काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका भूमि अधिकार तथा श्रमिक संगठन नेपालले माइतीघर, बबरमहल हुँदै सिंहदरबारसम्म खाली थाल ठटाउँदै ब्यानर सहित शान्तिपुर्ण प्रदर्शन आइतबार भाद्र २४ गते बिराेध प्रदर्शन गरेको छ।
साे भेला प्रदर्शनमा नेकपा (एमाले) पोलितब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयालले यो राजधानी धनीको मात्रै नभई गरिबहरुको र मध्यम वर्गहरुको पनि बसोबास क्षेत्र रहेकाे जनाउँदै भूमि सम्बन्धित समस्याहरुलाई ब्यवस्थित बैज्ञानिक भूमि सुधार लागू गरेर, अव्यवस्थित बसोबासहरुको समस्याको सम्बोधन र नदि किनाराका समस्याको समाधान गर्नुपर्ने धारणा राख्दै राजनेता पुष्पलाल, मदन भण्डरीको दृस्ठिकोणलाई, मनमोहन अधिकारीको आदर्शलाई, राजनेता केपि शर्माको बिचारहरुलाई लागू गर्नेपर्ने थप प्रकाश गर्नु भयो।
विभिन्न वक्ताहरुले बोल्ने क्रममा नेकपा (एमाले) महानगरपालिका कमिटी अध्यक्ष निर्मल देउलाले धेरै अगाडि देखि आजको समयसम्म पनि भूमि केही सामन्तीको मुठीमा भूमि कब्जा रहेको र गरि खाने गरिबको नाउँमा केही नरहेको बताउँदै समाज परिवर्तनको लागि बराबरी समाजबाद चाहिने कुरा प्रस्तुत भएकाे थियो। विभिन्न नाराबाजीका साथ प्रदर्शन गर्दै तीन बुँदे मागहरु सहित सम्मानीय प्रधानमन्त्री मार्फत प्रमुख जिल्ला अधिकारीलाई जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएको थियाे ।