शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने

काठमाडाैं ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋण भन्दा पनि आन्तरिक ऋण वृद्धि भइरहेको जनाएका छन्।

बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै पूर्वअर्थमन्त्री पाण्डेले नेपालमा अन्य देशको भन्दा फरक समस्या रहेको भन्दै पछिल्लो ७ वर्षको अन्तरालमा मात्रै १० खर्ब बढी आन्तरिक ऋण बढेको जनाए ।

पूर्वमन्त्री पाण्डेले नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो रहेको उल्लेख गरे। उनले आन्तरिक ऋणको वृद्धि तिब्र रुपमा बढ्दै गएकाले आगामी दिनहरुमा आन्तरिक ऋण वैदेशिक ऋण भन्दा बढी हुने अवस्था देखिएको जनाए ।

उनले चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब आन्तरिक ऋण लिने घोषणा रहेको भन्दै वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा सबै लिनुपर्ने देखिएको जनाए । उनले सरकारलाई आन्तरिक ऋण चुनौती र महँगो दुबै भइरहेको जनाए ।

उनले चालु आर्थिक वर्ष सरकारको लागि थप चुनौति र जटिलता रहेको जनाए ।

उनले सरकारले चालु आर्थिक वर्षको पहिलो महिना देखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको जनाए ।

पूर्वमन्त्री पाण्डेले भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने र यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुराले अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने अवस्था आउन सक्ने जनाए ।

उनले आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको भन्दै खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था रहेको  जनाए ।

उनले सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गर्ने भनेपनि १० प्रतिशत माथि मूल्यवृद्धि पुग्ने लक्षण देखिएको दाबी गरे।

उनले बल,वुद्धि र पैसा भएकाहरु युवाहरु विदेश जाने पठाएर केही नभएकाहरुलाई लिएर सरकारले देश बनाउने कुराले मुलुक समृद्ध हुन नसक्ने जनाए ।

उनले  भने, ‘पछिल्लो समय देशको वैदेशिक ऋण वृद्धि भयो भन्ने छ । तर नेपालको विदेशी ऋण भन्दा पनि पछिल्ला दिनहरुमा आन्तरिक ऋण बढी रहेको छ । अरु देशहरुको भन्दा परक समस्या छ । ५ देखि ७ वर्षको अन्तर्रालमा नेपालको १० खर्ब माथि आन्तरिक ऋण बढ्यो । नेपालको वाह्य र आन्तरिक ऋण बराबर जस्तो छ । जुन आन्तरिक ऋणको वृद्धि तिब्र छ । अब आउने दिनहरुमा आन्तरिक ऋणले वैदेशिक ऋण भन्दा बढी हुन्छ । चालु आर्थिक वर्षको बजेटमा पनि २४० अर्ब जति छुट्याएको छ । अहिलेको अवस्था हेर्दा सबै लिने अवस्था देखिएको छ । राजश्व संकलन भइरहेको छैन । नेपाललाई आन्तरिक ऋण चुनौती र महँगो छ । कम्तिमा १० प्रतिशत ब्याजमा लिइरहेका छौं ।’

उनले यो वर्ष एकदमै चुनौती र जटिलता रहेको उल्लेख गर्दै  पहिलो महिनादेखि नै लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको जनाए ।

‘भारतले नेपालमा चामल निर्यात गर्दा २० प्रतिशत भ्याट लगाउने भनेको छ । यता सरकारले १३ प्रतिशत भिएटी लगाउने कुरा गरेका छौं । अर्को वर्ष मान्छेहरु खान नपाएर मर्ने त होइनन् । आन्तरिक उत्पादन छैन तर सरकारले कर लगाएको छ । यसले खाद्यान्न लगायतका वस्तुहरु महँगो हुने र जनता मारमा पर्ने अवस्था छ । सरकारले ६ प्रतिशत मूल्यवृद्धि कायम गछु भने पनि १० प्रतिशत मूल्यवृद्धि पुग्ने लक्षण देखिएको छ । यो वर्ष धेरै चुनौतिहरु देखिन्छन् । अर्को नेपालका युवाहरु पढेका,पैसा भएका र बल भएकाहरु पनि बाहिर गइरहेका छन् । बल,वुद्धि र पैसा भएकाहरु विदेश जाने अनि केही नभएकाहरुलाई लिएर हामीले देश बनाउने कुरा गरेका छौं’, उनले भने।

उहाँले नेपालमा भारत र चीनबाट मात्रै ठूलो सख्यामा पर्यटक भित्र्याउनसके भने अर्थतन्त्रमा ठूलो स्पेस रहेको बताए। उनले मुलुक आर्थिक रुपमा समृद्ध हुनको लागि विदेशी मुलुकहरुको सहयोग पनि अपरिहार्य रहेको बताए। उनले अवसर नदेखेर विदेश जाने युवाहरुलाई स्वदेशमा नै राखेर मुलुकको क्षमता विकास गरी स्वरोजगार बनाउन सक्नुपर्ने आवश्यकता रहेको जनाए ।

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

२ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

२ घण्टा अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

२ घण्टा अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

२ घण्टा अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

२ घण्टा अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

२ घण्टा अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

२ घण्टा अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • ‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist