शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

कूटनीति नबुझेका प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको योजना !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

प्रधानमन्त्री पुष्पकमल दाहालले यही सातादेखि विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र चीनको भ्रमण थाल्दै छन् । भदौ ३० मा राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जान लागेका प्रचण्ड त्यहीँबाट असोज ४ मा चीन जाने भएका हुन् । नेपालका दुई छिमेकी देशहरु भारत र चीनको भ्रमण नेपालको प्रधानमन्त्रीले गर्दा सर्वाधिक चासोको विषय बन्ने गरेको छ । विशेषगरी दुवै देशसँग नेपालको आगामी सहकार्य कसरी अघि बढ्ला भन्ने विषयमा यी देशमा मात्र नभएर पश्चिमा मुलुक र अमेरिकालाई पनि चासो हुने गरेको छ । यस्तो बेलामा नेपालको तर्फबाट परिपक्व कूटनीतिको आवश्यकता महसुस गरिन्छ । तर, विश्व मञ्चमा अहिले प्रतिस्पर्धा गरिरहेका अमेरिका र चीनसँगको सम्बन्धलाई कसरी सन्तुलनमा राख्ने भन्नेतर्फ प्रधानमन्त्री प्रचण्डले हेक्का राखेको यो भ्रमणमा देखिएन । नेपालमा आफ्नो भूमिका बढाउन प्रयास गरिरहेको अमेरिकाको भ्रमण गरेर चीन पुग्नले कूटनीतिक परिपक्वता नदेखाएको हो ।

रुस–युक्रेन युद्धको विषयमा अहिले विश्वका देशहरु स्पष्ट रुपमा दुई ध्रुवमा विभाजितभएका छन् । अमेरिका तथा पश्चिमा देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका छन् । यता चीनले भने रुसलाई साथ दिइरहेको छ । यसको असर विश्वका ठूला संगठनका मञ्चहरुमा पनि देखिएको छ । हालै भारतको नयाँदिल्लीमा भएको जी–२० सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ सहभागी भएनन् । चीनले जी–२० लाई भन्दा ब्रिक्सलाई महत्व दिन थालेको छ । अमेरिका भने जी–२० लाई अझ शक्तिशाली बनाउने प्रयत्नमा छ । विश्व मञ्चमा अमेरिका र चीनको यही प्रतिस्पर्धाको चेपुवामा नेपालजस्ता देश पर्ने सम्भावना निकै छ । चीनलाई घेर्ने रणनीतिअनुसार अमेरिकाले नेपालमा आफ्नो भूमिका बढाइरहँदा चीनले पनि आपत्ति जनाएको छ । त्यसकारण यो संकेतलाई नेपाली नेताहरुले बुझ्नुपर्ने हो । तर, प्रचण्डले अमेरिका भ्रमणबाट चीनमा जानुले भने त्यो संकेतलाई बुझन् नचाहेको जस्तो देखिएको हो ।

चीनमा नेपालको प्रधानमन्त्रीस्तरमा ४ वर्षको अन्तरालमा भ्रमण हुन लागेको हो । तर, विश्वमञ्चमा एकअर्का प्रतिस्पर्धी अमेरिकाबाट चीनमा भ्रमण गर्नुले भने प्रधानमन्त्रीको कूटनीतिक कदमा अहिले प्रश्न उठेको छ । पछिल्लो समय अमेरिकाले नेपालमा भूमिका बढाइरहेको छ, जसलाई चीनले भने राम्रो मानेको छैन । यो समस्या नेपालमा एमसीसी सहयोग पारित गर्ने क्रममा पनि देखिएको थियो । अमेरिकाले जसरी एमसीसी लागू गर्न दबाब दिइरहँदा चीनले भने असन्तुष्टि जनाएको थियो । कूटनीतिक सन्तुलन कायम गर्न नसकिएको त्यो अवस्था प्रचण्ड सरकारले फेरि दोहो¥याउन खोजेको हो भन्ने आशंका अहिले गरिएको हो । हालै अमेरिका–नेपालबीच ५ वर्षभित्र एमसीसी परियोजना कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ । एमसीसी कार्यान्वयनको चरणमा गइसकेको अवस्थालाई सफलताको रुपमा प्रचण्डले अमेरिकालाई अथ्र्याउन खोजेका छन् । यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणबाट बीआरआई परियोजनाको पनि टुंगो लाग्ने एजेन्डा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले असोज ६ देखि ८ सम्म चीनमा द्विपक्षीय भेटवार्ता गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । उनी एसियाली खेलकुदको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुनेछन् भने बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा ६ वर्षअघि २०७४ मा सम्झौता भएको बेल्ट एण्ड रोड इनिसियटिभ ९बीआरआई० अन्तर्गत नेपालले प्रस्ताव गरेका ९ वटा परियोजनामध्ये कम्तीमा एउटा परियोजना अगाडि बढाउने गरी सहमति जुटाउन सरकार तयारीमा जुटेको छ ।

बीआरआई परियोजनाअन्तर्गत नेपालले प्रस्ताव गरेका नौ परियोजनामा रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथान्का सडक, दिपायलबाट चिनियाँ नाकासम्मको सडक, टोखा–विदुर टनेलसहित सडक, गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन, केरुङ–काठमाडौं रेलवे सम्भाव्यता अध्ययन, तमोर हाइड्रो परियोजना, फुकोट कर्णाली हाइड्रो परियोजना र मदन भण्डारी विश्वविद्यालय छन् । अहिले नेपालले चीनसँग कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको छ । यसैले नेपालले पर्यटन, शिक्षा, जलस्रोत र कृषि क्षेत्रका परियोजनामा चिनियाँ प्रविधिका साथै लगानीकर्तालाई भित्र्याउन एजेण्डा बनाउनुपर्ने विज्ञको सुझाव छ । यस्तै, संखुवासभाको किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइनसम्बन्धी सम्झौता, चीनलाई बिजुली बेच्न सक्ने आधार बनाउने गरी रसुवामा ट्रान्समिसन लाइनको समझदारी, किमाथांकामै जलविद्युत आयोजनालगायतका विषयमा समझदारी हुन सक्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो चीन भ्रमण हो । उनलाई गएको मार्च महिनामा बोआओ फोरमको सम्मेलनमा भाग लिन चीनले निम्तो दिए पनि गएका थिएनन् । उनले भारतबाट विदेश भ्रमण सुरु गर्ने नेपालका सरकार प्रमुखहरूको परम्परालाई पछ्याएका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण दुई देशको सम्बन्धलाई नयाँ गति दिन केन्द्रित हुने जनाएका छन् । यसका साथै नेपालले कूटनीतिक सन्तुलनलाई पनि दुवै भ्रमणका क्रममा ध्यान दिन आवश्यक छ । पछिल्लो समय एमसीसी सहयोग स्वीकार र रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा समर्थनका कारण चीन नेपालसँग सशंकित भएको छ । अहिले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा त्यो आशंकालाई मलजल पुग्न मद्दत मिल्नेछ । त्यसैले नेपालको भूभाग कसैको अहितमा प्रयोग हुन नदिनेबारे नेपालले चीन र अमेरिकासँग आफ्नो स्पष्ट अडान राख्न आवश्यक छ ।

चीनले हालै जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरिएको छ । यस विषयलाई पनि प्रधानमन्त्रीको भ्रमणको क्रममा उठाउन आवश्यक छ । पछिल्ला वर्षमा विश्व शक्ति सन्तुलनमा बदलाव देखा परिरहेका भन्दै नेपालले चीनसँग आफ्ना प्राथमिकताहरू स्पष्टसँग राख्नुपर्ने विज्ञहरुको भनाइ छ । विगतमा भएका सहमतिहरूको कार्यान्वयनको सुनिश्चितता नेपालले खोज्नुपर्नेछ,आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१ घण्टा अगाडि
कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक