काठमाडौं । चीनले हालै जारी गरेको राजनीतिक नक्साको विरोधमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ताले बिहीबार प्रदर्शन गरेका छन्।
चीनले नेपालको चुच्चे नक्सामा समेटिएको भूभाग भारतीय भूभागमा पर्ने गरी नक्सा जारी गरेको छ। चीनले कूटनीतिक परामर्शबिना नै जारी गरेको नक्सामा नेपाल भूभाग भारतीय भूभागमा पारेको भन्दै नेविसंघले काठमाडौँस्थित चिनियाँ दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु: