काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार (आज) का लागि विशेष साधारण सभा बोलाएको थियो। भर्चुअल साधारण सभा बोलाएको एन्फाले कोरम पुर्याउन नसक्दा आइतबारको साधारण सभा स्थगित भयो। लगतै बसेको एन्फा संस्थापन पक्षको आकस्मिक कार्यसमिति बैठकले सोमबार (भोलि) नै विशेष साधारण सभा बोलाउने निर्णय गरेको छ।
सहीद स्मारक लिगका अधिकांश क्लबहरुले विरोध गरेका थिए भने एन्फाभित्रकै असन्तुष्ट पक्षले पनि अहिले भर्चुअल विशेष साधरण सभा गर्नुपर्ने कुनै जरुरी नभएको र भौतिक उपस्थितिमा नै साधारण सभाको माग गरेका थिए।
तर एन्फा संस्थापनले आफूमाथि हुन सक्ने अविश्वास प्रस्तावलाई टार्नका लागि भर्चुअल माध्यामबाट साधारण सभा गर्न लागेको थियो तर कोरम नपुग्दा एन्फा साधारण सभा स्थगन गर्न बाध्य भयो। साधारण सभामा कुल ८६ सदस्यमध्ये ३८ जना मात्र उपस्थित भएका थिए। लगतै एन्फाले आकस्मिक कार्यसमिति बैठक बस्दै विभिन्न ५ बुँदे निर्णय गरेको थियो। जसमा उसले सोमबार भर्चुअल रुपमा नै विशेष साधारण सभाको आयोजना गर्ने निर्णय गरेको छ।
यस्तो छ एन्फा आकस्मिक कार्यसमितिले गरेको निर्णयः