मङ्ल, कार्तिक २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

महिला टीट्वान्टी आई क्रिकेटमा नेपालकाे पहिलाे जित

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
महिला टीट्वान्टी आई क्रिकेटमा नेपालकाे पहिलाे जित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। नेपालले चार देश सम्मिलित महिला टीट्वान्टी आई क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले मंगलबार आफ्नो पहिलो खेलमा हङ्कङलाई ६ विकेटले हरायो । मलेसियामा भएको उक्त खेलमा नेपाललाई जिताउन सीता रानामगरले उत्कृष्ट बलिङ गरिन् ।

हङ्कङले पहिले ब्याटिङ गर्दै १९.१ ओभरमा अलआउट हुनुअघि ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.५ ओभरमै केवल चार विकेट गुमाएर ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । नेपालको जितमा सम्झना खड्काले अविजित ३६ रनको योगदान गरिन् । उनले ३६ बलमा पाँच चौका पनि प्रहार गरिन् । सीता रानामगर तीन रनमा अविजित रहिन् । पूजा महतोले १८ बलमा १६ रनको योगदान गरिन् । ओपनरको भूमिकामा ओर्लिएकी पूजाको राष्ट्रिय टोलीबाट यो ‘डेब्यू’ खेल हो ।

रुविना क्षेत्रीले २० बलमा १० रन बनाइन् । इन्दु बर्माले नौ रनको योगदान गरिन् । हङ्कङकी बलर केरी चेन, इकरा साहर र मारिको हिलले एक—एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङ्कङलाई सस्तोमा समेटन सीता रानामगरले चार ओभरमा १६ रन खर्चिएर पाँच विकेट लिएकी थिइन् ।

टीट्वान्टी प्रतियोगितामा यो उनको उत्कृष्ट प्रदर्शन हो । नेपालकी बलर इन्दू बर्माले पनि दुई विकेट हात पारिन् । कविता कुँवर, पूजा महतो र रुविना क्षेत्रीले एक—एक विकेट लिए । नेपालले दोस्रो खेल बुधबार कुवेतसँग खेल्नेछ । नेपालले आईसीसी महिला टीट्वान्टी विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगिताका लागि अभ्यास खेल खेलेको हो । एसियाली क्षेत्रको छनोट प्रतियोगिता अगस्त ३१ देखी सेप्टेम्बर ९ सम्म मलेसियामा हुनेछ ।

यो पनि पढ्नुहोस्

सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज दुई खेल हुने

१ दिन अगाडि
सुदूरपश्चिम र जनकपुरले एनपीएलको पहिलो क्वालिफायर खेल्ने

एनपीएलमा आज एक खेल मात्र हुँदै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पटका पट्काउँदा घाइते

नेकपा एमाले संसदीय दलको बैठक शुरू

दुईटा अध्यादेश ल्याउने सरकारकाे निर्णय

सिड्नीमा आप्रवासनविरोधी प्रदर्शन

एनपीएलमा आज दुई खेल हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक