काठमाडौं । राहदानी विभागले ३४ पृष्ठको राहदानी आवेदन सुचारु गरेको छ । असोज १ देखि यो सेवा पुनः सुरु गरिएको हो ।
विभागका अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन् ।
यसअघि असार महिनादेखि ५ जार रुपैयाँ राजश्व तिर्दा ६४ पृष्ठकै राहदानी उपलब्ध गराउँदै आएको थियो ।