शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

छिमेकी देशहरुले नेपालको स्वाधीनतामाथि चुनौती थपिदिए

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

– प्रीति रमण

भूपरिवेष्ठित देश नेपालको आफ्ना छिमेकी देशहरुसँग भौगोलिक सीमाका विषयमा केही जटिलताहरु छन् । चीनसँग कमै सीमा समस्या भए पनि दक्षिण छिमेकी भारतसँग भने सीमाका बग्रेल्ती समस्या छन्, तर त्यसलाई समाधान गर्न उच्चस्तरमा ठोस सहमति हुन सकेको छैन । सुगौलीजस्ता सन्धिसम्झौता र नेपालको भूभागमाथिको अतिक्रमणका विषयमा नेपाल– भारतबीच लामो समयदेखि संवाद भइरहेको छ, दुवै देशका बुद्धिजीवीको नेतृत्वमा ईपीजी नामको समिति गठन भएर तर प्रतिवेदन पनि तयार भएको छ, तर न भारतीय सरकारले प्रतिवेदन बुझेको छ, न त सीमा समस्या समाधानमा चासो नै दिएको छ । चीनले हालै जारी गरेको नयाँ नक्साले नेपालको सीमा समस्यालाई फेरि बल्झाइदिएको छ । चीनको नयाँ नक्सामा नेपालको नयाँ चुच्चे नक्सा समेटिएको छैन । यसको विषयमा सडकदेखि सदनसम्म आवाज उठेको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको पालामा नेपालले आफ्नो नयाँ चुच्चे नक्सा सार्वजनिक गरेको थियो । झण्डै पाँच दशकदेखि गायब पारिएको दार्चुला जिल्लाभित्र पर्ने नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णय भएको थियो । यद्यपि नक्सा कार्यान्वयन र कालापानीबाट भारतीय सेना फिर्ता पठाउने सवालमा भने उपलब्धि हुन सकेको छैन ।

सन् १८१६ को सुगौली सन्धि अनुसार नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई विवादित भनेर अल्झाएको भारतले एकतर्फी रुपमा २०१९ नोभेम्बरमा आफ्नो परिमार्जित नक्सामा समावेश गरेपछि नेपाललाई पनि सिधै नक्सामा समावेश गर्ने मौका मिल्यो । आफैँले विवादित बनाएको र नेपालसँगका वार्ताका क्रममा विवादित भनेर स्वीकारेको भूमिलाई एकाएक आफ्नै हो भनेर नक्सामा समावेश गरेपछि नेपाल पनि अघि बढ्यो । विशेषतः त्यसपछिको नेपाली भूमि कालापानी–लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकमार्ग खोल्ने भारतीय कदमले नेपाललाई थप दबाब तथा अवसर सिर्जना ग¥यो । राजनीतिक दल, संसदीय समितिहरुले चर्को दबाब दिए । त्यसबीचमा सर्वदलीय बैठकबाट कालापानी क्षेत्र निर्विवाद नेपाली भूमि हो भन्ने अभूतपूर्ण राष्ट्रिय सहमति पनि भएको थियो । फलस्वरुप २०७७ जेठ २ गते सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममा भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्सा जारी गर्ने र कूटनीतिक पहलमार्फत उक्त भूमि फिर्ता ल्याउने उल्लेख ग¥यो । जेठ ५ गतेको मन्त्रिपरिषद् बैठकले तीनवटै भूमि समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा प्रकाशन गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषद्को निर्णयपछि जेठ ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले औपचारिक रुपमा नक्सा सार्वजनिक गरेको थियो । तर, त्यसयता भारतले नेपालसँग सीमासम्बन्धी संवाद गर्न चाहेको छैन । अहिले चीनले सार्वजनिक गरेको आफ्नो नक्सामा पनि नेपालको चुच्चे नक्सालाई समेटिएको छैन ।

यसले शक्तिशाली राष्ट्रहरु आफ्ना साना र कमजोर छिमेकी देशको स्वाधीनताप्रति गम्भीर छैनन् भन्ने स्पष्ट पारेको छ । यस विषयमा संसमा पनि सवाल उठेको छ । नेकपा एमालेकी सांसद दिलकुमारी रावलले छिमेकी मुलुक भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठाएको जनाएकी छन् । राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले छिमेकीहरुले नेपालको भूगोल र स्वाधीनतामाथि प्रश्न उठाएको जनाएकी हुन् । छिमेकी राष्ट्रहरुले हाम्रो स्वाधिनतामाथि, हाम्रो भूगोलमाथि अनेक कोणबाट प्रश्न उठाइरहेको उनको भनाइ छ । भारतले आफ्नो नयाँ संसद भवनमा राखेको मुरल नक्सामा नेपालको भूगोललाई समेत समेटेको थियो । त्यस सन्दर्भमा नेपालमा विरोध हुँदै आएको छ । पछिल्लो समय चीनले जारी गरेको आफ्नो नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको चुच्चे नक्सा समावेश छैन । यही सन्दर्भमा सांसद रावलले प्रश्न उठाएकी हुन् । छिमेकीले उठाएका सवालमा सरकारको कुटनीतिक पहल कमजोर भएको हो कि भन्ने आशंका देखिएको उनको भनाइ थियो । चीनले नक्सा जारी गरेको ४ दिनपछि नेपाली परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नक्सालाई सम्मान गर्न भनेको छ ।

सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवं प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ।।।यो नक्सालाई हाम्रा छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नु पर्छ भन्नेमा नेपाल सरकारको स्पष्ट विश्वास रहेको छ । आफ्ना सीमा मामिलाहरूलाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न नेपाल प्रतिबद्ध छ ।’ यति मात्र नभई प्रधानमन्त्री पुष्पकमल दाहाल ।।।प्रचण्ड’ले चीन भ्रमणको तयारी गरिरहँदा नेपालले बेइजिबको नक्साबारे कुरा उठाउन आवश्यक छ । माओवादी नेताले चीनको नक्साबारे भ्रमणमा चर्चा हुने दाबी गरेका छन् ।

तर, चीनले नेपालको चुच्चे नक्साविनाको पुरानो नक्सा जारी गरे पनि सरकारले यसलाई तत्काल कूटनीतिक मुद्दा नबनाउने संकेत दिएको छ । औपचारिक रूपमा चिनियाँ पक्षले जानकारी नदिएकाले यसलाई कूटनीतिक तहमा मुद्दा बनाउन नपर्ने सरकारको धारणा छ । परराष्ट्रमन्त्री एनपी साउदले हालै दिएका अभिव्यक्तिले पनि नयाँ नक्साबारे सरकारलाई औपचारिक जानकारी नभएकाले यो विषय प्रधानमन्त्रीको चीन भ्रमणमा नउठ्ने संकेट गरेको छ । यदि त्यस्तो अवस्था आएमा नेपालको भूभाग बचाउनका लागि गरिएका प्रयासहरु खेर जानेछन् भने सरकार राष्ट्रहित हैन राष्ट्रघाततर्फ लम्किएको पनि महसुस हुनेछ । सरकारको सबैभन्दा पहिलो प्राथमिकता सार्वभौमसत्ता र स्वाधीनता हुनुपर्छ । यदि त्यसलाई जोगाउन सरकारले सक्दैन भने अरु अपेक्षा गर्नु बेकार हुनेछ ।

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१ दिन अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक