शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार वातावरण

हेलम्बु-मेलम्चीका बासिन्दामा फेरि बाढीको जोखिम

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा १७ जनाको मृत्यु

PLANADA, CALIFORNIA - JANUARY 11: In an aerial view, cars sit in floodwaters on January 11, 2023 in Planada, California. The Central Valley town of Planada was devastated by widespread flooding after a severe atmospheric river event moved through the area earlier in the week. The San Francisco Bay Area and much of California continues to be drenched by powerful atmospheric river events that have brought high winds and flooding rains. The storms have toppled trees, flooded roads and cut power to tens of thousands. Storms are lined up over the Pacific Ocean and are expected to bring more rain and wind through the end of the week. Justin Sullivan/Getty Images/AFP (Photo by JUSTIN SULLIVAN / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सिन्धुपाल्चोक / चार दिनदेखिको अविरल वर्षाका कारण बाढीपहिरोले पश्चिम हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल क्षेत्रका तटीय भेगमा क्षति पुर्‍याएपछि यहाँका स्थानीयहरू त्रसित बनेका छन् ।

बिहीबार बेलुकादेखि नै एकाएक मेलम्चीको सतह बढ्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् । शुक्रबार हेलम्बु गाउँपालिका वडा ४ ग्याल्थुमस्थित सरस्वती माध्यमिक विद्यालयका चारवटा पक्की शौचालय र एक भान्साघर बगाएको छ । विद्यालयसहित यहाँका ग्याल्थुम बजार क्षेत्रका ६ वटा घर उच्च जोखिममा परेपछि सुरक्षित स्थानमा सारिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

‘विद्यालयको अन्य संरचना जोखिममा परेपछि यहाँ लगभग पठपाठन ठप्प भएको अवस्था छ, स्थानीयमा त्रास कायम छ, अब बाढीले के हुने हो भन्ने डरले हामी आत्तिएका छौं,’ प्रत्यक्षदर्शी स्थानीय रामहरी लामिछानेले भने । नदीको तटीय क्षेत्रको मुख्य सडकमा दर्जनौं स्थान बाढीपहिरोले तहसनहस बनाएपछि हेलम्बु र पाँचपोखरी थाङपाल जोड्ने सडक आहिले ठप्प छ । बाढीले हेलम्बुको किउल, चनौटे, ग्याल्थुम, मेलम्चीको तालामाराङ र पाँचपोखरी थाङपाल गाउँपालिकाको यांग्री , तिपेनी बजार प्रभावित भएका छन् ।

हेलम्बु जोड्ने ग्याल्थुम, चनौटे, तालामाराङ, सिमखेतजस्ता सडक खण्डमा बाढीले ५० मिटर कटान गरी खोलामा खसालेपछि गाउँदेखि बजार जोड्ने यहाँका सडक अवरुद्ध छन् । हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार मेलम्चीको बाढीले दुई वर्षअघि कटान गरेर बाँकी राखेको किनारका खेत, बस्ती र मानवनिर्मित संरचना एक सातायताको बाढीले बगाइरहेको देखिन्छ । मेलम्ची घ्याङदेखि ग्याल्थुमसम्मका बाँकी रहेका ५० खण्डहर घर बगाएको उनले बताए । ‘आहिले अवस्था धेरै जोखिमपूर्ण बनेको छ, दुई वर्षपछि बल्ल तंग्रिदै गरेको हेलम्बु बाढीले पुन पहिलेकै अवस्थामा धकेल्ने खतरा छ,’ उनले भने ।

डेढ वर्ष लगाएर २० करोडमा बनेका नदी नियन्त्रणका तारजाली, पक्की वाल र तटक्षेत्रमा लगाएका ढलान अहिले बाढीले बगाएको छ । एक सातायता बाढीले सडक र गोरेटो बगाएपछि मेलम्ची घ्याङ, तार्केघ्याङ, सेर्माथाङ, तिम्बु र नाकोतेका स्थानीय गाउँमै रोकिएका छन् । हेलम्बु र पाँचपोखरी थाङपाल जाने सडक बाढीपहिरोले बन्द भएपछि दुई पालिकाको केन्द्रबाट घर फर्कँदा मेलम्चीमै बास बस्नुपर्ने बाध्यता रहेको स्थानीय सानबहादुर तामाङले दुखेसो गरे ।

‘बर्खा लागेपछि यही पिर हुन्छ, बाटो थुनिएपछि मेलम्ची बजार बस्नुबाहेक विकल्प छैन, तर बाढीको जोखिम यहाँ पनि उस्तै छ,’ उनले भने । त्यसैगरी मेलम्ची नगर ११ कटुन्जे, बाह्रबिसे नगर वडा २ चालिसे, टाडबिसौना, कर्थलीजस्ता दर्जनौं गाउँमा तल्लो भाग भास्सिएर गएपछि बस्ती जोखिममा परेका छन् । विस्थापित परिवारलाई आपतकालीन आश्रयस्थल र सुरक्षित स्थानमा टेन्टमा सारेर आवश्यक बासगास व्यवस्थापन गरिएको यहाँका जनप्रतिनिधिले बताएका छन् ।

संघ र प्रदेश सरकारप्रति स्थानीय जनप्रतिनिधि रुष्ट

सिंगो जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर यस्तो विपदमा पनि संघ र प्रदेश सरकारको प्रत्यक्ष उपस्थिति देखिँदैन । दुवै तहका सरकार मूकदर्शक बनेको भन्दै स्थानीय र जनप्रतिनिधिहरू रुष्ट छन् । विशेषगरी हेलम्बु, मेलम्ची नगर र पाँचपोखरी थाङपाल गापाको पछिल्लो विपदमा सहयोगका लागि कुनै सरकारी निकाय नपुग्दा स्थानीयले बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।

यसअघि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथान पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले मेलम्ची क्षेत्रलाई विपदमा आवश्यक बजेट छुट्याउने प्रतिबद्धता गरेका थिए । तर, न बजेट आइपुगेको छ, न उनी नै फर्किए । बरु उल्टै बाढीले खानेपानी आयोजनाको हेडवर्क्स सबै बगायो । मुहानस्थल पुग्ने सडक बगाए पनि प्रधानमन्त्री संघीय सरकारका कोही पनि प्रतिनिधि हेलम्बु पुगेका छैनन् । पछिल्लो पटक हेलम्बु पुगेका वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल भने आश्वासन मात्रै दिएर फर्किएको स्थानीयको गुनासो छ ।

कसरी आयो बाढी ?

मेलम्ची बाढीको मुहानस्थल हेलम्बुको शीर भेमाथाङमा यसपटक नयाँ पहिरो गएको छैन । तर मेलम्चीघ्याङ पछाडिको डाँडा पहिरोमा बदलिएपछि यहाँका हृयोल्मो समुदाय झनै त्रसित छन् । माथिल्ला भेगमा नयाँ पहिरो गएकाले बाढी आएको हुनसक्ने हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

‘भेमाथाङ जलाधार क्षेत्रको नियन्त्रण र सुरक्षा नगरी मेलम्ची बाढीबाट तट क्षेत्र जोगिँदैन । पहिरो रोकथाम नियन्त्रण गर्ने भौतिक तैयारीबिना बाढी रोकिँदैन,’ शेर्पाले भने । यस्तै सरकारले भूर्गभविद् पठाएर अध्ययन गरेर चुपचाप बसेको उनले आरोप लगाए ।

यो पनि पढ्नुहोस्

जलवायु अनुकूलनका कार्यक्रम घोषणा

जलवायु अनुकूलनका कार्यक्रम घोषणा

४ दिन अगाडि
आज विश्व वतावरण दिवस मनाउँदै

आज विश्व वतावरण दिवस मनाउँदै

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक