शुक्र, असार १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
वीरगञ्जमा खानेपानीको हाहाकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्वान गरिएको हो। काठमाडौैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजनाले काठमाडौं उपत्यकाको तीन ठाउँमा फोहोर पानी प्रशोधन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गर्दा चलखेल गरिएको हो।

सार्वजनिक खरिद ऐन २०६३ विपरीत सीमित निर्माण कम्पनीलाई पोस्ने गरी बोलपत्र आह्वान गरेको आरोप छ। अन्तर्राष्ट्रिय बिडिङ भए पनि नेपालका दुई ठुला कम्पनी कालिका कन्स्ट्रक्सन र शर्मा एन्ड कम्पनीलाई लाभ पुग्ने गरी ‘क्वालिफिकेसन’बनाइएको छ।

काठमाडौं उपत्यका फोहोर पानी व्यवस्थापन परियोजनाअन्तर्गत सल्लाघारी, कोड्कु र धोबीघाटमा अलपत्र परेको फोहोर पानी प्रशोधन प्लान्टको अधुरो काम गर्ने प्रक्रिया अघि बढाएको हो। बोलपत्रको योग्यतामै चलखेल गरेको आशंका छ। पहिलो चरणको सूचनाअनुसार भदौ १३ गतेसम्मको म्याद थियो तर एक साता थपेर भदौ २२ गतेसम्म आवेदन दिने म्याद पु¥याइएको छ।

बोलपत्र सूचनाको योग्यतामा ठेक्कामा प्रतिस्पर्धा गर्ने कम्पनीले न्यूनतम औसतमा वार्षिक ८० मिलियन अमेरिकी डलर (१० अर्ब ५८ करोड २४ लाख रूपैयाँ) टर्नओभर गरेको हुुनुपर्ने र विगत पाँच वर्षदेखि वार्षिक ८० मिलियनबराबरकै काम गरेको हुनुपर्ने राखिएको छ। यो ‘क्वालिफिकेसन’अनुसार वार्षिक १० अर्बभन्दा धेरै रकमको काम गर्ने नेपाली निर्माण व्यवसायी एउटा पनि छैनन्। यो योग्यतामा कुनै पनि नेपाली निर्माण कम्पनी सारभूत रूपमा योग्य देखिँदैनन्। तर यसमा रोचक पक्ष के छ भने अर्को क्वालिफिकेसनको बुँदामा भने दुईवटा कम्पनीले ज्वाइन्ट भेन्चर (जेभी) मा काम गर्ने हो भने दुईमध्ये कम्तीमा एक कम्पनीले आफ्नो मुलुकभन्दा बाहिर यस्तै प्रकृति र आकारको काम गरेको अनुभव चाहिने व्यवस्था गरिएको छ। निर्देशनालयले यही प्रावधानमा टेकेर फोहोर पानी प्रशोधन गर्ने प्लान्टको स्पेसिफिकेसनमा चलखेल गर्न खोजेको स्पष्ट देखिन्छ। यो समाचार नागरिक दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

१ घण्टा अगाडि
पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

पूर्वमन्त्रीको निधनप्रति शोक प्रस्ताव पारित

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एलपिजीमा लगाइएको प्रतिबन्ध हट्याे

जापानमा पहिरोको जोखिम बढ्याे

महामन्त्री पदको चुनावी प्रतिस्पर्धा रोचक मोडमा पुग्याे

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

विदेशी मुद्राको विनिमयदर निर्धारण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक