सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माधव नेपालको ठहर राष्ट्रघाती र जनघाती !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

कम्युनिस्ट सिद्धान्त र आदर्शको नाममा लामो समयदेखि राजनीति गर्दै आएका नेपाली नेतामध्येका एक हुन्, माधवकुमार नेपाल । नेपाली कम्युनिस्ट इतिहासको चर्चा गर्दा नछुट्ने पात्र पनि हुन् उनी । तर, त्यसरी चर्चा हुनुमा उनको योगदानभन्दा बढी विवादास्पद निर्णय र कामको मुख्य भूमिका छ । कुनै बेला नेकपा एमालेको महासचिवको रुपमा नेपालको बलियो कम्युनिस्ट पार्टीको नेतृत्व गरेका उनी पूर्वप्रधानमन्त्री पनि हुन् । तर, नेपाल आफ्नै विवादास्पद कामका कारण सधैं आलोचनाको केन्द्रमा रहे । हाल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष रहेका उनै नेपाल आफ्नै विगतका गल्तीलाई स्वीकार्ने र सुधार्नेतर्फ भन्दा ठीक गरेको भन्दै आत्मरतिमा रमाउने बाटोमा अग्रसर देखिएका छन् ।

नेकपा एस अर्को कम्युनिस्ट पार्टी एमालेबाट विभाजन भएको दल हो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बनेको थियो । तर, यो एकता लामो समय टिक्न सकेन । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको विवादका कारण नेकपा टुक्रिएन मात्रै यसले पुरानो एमालेलाई पनि असर पा¥यो । पार्टीका वरिष्ठ नेताहरु नेपाल, झलनाथ खनाललगायतले एमाले विभाजन गरेर नेकपा एस नै गठन गरे । यसका अध्यक्ष नेपालले अहिले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको जिकिर गरेका छन् । पार्टीको पोलिटब्युरो बैठकमा उनले आफूहरूले विद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद् समाप्त पारिसकेको हुने विश्लेषण गरेका छन् ।

तर, नेकपा एसको औचित्य नरहेको सन्देश जनताले गत प्रतिनिधि तथा प्रदेशसभा चुनावमा नै दिइसकेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत दलसँग गठबन्धन गरेर चुनावमा गए पनि नेकपा एसले जम्मा १० सिट मात्र जित्न सक्यो । राष्ट्रिय दल बन्नका लागि आवश्यक समानुपातिक मत पनि प्राप्त गर्न सकेन । नेकपा एस अहिले ठूलो संकटमा परेको छ र यसका केही नेताहरु एमालेमै फर्किने तयारीमा लागेका छन् । तर, नेपाल भने अहिले पनि आफ्नो विभाजनको कदमलाई पुष्टि गर्ने प्रयासमा नै लागेका छन् ।

नेपालको कम्युनिस्ट पार्टीको इतिहासमा टुटफुटको श्रृंखला सुरुवातदेखि नै देखिँदै आएको छ । यसका कारण पनि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको उद्देश्य प्राप्ति हुन सकेको छैन । मुलुकमा जनआन्दोलनपछि प्रजातन्त्रको बहालीसँगै एमाले सबैभन्दा ठूलो कम्युनिस्ट दलको रुपमा उदाएको थियो । त्यतिबेला मदन भण्डारी, मनमोहन अधिकारीसँगै, वामदेव गौतम, माधवकुमार नेपाल, केपी शर्मा ओली, झलनाथ खनाल लगायत नेताहरु पार्टीको प्रमुख नेताहरुमा थिए । तर, ५० को दशकमा महाकाली सन्धिका कारण एमालेमा विभाजन आयो । भारतसँग महाकाली सन्धि गर्नु राष्ट्रघात भएको भन्दै वामदेव गौतम लगायत नेताले विद्रोह गरेका थिए । तर, त्यतिबेला नेपालले महाकाली सन्धि गरेपछि त्यसका विरुद्धमा उभिने नेताहरुलाई पार्टीबाट निस्कासन नै गरेका थिए । फलस्वरुप गौतमको नेतत्वमा एमालेको ठूलो समूह अर्को पार्टी गठन गर्न बाध्य भएको थियो । त्यतिबेला सन्धिको पक्षमा रहेका ओलीले पनि हाल आएर उक्त सन्धि गलत भएको स्वीकारिसकेका छन् ।

महाकाली सन्धि गर्नु र पार्टीका अध्यक्ष केपी ओली प्रधानमन्त्री रहेका बखत विपक्षी दलका नेतालाई सहयोग पुग्ने गरी पार्टी विभाजन गर्नु दुवै काम माधव नेपाल कसैबाट निर्देशित भएरै गरेका राष्ट्रघात र जनघातका दुष्कर्महरु हुन् । दुवै काममा उनी विदेशीको प्रयोगमा आएका पात्र हुन् भन्ने स्पष्ट हुन्छ । जीवनभर कम्युनिस्ट सिद्धान्तलाई बोकेर हिँडेका र पार्टी तथा सरकारको शक्तिशाली पदमा पुगे पनि नेपालले कहिले पनि गरिब, श्रमिक, किसान जस्ता वास्तविक सर्वहाराका लागि भने उल्लेखनीय काम गर्न सकेका देखिँदैनन् । बरु विदेशीको इसारामा पार्टीका नेताहरुलाई निस्कासन र पार्टी विभाजनजस्ता गतिविधिमार्फत कम्युनिस्ट आन्दोलनलाई बद्नाम बनाउने प्रयास गरेका छन् । त्यसैले पनि पछिल्लो समय नेपाल नेपाली राजनीतिबाट किनारा लाग्दै गएका छन् । उनको पार्टीलाई, प्रतिबद्धतालाई जनताले अब मन पराउन छाडेका छन् । नेकपा एस आगामी चुनावसम्म अन्य कम्युनिस्ट दल वा गठबन्धनमा एकताबद्ध नभएमा इतिहासको गर्तमा विलीन हुने संघारमा पुगिसकेको छ । यसले एउटा पार्टी अन्त्य त होला, त्योभन्दा बढी कम्युनिस्ट दलप्रति आस्था राखेका थोरै मात्र कार्यकर्तालाई पनि पश्चाताप हुनेछ र त्यसको दोषी नेपाललाई नै हुनेछ । नेपालको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन, विकासलाई अवरुद्ध पार्न, देशलाई विदेशीको इसारामा अघि बढाउन काम गरेको आरोपबाट उनी मुक्त हुन पाउनेछैनन् । यसले राजनीतिक जीवनको उत्तराद्र्धमा पुगेका नेपालको जीवनमा कहिल्यै नमेटिने धब्बा पनि लाग्नेछ । त्यसकारण कमरेड ! आफ्नो गल्तीलाई स्वीकार्ने र आत्मसमीक्षा गर्न हो कि ! जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

सर्वात्कृष्ट कन्टेन्ट क्रिएटरहरू पुरस्कृत

५५ सेकेन्ड अगाडि
विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

१४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक