आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

शैक्षिक माफिया र कालाबजारीलाई महानगरको निसाना स्वागतयोग्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं महानगरपालिकाले शिक्षा, स्वास्थ्य तथा बजारसँग सम्बन्धित क्षेत्रमा काम सुरु गरेको छ । जेहेनदार तथा गरिब विद्यार्थीलाई छात्रवृत्तिको कोटा पूरा गरे नगरेको बुझाउन अल्टिमेटम दिएको महानगरले अस्पतालहरुले पनि आफ्नो शैय्याको १० प्रतिशत गरिब वर्गलाई सहुलियनमा दिन छुट्याउनुपर्ने र त्यसको विवरण बुझाउनेपर्ने जनाएको थियो । महानगरपालिकाले बहुतले आवासीय एवम् व्यावसायिक भवनहरुमा सवारी साधन पार्किङ गर्दा सेवाग्राहीहरूसँग शुल्क लिन नपाउने निर्णय पनि कार्यान्वयनमा आउने भएको छ ।

महानगरले आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले व्यापारिक भवनहरुले पार्किङ शुल्क लिन नपाउने व्यवस्था गरेको हो । आर्थिक ऐन अनुसार आफ्नो सेवाग्राही भन्दा बाहेक अन्यसँग भने पार्किङ शुल्क लिन महानगरपालिकाले रोक लगाएको छैन । यस्तै, खुल्ला र अनौपचारिक रूपमा बिक्री गरिने दूध र पानीको स्वच्छता तथा गुणस्तर कायम गराउन तत्काल अपनाउन सकिने उपायमा काम थालनी गर्न महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ ।

पूँजीपति तथा व्यापारीसँग सरकारको लाचारीका कारण नेपालको हरेक क्षेत्रमा लूट मच्चिरहेको छ । शिक्षा, स्वास्थ्य, बैंक वित्त, बजारमा सर्वसाधारणले सधैं ठगिनुपरेको छ । तर, सरकारले यी क्षेत्रमा देखिएको छाडापनलाई नियन्त्रणमा लिन सकेको छैन । फलस्वरुप गरिब, श्रमिक, किसान जस्ता सर्वसाधारणको दैनिकी कष्टपूर्ण बन्दै गएको छ । उदाहरणका लागि काठमाडौं महानगरपालिकाले भदौ १० गतेसम्ममा गरिएका ९ वटा अनुगमनका क्रममा चुहिने, कोत्रिएका २८ वटा र पानी भरिएको एउटा जार जफत गरेको थियो । डेरीहरूबाट प्लाष्टिकमा राखेर, रबरले बाँधेर बेचिने दूधको गुणस्तर कति हो थाहा हुँदैन । यसमा चिल्लोको मात्रा वा अन्य आवश्यक गुण कति छ थाहा हुँदैन । कहिले उत्पादन भएको हो, भन्न सकिँदैन । तर यस्ता पसलहरु घर भाडामा लिएर, फ्रिज राखेर दूध, दही, मही विक्री वितरण गर्छन् । सरकारी सेवामा ढिलासुस्ती, घूस नलिई काम नगर्ने सरकारी कर्मचारीको प्रवृत्ति, विकास निर्माणमा बेथिति, राजस्वको दुरुपयोगजस्ता विकृति यत्रतत्र देख्न पाइन्छ । यस्तो अवस्थामा महानगरले शैक्षिक माफिया र कालाबजारीलाई निशानामा राख्नु स्वागतयोग्य मान्नुपर्छ ।

मुलुकको राजधानी समेत रहेको काठमाडौं अव्यवस्थित बसोबास, फोहोर, खाल्डाखुल्डीयुक्त सडक र गैरजिम्मेवार प्रशासनिक सेवालगायत समस्याका कारण बदनाम छ । त्यसलाई समाधान गर्नुपर्नेतर्फ मेयर बालेनको टिम लाग्नुपर्ने देखिन्छ । उनले फोहोरको व्यवस्थापनका लागि वैकल्पिक उपाय अपनाउने जनाएका थिए । त्यसमा खासै काम हुन सकेको छैन । अर्कोतर्फ महानगरका खाल्डाखुल्डीयुक्त सडक पनि अन्य निकायको समन्यमा सुधार हुन सकेको छैन । महानगरमा सुविधासम्पन्न मात्र होइन, सर्वसाधारण वर्ग पनि छन् । उनीहरुलाई सडक पेटीबाट उठाए पनि रोजगारी गर्न पाउने क्षेत्रको ग्यारेन्टी गर्न सकेका छैनन् । मेयर बालेन गरिब र निमुखा वर्गलाई लखेटे मात्र सहर सुन्दर हुन्छ भन्ने मनस्थितिमा छन् । यस्तै, प्रशासनिक सेवा चुस्तता, अव्यवस्थित बसोबासको क्षेत्रमा सुधार, महानगरभित्र शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको लुटको समाधान जस्ता कदम पनि उनीबाट जनताले चाहेका छन् । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१२ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक