीन, कुनै समय अमेरिकाको मुख्य दुस्मन रहेको रुस र केही यस्ता देशहरुको पश्चिमा देश तथा अमेरिकाविरुद्धको लडाइँ हो । त्यसैले पनि यो युद्ध तत्काल नै रोकिने सम्भावना कमै छ ।
यहीबीचमा चीन र रुसको रणनीतिक सुरक्षा परामर्शको बैठक हुने भएको छ । बैठकमा सहभागी हुन चिनियाँ विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका प्रमुख वाङ यी रुस जाने भएका छन् । चीन र रुस एकअर्काका सबैभन्दा ठूला छिमेकी र नयाँ युगको लागि समन्वयका व्यापक रणनीतिक साझेदारहरू हुन् । दुवै देश संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य र प्रमुख उदीयमान अर्थतन्त्रसमेत भएकाले रणनीतिक र व्यापक महत्वका पारस्परिक हितका प्रमुख मुद्दाहरूमा छलफल कायम राखिरहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । विदेशमन्त्री वाङ यीको रुस भ्रमण रणनीतिक सुरक्षा परामर्श संयन्त्रको ढाँचाभित्रको नियमित गतिविधि भएको चीनले जनाएको छ । दुई देशका राष्ट्राध्यक्षहरूबीचको महत्वपूर्ण साझा समझदारी, द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने र प्रमुख मुद्दाहरूमा छलफल गर्ने लक्ष्य राखिएको पनि उसको भनाइ छ, जसले दुई देशको रणनीतिक सुरक्षा हितलाई सहयोग पु¥याउने लक्ष्य राखिएको छ । तर, यो बैठकले रुस–युक्रेन युद्धमा चीनले सुरक्षा रणनीतिबारे गम्भीर सन्देश दिने सम्भावना छ ।
अमेरिकी नेतृत्वको सैन्य गठबन्धन नेटोमा सहभागी हुन युक्रेनले सक्रियता देखाएपछि रुसले युक्रेनमा आक्रमण गरेको हो । अमेरिका र पश्चिमा मुलुकको सैन्य गठबन्धन नेटोले चीन, रुसजस्ता उदीयमान अर्थतन्त्र भएका देशलाई घेर्नका लागि यो सैन्य गठबन्धनका लागि प्रयोग गर्दै आएको छ । नेटोको सैनिक आफ्नो सीमासम्म आइपुग्ने भएपछि रुसले पनि प्रत्याक्रमण गरेको हो । यससँगै जी–२० जस्ता अमेरिकी प्रभुत्ववाला संगठनमा चीन र रुसको सक्रियता पनि घटेको छ । हालै भारतको नयाँ दिल्लीमा भएको जी–२० सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएनन् । यता, ब्रिक्सजस्तो चीनको नेतृत्व वाला संगठन भने विस्तार हुन थालेको छ । अफ्रिकामा रुसले र दक्षिण अमेरिकामा चीनले आफ्नो विस्तार बढाइरहेको छ ।
विश्वमञ्चमा भइरहेको ध्रुवीकरणको यो असरबाट नेपाल पक्कै पनि अछूतो रहन सक्दैन । अझ नेपाल त एसियाका दुई ठूला अर्थतन्त्र भएका देशहरु चीन र भारतको बीचमा छ । भौगोलिक रुपमा पनि ठूला यी देशहरु विश्वमा आफ्नो स्थान उच्चतहमा पु¥याउन लागिपरिरहेका छन् । चीनसँगको दुस्मनीका कारण भारतले अमेरिकासँग सहकार्यलाई अघि बढाइरहेको छ । अमेरिकाले पनि भारत, जापान, दक्षिण कोरियाजस्ता देश र ताइवानजस्ता क्षेत्रबाट चीनलाई घेर्ने प्रयत्न गरिरहेको छ । यही क्रममा अमेरिकाको दृष्टि अहिले नेपाली भूमिमा पनि परेको छ । चीनको गतिविधि बुझ्न सहज हुने भएकाले नेपाली भूमिमा विभिन्न आयोजनाको नाममा आफ्नो गतिविधि बढाउने प्रयास अमेरिकाले गरिरहेको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगलाई त्यही दृष्टिकोणबाट विश्लेषण गर्ने जमात बढ्दो छ । अमेरिकाले त नेपालसँग सैन्य सहकार्यसम्बन्धी एसपीपी सम्झौता पनि गर्न चाहेको थियो । तर, चौतर्फी विरोधबीच यो प्रयास सफल हुन सकेन । चीनले पनि नेपालबाट ‘एक चीन एक नीति’ प्रतिबद्धता चाहिरहेको छ ।
विश्वभर नै हरेक देशको कूटनीति, सुरक्षा रणनीति, पक्षधरता अहिले सबैको चासोको विषय बनेको छ । यही विषयलाई बुझ्न नसक्दा युक्रेनजस्ता देशहरु युद्धको चपेटामा परेका छन् । नेपाल त अझ आर्थिक रुपमा निकै नै विपन्न देश हो । त्यसकारण विभिन्न प्रलोभन दिएर शक्ति राष्ट्रले आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रयास गर्दै आएका छन् । यसलाई नेपालको सरकार तथा नेताहरुले बुझ्न जरुरी छ । नेपाल र नेपालीको हितमा हुने कूटनीति र सुरक्षा रणनीति अवलम्बनको आवश्यक छ , आगे सत्ताका सरदारहरुलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक