बिहि, अशोज १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

प्रचण्डको अमेरिका र चीन भ्रमणका एजेण्डा !

अमेरिकाबाट सिधै चीन ! यो भ्रमणमा प्रचण्डको कूटनीति सफल कि असफल ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्डले घेराबन्दी र अप्ठ्यारो परिस्थिति बीच सरकारलार्इ दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी साता अमेरिका र चीन भ्रमणमा जाने भएका छन् । भदौ ३० मा राष्ट्रसंघीय महासभामा सहभागी हुने प्रधानमन्त्री प्रचण्ड त्यहाँबाट असोज ४ मा चीनतर्फ लाग्ने भएका छन् । विश्वका दुई ठूला शक्तिशाली र आर्थिक रुपमा सम्पन्न देशको भ्रमणमा जान लागेकाले पनि प्रधानमन्त्रीको यो भ्रमण सर्वत्र चासो र महत्वको विषय बनेको छ ।

चीनमा नेपालको प्रधानमन्त्रीस्तरमा ४ वर्षको अन्तरालमा भ्रमण हुन लागेको हो । तर, विश्वमञ्चमा एकअर्का प्रतिस्पर्धी अमेरिकाबाट चीनमा भ्रमण गर्नुले भने प्रधानमन्त्रीको कूटनीतिक कदमा अहिले प्रश्न उठेको छ । पछिल्लो समय अमेरिकाले नेपालमा भूमिका बढाइरहेको छ, जसलाई चीनले भने राम्रो मानेको छैन । यो समस्या नेपालमा एमसीसी सहयोग पारित गर्ने क्रममा पनि देखिएको थियो । अमेरिकाले जसरी एमसीसी लागू गर्न दबाब दिइरहँदा चीनले भने असन्तुष्टि जनाएको थियो । कूटनीतिक सन्तुलन कायम गर्न नसकिएको त्यो अवस्था प्रचण्ड सरकारले फेरि दोहो¥याउन खोजेको हो भन्ने आशंका अहिले गरिएको हो ।

हालै अमेरिका–नेपालबीच ५ वर्षभित्र एमसीसी परियोजना कार्यान्वयन गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ । एमसीसी कार्यान्वयनको चरणमा गइसकेको अवस्थालाई सफलताको रुपमा प्रचण्डले अमेरिकालाई अथ्र्याउन खोजेका छन् । यस्तै, प्रधानमन्त्रीको चीन भ्रमणबाट बीआरआई परियोजनाको पनि टुंगो लाग्ने एजेन्डा राखिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले असोज ६ देखि ८ सम्म चीनमा द्विपक्षीय भेटवार्ता गर्ने गरी परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ । उनी एसियाली खेलकुदको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुनेछन् भने बेइजिङमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा ६ वर्षअघि २०७४ मा सम्झौता भएको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत नेपालले प्रस्ताव गरेका ९ वटा परियोजनामध्ये कम्तीमा एउटा परियोजना अगाडि बढाउने गरी सहमति जुटाउन सरकार तयारीमा जुटेको छ । बीआरआई परियोजनाअन्तर्गत नेपालले प्रस्ताव गरेका नौ परियोजनामा रसुवागढी–काठमाडौं सडक स्तरोन्नति, किमाथान्का सडक, दिपायलबाट चिनियाँ नाकासम्मको सडक, टोखा–विदुर टनेलसहित सडक, गल्छी–रसुवागढी–केरुङ ४०० केभी ट्रान्समिसन लाइन, केरुङ–काठमाडौं रेलवे सम्भाव्यता अध्ययन, तमोर हाइड्रो परियोजना, फुकोट कर्णाली हाइड्रो परियोजना र मदन भण्डारी विश्वविद्यालय छन् । अहिले नेपालले चीनसँग कनेक्टिभिटीलाई प्राथमिकतामा राखेको छ ।

यसैले नेपालले पर्यटन, शिक्षा, जलस्रोत र कृषि क्षेत्रका परियोजनामा चिनियाँ प्रविधिका साथै लगानीकर्तालाई भित्र्याउन एजेण्डा बनाउनुपर्ने विज्ञको सुझाव छ । यस्तै, संखुवासभाको किमाथांकामा क्रस बोर्डर ट्रान्समिसन लाइनसम्बन्धी सम्झौता, चीनलाई बिजुली बेच्न सक्ने आधार बनाउने गरी रसुवामा ट्रान्समिसन लाइनको समझदारी, किमाथांकामै जलविद्युत आयोजनालगायतका विषयमा समझदारी हुन सक्ने सरकारले जनाएको छ ।

प्रधानमन्त्रीका रूपमा यो प्रचण्डको तेस्रो चीन भ्रमण हो । उनलाई गएको मार्च महिनामा बोआओ फोरमको सम्मेलनमा भाग लिन चीनले निम्तो दिए पनि गएका थिएनन् । उनले भारतबाट विदेश भ्रमण सुरु गर्ने नेपालका सरकार प्रमुखहरूको परम्परालाई पछ्याएका थिए । प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन भ्रमण दुई देशको सम्बन्धलाई नयाँ गति दिन केन्द्ति हुने बताएका छन् । ‘भ्रमणका क्रममा यसअघि भएका सम्झौता र समझदारीहरूको कार्यान्वयनमा जोड दिइनेछ । नेपाल र चीनबीचको आर्थिक र व्यापार सम्बन्धलाई थप सघन बनाउने र दुई देशबीचका सीमा नाकाहरूको सञ्चालनलाई प्रभावकारी बनाउने तथा नयाँ नाकाहरू खोल्ने विषय पनि भ्रमणको कार्यसूचीमा रहेका छन्,’ उनले भनेका छन् ।

यसका साथै नेपालले कूटनीतिक सन्तुलनलाई पनि दुवै भ्रमणका क्रममा ध्यान दिन आवश्यक छ । पछिल्लो समय एमसीसी सहयोग स्वीकार र रुस–युक्रेन युद्धमा युक्रेनको पक्षमा समर्थनका कारण चीन नेपालसँग सशंकित भएको छ । अहिले अमेरिकाबाट सिधै चीन भ्रमणमा जाँदा त्यो आशंकालाई मलजल पुग्न मद्दत मिल्नेछ । त्यसैले नेपालको भूभाग कसैको अहितमा प्रयोग हुन नदिनेबारे नेपालले चीन र अमेरिकासँग आफ्नो स्पष्ट अडान राख्न आवश्यक छ । चीनले हालै जारी गरेको आफ्नो देशको नयाँ नक्सामा यसअघि नेपालले लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटेर सार्वजनिक गरेको नक्सालाई बेवास्ता गरिएको छ । यस विषयलाई पनि प्रधानमन्त्रीको भ्रमणको क्रममा उठाउन आवश्यक छ । पछिल्ला वर्षमा विश्व शक्ति सन्तुलनमा बदलाव देखा परिरहेका भन्दै नेपालले चीनसँग आफ्ना प्राथमिकताहरू स्पष्टसँग राख्नुपर्ने विज्ञहरुको भनाइ छ । विगतमा भएका सहमतिहरूको कार्यान्वयनको सुनिश्चितता नेपालले खोज्नुपर्नेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पृथ्बी राजमार्ग सञ्चालनमा ल्याउने तयारी

तिब्बत तर्फबाट विनाशकारी बाढी, मेडिकल टिम बोकेर सेना बाढीग्रस्त क्षेत्रमा

३ हप्ता अगाडि
रास्वपाको महाधिवेशन भव्य तयारी

रास्वपाको महाधिवेशन भव्य तयारी

३ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रा.डा. प्रेम शर्माको आत्मपरक वृत्तचित्र “एक जीवन तीन मिसन” सार्वजनिक

भोटेकोशी विनाशकारी बाढीबाट १९१ सवारीसाधनमा क्षति

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत प्रस्थान

विपद् प्रभावितका लागि आर्थिक सहयोग

भारतबाट नेपालले दैनिक ६५४ मेगावाट विद्युत् पाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक