बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपालमा आतंकवादी गतिविधिको असर बारे सेना सजग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नेपालमा आतंकवादी गतिविधिको असर बारे सेना सजग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  सीमा सुरक्षा देशको मुख्य सुरक्षा चुनौती रहेको साथै छिमेकी मुलुकमा हुने आतंकवादी गतिविधिको असर नेपालसम्म आइपुग्नसक्नेमा नेपाली सेना सजग रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाको आइतबार जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सेनाको युद्धकार्य निर्देशनालयका सहायक रथी प्रकाश देउजाले पत्रकारको सेनाको मुख्य चुनौती के छ भन्ने प्रश्नमा नेपालमा देखिएको मुख्य चुनौती खुला सीमा रहेको बताए।

नेपालमा अहिलेसम्म त्यति समस्या नदेखिए पनि छिमेकी मुलुकमा भइरहेको आतंकवादी गतिविधिको प्रभाव देखिन सक्ने र त्यसको लागि आफूहरु सजग रहेको उनले बताए ।

‘छिमेकी मुलुकहरुमा आतंकवादी गतिविधि भइरहेका छन्, कतै न कतै त्यसको असर पर्न हामीमा पर्न नसक्ने होइन? अहिले यो हाम्रो मुलुकको एउटा सुरक्षा चुनौती हो, आतंकवादी गतिविधि बढ्न सक्छ कि भनेर हामी सचेत र सजग छौं,’ उनले भने।

निर्देशनालयका सहायक रथी देउजाले उत्तरतिर सीमा नियन्त्रित भएपनि दक्षिणमा खुला हुँदा राष्ट्रिय सुरक्षामा चुनौती रहेको बताए ।

खुला सीमाले क्रसबोर्डर संगठित अपराधको चुनौती बढाएको तथा अवैध व्यापार, लागूऔषध, हतियार तस्करी र मानवबेचबिखन लगायतका चुनौती रहेको उनले बताए।

‘सीमापारि संगठित अपराधलाई नियन्त्रण गर्न सीमामा कडाइ गर्नुपर्छ । अन्य सुरक्षा निकायसहित संयुक्त रुपमा यस विषयमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारे सोच्नुपर्छ । अहिले साइबर सुरक्षा पनि एउटा गम्भीर चुनौतीका रुपमा देखा परेको छ,’ उनले भने।

सुन तस्करी जस्तो संगठित घटनालाई सेनाले कसरी हेरेको छ भन्ने प्रश्नमा  त्यस्ता खले विषयहरुलाई सेनाले नियालिरहे पनि अनुसन्धान भइरहेको विषय भएकाले आफूहरुको छुट्टै धारणा भने नरहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

जेनजी आन्दोलनका ७ शवको पहिचान अझै खुलेन

४ दिन अगाडि
ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

ट्राफिक व्यवस्थापनका चुनौतीबारे छलफल

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक