शुक्र, अशोज ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home पत्रपत्रिका

दुई म्यानपावर कम्पनी निलम्बित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दुई म्यानपावर कम्पनी निलम्बित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । वैदेशिक रोजगार विभागले गैरकानुनी गतिविधि गरेका दुई वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) लाई निलम्बन गरेको छ । विभागसँग स्वीकृति नलिई व्यक्तिगत रूपमा दक्ष र सिपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेसनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालि र ओमेगा इन्टरनेसनल प्रालि निलम्बनमा परेका हुन् ।

विभागका अनुसार ओमेगा इन्टरनेसनल प्रालिले विभागको स्वीकृतिबिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली चिकित्सकलाई कुवेत पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि  विभागले उक्त म्यानपावरलाई निलम्बन गरेको हो । अर्को ओक्सन इन्टरनेसनल प्रालिले आफ्नो संस्थाको भवनभित्र अन्य दुई वटा संस्था राखी छेउकै भवनमा एजुकेसनल इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीसमेत राखेर वर्किङ भिसाको प्रलोभन देखाउने गरेको पाइएकाले निलम्बन गरेको विभागले जनाएको छ ।

विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले वैदेशिक रोजगार विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले वैदेशिक रोजगार ऐनविपरीत विभागसँग स्वीकृति नलिई व्यक्तिगत भिसामा श्रमिक पठाउने गरेको पाइएपछि ती दुई म्यानपावर कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावरले व्यक्तिगत रूपमा कुनै पनि श्रमिक पठाउन पाउँदैनन् । यसो गरेमा वैदेशिक रोजगार ऐन २०६४ उल्लङ्घन ठहर हुन्छ । इजाजतप्राप्त म्यानपावरले वैदेशिक रोजगारीको विज्ञापन गर्नुअघि विभागसँग पूर्वस्वीकृति लिनु पर्छ ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जालका माध्यममार्फत वैदेशिक रोजगारीको झुटो र भ्रामक विज्ञापन गर्ने र युवालाई ठग्ने क्रम बढेको भन्दै निर्देशक उप्रेतीले यसरी ठगी गर्ने म्यानपावर कम्पनीले नै अगाडि रहेको पाइएको बताउनुभयो । सामाजिक सञ्जाल टिकटक, फेसबुकलगायतका माध्यममार्फत अनुमतिबिनै ठग्ने उद्देश्यले गैरकानुनी रूपमा वैदेशिक रोजगारीको विज्ञापन गर्ने क्रम बढेपछि यस्ता संस्था र व्यक्तिलाई कारबाहीसमेत गरेको विभागका निर्देशक उप्रेतीले जानकारी दिनुभयो ।

यसअघि स्वीकृतिबिना नै सामाजिक सञ्जालको प्रयोग गरी वैदेशिक रोजगारीको विज्ञापन गर्ने क्यापिटल रिक्रुटमेन्ट सर्भिस प्रालि र इगल म्यानपावर कन्सल्ट्यान्ट प्रालिलाई विभागले दुई/दुई लाख रुपियाँ जरिबाना गरेको थियो ।

यस्तै वैदेशिक रोजगारीसँग सम्बन्धित विज्ञापन सामाजिक सञ्जाल फेसबुक, टिकटक लगायतमार्फत प्रकाशन गरी नागरिकमा भ्रम सिर्जना गर्ने सुयान एजुकेसन प्रालि ललितपुर र एलाइट टु वर्क ह्युमन रिसोर्सेस हस्पिटालिटी एन्ड ट्रेनिङ सेन्टर ललितपुरको पनि विभागले स्थलगत अनुगमन गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जान चाहने युवा बढी सामाजिक सञ्चालन टिकटक, फेसबुकलगायतका आउने भ्रामक सूचनाबाट ठगीमा पर्ने गरेकाले यसप्रति सचेत रहन उहाँले सबै युवालाई आग्रह गर्नुभयो ।

ठगी रोक्न समिति

विभागका अनुसार सामाजिक सञ्जालमार्फत भइरहेको ठगी रोक्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उपसचिवस्तरीय छुट्टै समितिसमेत गठन गरेको छ । उक्त समितिले  पछिल्लो समय सामाजिक सञ्जालमार्फत बढेको ठगी र यसको नियन्त्रणका लागि सरकारले अपनाउनुपर्ने उपायसमेत सुझाउने छ । समितिले दिएका सुझावका आधारमा विभागले थप कदम चाल्ने विभागका निर्देशक उप्रेतीको भनाइ छ । उहाँका अनुसार सामाजिक सञ्जाल टिकटकमार्फत गैरकानुनी रूपमा आउने वैदेशिक रोजगारीको विज्ञापन नियन्त्रणका लागि विभाग आफैँले पनि आधिकारिक टिकटक अकाउन्ट नै खोलेर अनुगमन गर्न थालेको छ ।   गाेरखापत्र

यो पनि पढ्नुहोस्

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

प्रम बालेनले राष्ट्रसंघ महासभामा यी ८ वटा महत्त्वपूर्ण विषय उठाए

१ घण्टा अगाडि

नेपालले भोगिरहेको जलवायु संकट विश्वव्यापी समस्या

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

मुक्तिनाथ बैंक र केजीएच ग्रुप अफ रिसोर्टबीच सम्झौता

पोखराका विद्यालयहरूमा दुई दिन स्थानीय बिदा

प्रतिनिधि सभा बैठकमा समूहगत उपस्थिति तालिका निर्धारण

संविधान संशोधनमा जनसहभागिताको प्रश्न

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक