आइत, अशोज ७, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात

गल्याङ (स्याङ्जा) । स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित  छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ।

सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताउनुभयो ।

“हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ”, उहाँले भन्नुभयो, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि  काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।” उहाँले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गर्नुभयो । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

“साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ”,  उहाँले भन्नुभयो, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।” अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई रु एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताउनुभयो । उहाँले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताउनुभयो ।

सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताउनुभयो । “कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा रु २५ अनुदान दिँदै आएका छौँ ।”

प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिनुभयो ।

विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ ।

“हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ”, उहाँले भन्नुभयो, “यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ ।” रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको सुनाउनुभयो । उहाँले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गर्नुभयो । रासस

यो पनि पढ्नुहोस्

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

१० घण्टा अगाडि
ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

१४ घण्टा अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

मिटरब्याजी र पीडितबीच विवाद : साहु पक्षले गरे १० जना पीडितलाई कुटपिट

६ घण्टा अगाडि
आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

आइएमई मार्फत सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु

१० घण्टा अगाडि
बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

१० घण्टा अगाडि
पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक १९.४२ अंकले घट्याे

११ घण्टा अगाडि
लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

लेबनान र इजरायलबिचको सीमामा तनाव सुरु

११ घण्टा अगाडि

लोकप्रिय

  • ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

    0 shares
    Share 0 Tweet 0
  • बिहानी पख झुल्केको घाँमको छाँयाङ्कन सम्पन्न

    0 shares
    Share 0 Tweet 0
  • नेपालमा बिहार आसपासको न्यून चापीय प्रभाव

    0 shares
    Share 0 Tweet 0
  • पूर्वराजा शाहले भक्तपुरकाे तलेजु मन्दिरको गरे दर्शन

    0 shares
    Share 0 Tweet 0
  • बीआरआईमा नेपालको सक्रिय सहभागिता रहन्छ : प्रधानमन्त्री दाहाल

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

ललितपुर उद्योग वाणिज्य संघमा विश्वराज बज्राचार्य प्यानलको जित निश्चित

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

डलरको भाउमा नयाँ रेकर्ड कायम

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

शिक्षकको मर्यादा तोकिनेदेखि यस्ता छन् ६ बुँदे सहमति

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist