सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बागलुङको नेवारे झरनाले प्रचार पाएन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
बागलुङको नेवारे झरनाले प्रचार पाएन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

ढोरपाटन । नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला झरना काठेखोलाको छेउमै रहेको छ । बागलुङ नगरपालिका-१० मा रहेको यस झरनाको अग्लो पहाडबाट झरेको छ । वरपर शान्त, स्वच्छ र मनोरम वातावरण रहेको हुँदा झरनाले धेरैलाई आकर्षित गर्छ ।

बागलुङ, कालिका, लामो झलुङ्गे पुल लगायतका पर्यटकीय क्षेत्रको नजिकै थप अर्को झरना पहिचान भएपछि यसको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् । करिब ५० मिटर अग्लो स्थानबाट झरेको झरनाको फेदमा एउटा ताल छ । त्यो ताल अहिले अव्यवस्थित छ ।

बागलुङ बजार नजिकै भएर पनि ओझेलमा परेको यो झरना अब तीव्र रुपमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउनतर्फ लाग्ने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

उनले हिउँद बर्खा बाह्रै महिना यहाँ पानी बग्ने हुँदा यो झरना पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए ।  यस वर्ष मात्रै झरनाको पहिचान भएको जनाउँदै उनले आगामी वर्षदेखि बजेट व्यवस्थापन गरेर यहाँ पूर्वाधार निर्माण गर्ने र प्रवर्द्धनमा लाग्ने बताए ।

‘यो झरना अत्यन्तै सुन्दर छ, अहिलेसम्म कसैको नजर पुग्न सकेको थिएन, यो नगरपालिकाको सम्पत्ति हो, यसको विकास र प्रवद्र्धनका लागि नगरपालिका योजना बनाएर लाग्छ, वनको बीचमा रहेको हुँदा यहाँ विश्राम गर्ने, योगा, ध्यान गर्नका लागि पनि अति उपयुक्त छ’, उपप्रमुख खड्काले भने, ‘अब सबैभन्दा पहिला यहाँसम्म सहज रुपमा पुग्ने पहुँच मार्ग निर्माण गर्ने र अन्य पूर्वाधार बनाएर तीव्र प्रचार गर्नुपर्ने छ, यसका लागि हामीहरुले आगामी वर्षदेखि काम गर्छौं, यहाँ पानी बाह्रै महिना बग्छ, हिउँदमा केही कम हुनु स्वाभाविक हो, व्यवस्थित गर्न जरुरी छ ।’

झरनाभन्दा माथि सडक निर्माण भएको हुँदा सडकबाट आएको भलले झरनाको फेदको तालमा क्षति पुर्‍याएको छ । बागलुङ बजारदेखि नेवारेखोला झरनासम्म पुग्न १५ मिनेट मात्र लाग्छ ।

अब झरनाको फेदमा पोखरी, छेउछाउमा बगैँचा र झरनासम्म पुग्ने पर्यटकका लागि रेष्टुरेन्ट सञ्चालन गर्ने योजना बनाइएको उपप्रमुख खड्का बताउँछन् ।

झरनाको पहिचान भएपछि पहिलो पटक त्यहाँ पुगेका नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले झरनासँगै त्यस वरपरको वातावरण प्राकृतिक रुपमा निकै सुन्दर रहेको हुँदा पर्यटक भित्र्याउन समस्या नभएको बताए ।

अहिले पनि झरना नजिकै सडक पुगेको हुँदा त्यस सडकलाई व्यवस्थित गर्न सकियो भने पर्यटक गाडीमै झरनासम्म पुग्न सक्ने गिरीको भनाइ छ । पदमार्ग, सडक र अन्य व्यवस्थापनका काम गर्न जरुरी रहेको उहाँ बताउँछन् ।

इन्जिनियर गिरीले भने, ‘जङ्गलको कुनामा हुँदा यो झरना अहिलेसम्म ओझेलमा परेको रहेछ, स्थानीयहरुले देखे पनि बाहिर ल्याउन सक्नुभएको थिएन, यो झरना राम्रो छ, त्यहाँ जाने बाटो राम्रो बनाउने हो भने बागलुङ आउने अधिकांश पर्यटकलाई पुर्‍याउन सहज पनि छ, पार्क, स्विमिङपुल बनाउन सके बागलुङ बजारवासीसँगै बाहिरबाट आउने आगन्तुकलाई घुमफिर गर्न निकै राम्रो स्थान छ, अहिले बाटो राम्रो छैन, एक दिन मेसिन लगेर सडक खुलायो भने गाडीमा पनि सहजै पुग्न सक्छन् ।’

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

आगामी साता भारी वर्षाको सम्भावना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक