बिहि, बैशाख १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न : उपप्रधानमन्त्री श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न : उपप्रधानमन्त्री श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ।बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो।

उहाँले जुन प्रवृत्ति र तागतविरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागत संगठित भएर सरकारको अभियान असफल गर्न लागेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘सरकारले अहिले समृद्धिको यात्रालाई तिव्र बनाउने हो भने समृद्धिको प्रक्रियालाई तिव्र बनाउने र फड्कोमा पु¥याउने हो भने हामीले सुशासनको अभियानलाई प्रभावकारी ढंगले अगाडि नबढाई हुँदैन।भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्ने, दण्डहिनतालाई अन्त्य गर्ने, अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने, तस्करी, कालोबजारीालाई रोक्ने, ठगीलाई रोक्ने र त्यसप्रकारको अपराधमा संलग्नलाई कडा कारबाही गर्ने प्रक्रियामा अगाडि बढेर मात्रै यो देशमा सुशासन स्थापित गर्न सकिन्छ।सुशासन स्थापना गरे मात्रै समृद्धिलाई तिव्र बनाउन सकिन्छ भन्ने हाम्रो निष्कर्ष छ।त्यही आधारमा अहिले यो अभियान चलाइराखेका छौँ।देशका सबै जनसमुदाय, सबै संगठनले, सबै संस्थाले, सबै युवाहरुले, नागरिक समाजले सरकारले चालेको यो सुशासनको अभियानलाई समर्थन गरिराखेका छन्।म सबैलाई सरकारको तर्फबाट आभारसहित धन्यवाद पनि दिन चाहान्छु ।’’

उहाँले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभयो।उहाँले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाएर छाड्ने बताउनुभयो।मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘समृद्धिको यात्रा जो मन्द छ, त्यसलाई तिब्र बनाउनको निम्ति सुशासनको यो अभियानले सहज बनाउँछ भन्ने आशा पैदा भएको छ।तर साथसाथै यो सुशासन जुन प्रवृत्तिविरुद्ध, जुन तागतविरुद्ध सञ्चालन गरिएको हो।ती प्रवृत्ति र तागत संगठित भएर यसलाई असफल गराउने दुष्प्रयत्न पनि गर्दैछन् भन्ने अर्को यथार्थ हो।तर सरकारले यो सुशासनको अभियानलाई छोड्नेवाला छैन।सुशासनको अभियानबाट विश्राम लिनेवाला छैन।यसकारण हामी यसलाई सफल बनाइ छाड्छौँ र समृद्धिको मुल आधारको रुपमा यसलाई अगाडि बढाएर यो नेपाललाई समृद्ध नेपाल बनाइ छाड्छौँ भन्ने संकल्प छ।सरकार मात्र होइन, सरकारमा रहेको राजनीतिक पार्टी मात्रै होइन।सबै राजनीतिक पार्टीले राष्ट्रिय मुद्दामा सहमति कायम गर्नुपर्छ।अब आशा मर्दै जाने, विश्वास घट्दै जाने, निराशा बढ्दै जाने कुरालाई रोक्नुपर्छ।नयाँ आशा, नयाँ विश्वास, नयाँ आधारसहित हामी अगाडि बढ्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने पनि बताउनुभयो।

यो पनि पढ्नुहोस्

साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन

तथ्यहीन सामग्री प्रसारण नगर्न चेतावनी

३ घण्टा अगाडि
नागरिकस्तरबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै गृहमन्त्रीले पदबाट दिए राजीनामा

नागरिकस्तरबाट उठेका प्रश्नलाई गम्भीर रुपमा लिँदै गृहमन्त्रीले पदबाट दिए राजीनामा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गृहमन्त्री सुदन गुरुङले पदबाट दिए राजीनामा

लोकतान्त्रिक गणतन्त्रका पक्षधर सम्पूर्ण शक्तिबीच मोर्चाबन्दी आवश्यक

इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा

वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै

रविविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक