आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

नियत राम्रो भए सरकारी जग्गा निजी गराउने निर्णय गरिँदैन !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा निजीकरण गरेको प्रकरण अहिले चर्चामा छ । यस प्रकरणमा पहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः छानबिन गरिरहेको छ । सरकारी जग्गा निजीकरण गराएको आरोपमा केही व्यवसायी तथा सरकारी कर्मचारी पक्राउ पनि परेका छन् । यस घटनामा जग्गा कारोबारी मात्र होइन, त्यतिबेलाका उच्चपदस्थ सरकारी कर्मचारी, मन्त्री र प्रधानमन्त्रीहरुको पनि नाम जोडिएको छ । ठूलो गिरोहले मिलेमतोमा उक्त सरकारी जग्गा हत्याएको देखिन्छ ।

उक्त प्रकरणमा जोडिएका पात्रमध्ये एक हुन्, तत्कालीन मुख्यसचिव लीलामणि पौडेल । त्यतिबेला पौडेलले सामाजिक समितिबाट अध्ययन गरेर ल्याएको प्रस्तावमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ सालमा सरकारी जग्गा दर्ता सच्याएर गुठीलाई दिने निर्णय गरेको थियो । नेपाल सरकार (समरजंग कम्पनी) को नाममा भएको जग्गा दर्ता सच्याई पशुपति टिकिन्छा गुठीका नाममा नामसारी गर्न स्वीकृति दिइएको थियो । सामाजिक समितिका तर्फबाट तत्कालीन मुख्यसचिव पौडेलले नेपाल सरकारको नाममा रहेको जग्गा दर्ता सच्याएर पशुपति टिकिन्छा गुठीलाई दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । उनी त्यति वेला सामाजिक समितिका सदस्य–सचिव पनि थिए । पौडेलको प्रस्तावमा भूमाफियाले तीन रोपनी १२ आना तीन पैसा सरकारी जग्गा हडपेको थिए ।

तर, २०७६ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्दा भट्टराई र पौडेललाई भने जोगाएको थियो । जबकि, २०६९ साउन ९ मा प्रस्ताव लैजाने भूमि सुधार मन्त्रालयका सचिवविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियारले उन्मुक्ति दिएका पूर्वमुख्यसचिव पौडेलसँग अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भने बयान लिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले साउन २१ मा ‘हालसम्मको अनुसन्धानले माथिल्लो तहका निर्णयकर्तालाई नछोएको भन्दै अनुसन्धान अभियोजन भरपूर जनविश्वास प्राप्त गर्ने गरी स्वतन्त्र र सक्षमताका साथ पक्षपातरहित तवरबाट सम्पन्न हुनुपर्ने’ आदेश दिएको एक सातापछि सीआईबीले पौडेलसँग बयान लिएको हो ।

पौडेलले भने आफूले केवल प्रस्ताव लगेको तर यसमा आफ्नो संलग्नता नरहेको जस्तो हास्यास्पद तर्क गर्दै आएका छन् । यदि उनको नियत राम्रो भएको भए सरकारी जग्गालाई निजीकरण गर्ने प्रस्ताव कुनै हालतमा पनि मन्त्रिपरिषद्मा पु¥याउँदैनथें । तर, निर्णय प्रक्रियामा भने सहभागी हुने र पछि त्यसमा के थियो थाहै भएनजस्तो तर्क दिएर उन्मुक्ति पाउने अवस्थाले कानुनभन्दा केही व्यक्ति माथि हुन खोजेको तथ्यलाई स्थापित हुनेछ । यही प्रकरणमा एउटै प्रस्ताव लैजाने सचिवलाई मुद्दा लाग्ने तर मुख्यसचिवलाई नलाग्ने भन्ने हुन सक्दैन । त्यति वेलाका मुख्यसचिवलाई निर्दोष मान्ने हो भने ललिता निवास प्रकरणमा एउटै सचिवलाई पनि भ्रष्टाचार मुद्दा लगाउन नमिल्ने यस प्रकरणका जानकारहरुले उल्लेख गर्दै आएका छन् । त्यसैले सरकारी जग्गालाई निजी बनाउने यो खेलमा लागेका सबैलाई कानुनी दायरामा सरकारले ल्याउनैपर्छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

११ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक