बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादद्वारा भेट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादद्वारा भेट
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ(रोहित)सँग साम्राज्यवाद बिरोधी लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गर्यो ।
भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि हो भन्नुभयो। नेपाल मजदुर किसान पार्टीका कार्यकर्ताहरु निरन्तर जनताको निस्वार्थ सेवामा समर्पित रहेको बताउनुहुँदै उहाँले नेमकिपाले कार्यकर्ताहरुको वैचारिक प्रशिक्षणमा जोड दिइरहेको बताउनुभयो।
पुँजीपति वर्गको तुलनामा कामदार वर्ग सँग राज्यसत्ता चलाउने राजनीतिक र कुटनीतिक अनुभवको कमी भएको कारणले समाजवादी देशहरुमा पनि पुँजीवाद पुनस्थापनाको सम्भावना रहने बताउनु हुँदै उहाँले यसबारे कम्युनिस्ट कार्यकर्ताहरु निरन्तर सचेत रहनु पर्ने बताउनु भयो।
भेटघाटमा लेखक विजय प्रसादले वर्तमानको आन्दोलन र सङ्घर्षबाट नै भविष्यको समाजवादको चरित्र निर्धारण हुने बताउनुहुँदै कम्युनिस्ट पार्टीहरु सँधै जनतासँग जोडिएर रहनुपर्ने बताउनु भयो। बिभिन्न देशहरुको समाजवादी आन्दोलनबाट सिक्नुपर्ने बताउनु हुँदै उहाँले भौतिक परिवर्तनमा मात्रै जोड दिएर वैचारिक आन्दोलन र जनताको राजनीतिक प्रशिक्षणलाई महत्वमा नराख्दा धेरै देशका कम्युनिस्ट पार्टीहरु असफल भएको उदाहरण दिनुभयो।
भेटमा भारतीय प्रतिनिधि मण्डलका सदस्यहरु सुधनवा देसपाण्डे, पी. अम्बेडकर, बिनुथा, रोजा प्रसाद र नेपाली मित्र प्रमेश पोखरेलको सहभागिता थियो । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापति, सुरेन्द्रराज गोसाई, राजेन्द्र चवाल पनि भेटघाटमा उपस्थित हुनुहुन्थ्यो ।
भेटघाट अघि टोलीलाई भक्तपुरको खौमा स्थित लायकुमा भक्तपुर नगरपालिकाका प्रमुख मेयर सुनील प्रजापतिले स्वागत गर्नुभएको थियो। त्यस्तै टोलीले लायकु र टौमढी क्षेत्रका ऐतिहासिक सम्पदाहरु अवलोकन गर्नुका साथै नगरपालिकाद्वारा संचालित ख्वप कलेज, ख्वप अस्पताल र ख्वप ईन्जिनीयरिङ कलेज र स्थानीय भक्तपुर बचत द्वारा संचालित आदर निकेतनको पनि अवलोकन गरेको थियो।
साम्राज्यवाद तथा उपनिवेशवादको विरोधमा क्युवा र ल्याटिन अमेरिकी जनताको संघर्षको विषयमा लेखक विजय प्रसादले निरन्तर कलम चलाउँदै आउनुभएको छ। पत्रकार, राजनीतिक विश्लेशक, इतिहासकार, साम्राज्यवाद र उपनिवेशवाद विरोधी मार्क्सवादी बुद्धिजीविका रुपमा अन्तर्राष्ट्रिय बामपन्थी आन्दोलनमा परिचित लेखक विजय प्रसाद भरतीय कम्युनिस्ट पार्टी(मार्क्सवादी) निकट प्रकाशन संस्था ‘लेफ्टवर्ड बुक्स’ का प्रधान सम्पादक पनि हुनुहुन्छ। ईराक, अफ्गानिस्तान, लिबिया र सिरियामा अमेरिकी साम्राज्यवादी आक्रमण, भारतको दलित समुदाय, हिन्दुत्व, प्यालेष्टाईन, अरव आन्दोलन, दक्षिणी गोलार्द्ध, रसियाली अक्टोवर क्रान्ति, जलवायु परिवर्तन, तेस्रो विश्वमा समाजवादी आन्दोलन आदी विभिन्न विषयमा उहाँका दुई दर्जन भन्दा बढी पुस्तकहरु प्रकाशित छन्। उहाँले क्युवाली समाजवाद तथा क्युवाली क्रान्तिको पक्षमा लेख्दै आउनुका साथै एक्येवद्धता आन्दोलनमा सहयोग पु¥याउँदै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

विनाशकारी बाढीबाट मृत्यु हुनेकाे संख्या १ हजार ४०३ जना पुग्याे

५१ मिनेट अगाडि
आज  संसदीय समितिको बैठक बस्दै

आज संसदीय समितिको बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक