शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

शिखर सम्मेलन गर्न लागेको जी–२० ले युद्ध रोक्न सक्ला ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
शिखर सम्मेलन गर्न लागेको जी–२० ले युद्ध रोक्न सक्ला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी
यही भाद्र महिनाको अर्को साता भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको जी – २० शिखर सम्मेलनबाट यतिबेला निकै ठूलो अपेक्षा लिदै गरेको देखिन्छ । बर्तमान बिश्वको बढ्दो द्वन्द्वको समस्या अर्थात यूक्रेन युद्धबाट बिश्वलाई मुक्त गर्न यो सम्मेलनले पहल गरोस् भन्ने अपेक्षा गरेको पनि पाइन्छ । यूक्रेन युद्ध भनिने यो अमेरिकी नाटो र रुसका बीचको यो लडाई रोक्न र यसलाई शान्तिको बाटोमा लैजान शिखर सम्मेलन साच्चिकै सफल होला भन्ने कुरामा भने अझै पनि ठूलो सन्देह छ ।
गएको बर्ष इण्डोनेशियाको बालिमा आयोजित यस जी–२० को शिखर सम्मेलनमा जति कुरा हासिल भएको भनिएको थियो त्यत्ति पनि नयाँ दिल्लीमा हासिल होला न होला भन्न सकिन्न भन्दैछन् पर्यबेक्षक बिश्लेषकहरु । त्यो सम्मेलनमा बालीमा अमेरिकाका राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ्गका बीचमा भेट बार्ता पनि भएको थियो । त्यो बार्ताको मूख्य बिषय बस्तु यूक्रेन युद्ध नै थियो । खाशगरेर त्यस युद्धमा परमाणु शस्त्रास्त्र प्रयोग गरिने धम्कीको बिरोध गरिएको थियो । त्यस सम्मेलन पछि संयुक्त बक्तब्य पनि प्रकाशित गरिएको थियो अनि त्यसमा रुस र चीनको आपत्तिलााई सामेल गर्दै यूक्रेन युद्धको उल्लेख गरिएको थियो । त्यतिबेला के आशा राखिएको थियो भने बिश्वका नेताहरुले कूटनीति र बार्ताद्वारा युद्धलाई समाप्त पार्न केही सफलता हासिल गर्न सक्छन् । तर बितेको एक बर्षयता युद्धका परस्पर बिरोधी खेमाको मतभेद यति बिघ्न बढ्न पुग्यो कि जसले गर्दा बीचको कुनै बाटो खोज्न सकिने कुनै सकारात्मक आधार बिकसित हुने झिनो सम्भावना पनि अहिलेसम्म देखापरिरहेको छैन ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले यो सम्मेलनमा भाग नलिने निश्चित प्राय छ । उनको तर्फबाट रुसका बिदेश मन्त्री सेर्गेई लाभारोले रुसको प्रतिनिधित्व भने अबश्य गर्ने छन् । यद्यपि राष्ट्रपति पुटीनले भने भिडियो कन्फरेन्सिङ्गबाट पनि सहभागिता जनाउँने हुन् होइनन् अहिलसम्म त्यो पनि टुंगो लागेको छैन । एकथरि खाशगरी भारतीय बिश्लेषकले चीनकै राष्ट्रपति पनि यो शिखर सम्मेलनमा सहभागी हुने हुन् कि होइनन् भन्ने सन्देह पनि गरिरहेका छन् ।
भारतको नयाँ दिल्ली स्थित रुसी राजदूतावासका राजदूत डेनिस अलिपोभले शिखर सम्मेलनका बारेमा आफ्नो देशको यथार्थ राख्दै भनिसकेका पनि छन् कि अमेरिका र यूरोपेली देशहरु सम्मेलनमा आफ्ना एजेण्डाहरु थोपर्न चाहन्छन् । उनको के भनाइ के रहेको छ भने यूक्रेन युद्धलाई बढाई चढाई गरेर जी–२०का बास्तविक एजेण्डाहरुबाट ध्यान अन्यत्र मोड्ने कोशिश गरिदैछ । यद्यपि अहिलेको भारतमा सम्पन्न गरिन लागेको यो सम्मेनलको नारा ‘एक धरती, एक परिबार र एक भबिष्य’ भन्ने आदर्श वाक्यको माध्यमबाट यसलाई सफल तुल्याउन ठूलो प्रयत्न गरिदैछ भनिन्छ । तर आजको यथार्थ बास्तविकता के छ भने धरती बिभाजित छ, परिबारमा कलह छ अनि महत्वाकांक्षाका कारण समान भबिष्यलाई बेवास्ता गरिदिएको प्रष्टै देखिन्छ । यस प्रकारको स्थितिमा यो शीखर सम्मेलन पछि कुनै संयुक्त बक्तब्य मात्रै पनि निस्केला कि ननिस्केला कुनै प्रष्टता र आशा देखा परेको छैन । यति हो अध्यक्षता भारतले सम्हाल्ने भएकाले सम्मेलनको सारांशपत्र भारतले निकाल्न सक्तछ । तर त्यसमा पनि रुस र चीनको तीखो टिप्पणीलाई स्थान दिएर मात्र प्रकाशित गर्न सकिने हुन्छ भन्ने राजनीतिक समीक्षकहरु औंल्याइरहेका छन् ।
निश्चय पनि भारतको राजधानी दिल्लीमा यो सम्मेलन हुने भएकाले त्यस सम्मेलनको माध्यमले भारतका प्रधानमन्त्रीले बिश्वमा भारतको बढ्दो प्रभावलाई केही न केही मात्रामा उजागर गर्लान् । सम्मेलनका बेला बिश्वका अनेक सञ्चा माध्यमहरु दिल्लीमा थुप्रिने छन् । त्यसबेला उनीहरुले भारतको बिकास यात्राको केही न केही परिचय पाउने नै भए । किन पनि भने दशकौं पछि मात्र अहिले भारतले आफ्नो राजधानी दिल्लीमा यति ठूलो समागम गर्ने स्थिति बनिरहेको छ । अर्कोतिर घरेलु राजनीतिमा पनि यस सम्मेलनलाई चुनाव भजाउन भाजपाको आकांक्षा अबश्य रहेको बुझ्न सकिन्छ । बितेका बर्षहरुको यस्ता सम्मेलनहरुको अनुभवले दर्शाउँदछ कि कतिपय बिपक्षी राजनीतिक दलहरु, संगठनहरु र सञ्चार माध्यमहरुले पनि यस्ता सम्मेलनका बेला बिरोध प्रदर्शनको आयोजना पनि गर्ने गर्दछन् बिदेशी सञ्चार माध्यमहरुको ध्यानाकर्षण गर्ने गर्दछन् र बिरोध प्रदर्शनहरुको एक पछि अर्को उपक्रम पनि चलाउने गर्दछन् ।तीन बर्ष पहिला २०२० मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ दिल्ली आउँदा त्यहाँ शाहीन बगको घटना घटेको थियो । त्यस्तो कुनै घटना शायद यस पटक नहोला भन्ने अपेक्षा गरिदैछ ।
यस प्रकारको निराशा र सन्देहको परिबेशका बीच यो नयाँ दिल्लीको जी–२० शिखर सम्मेलनले फेरि पनि यूक्रेन युद्धलााई समाप्त पार्ने दिशामा एउटा सकारात्मक पहल गर्न सक्छ र सक्नु पर्दछ भन्ने कुरा त चलेकै छ । यद्यपि यति बेला यूक्रेन युद्धको मोर्चामा गतिरोधको स्थिति रहेको छ । अमेरिका र यूरोपेली देशहरुमा पनि यतिबेला के स्वीकार गर्न थालिएको छ भने यस युद्धमा रुसलाई हराउन सम्भव छैन । त्यसैले पश्चिमा देशहरुका अगाडि दुइटा मात्र बाटो छ । पहिलो हो – यूक्रेनलाई अझ घातक हातहतियार आपूर्ति गरेर रुसी सेनालाई पछि हट्न बाध्य पार्नु अनि दोश्रो बाटो – के भने रक्तपात रोक्नका लागि कूटनैतिक र सम्वादको अबसर प्रदान गर्नु । यसमा ब्राजिल, दक्षिण अफ्रिका र भारत जस्ता ब्रिक्समा आबद्ध रहेका देशहरु सहायक बन्न सक्ने सम्भावन पनि रहेको औंल्याइदैछ । यदि यो सम्वादको बाटो पक्रियो भने यसलाई एउटा सकारात्मक र सानो उपलब्धी मान्न सकिएला । अन्यथा ‘हात्ती आयो, हात्ती आयो फुस्सा !’

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक