सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

देशमा धार्मिक अराजकता निम्त्याउने अर्बपति चौधरीको अभिष्ट !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
धर्म र राजनीति दुवै फरक विषय हुन् । धर्म व्यक्तिको आस्थासँग जोडिएको विषय हो । यसलाई लिएर हरेक व्यक्तिका आआफ्नै धारणा छन् । अर्कोतर्फ राजनीति आम जनता, देश वा कुनै निश्चित भूगोलको सञ्चालनसँग जोडिएको विषय हो । यी दुवैको एक अर्कासँग कुनै सम्बन्ध छैन, हुनु पनि हुँदैन । तर, प्राचीन समयदेखि नै हेर्ने हो भने धर्म र राजनीति दुवैमा एकअर्कालाई मिसाउने प्रयत्न हुँदै आएका छन् । धर्ममा राजनीति वा राजनीतिमा धर्मलाई जबर्जस्ती जोड्ने यो प्रयास आज पर्यन्तसम्म पनि सकिएको छैन । त्यसैको पछिल्लो उदाहरण भन्न सकिन्छ, भारतका विवादित धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्री उर्फ बागेश्वर सरकारको नेपाल आगमनको तयारी ! यी भारतीय धर्मगुरु नेपालका डलर अर्बपति विनोद चौधरीको व्यावसायिक समूहको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । चौधरी हाल नेपाली कांग्रेसबाट सांसद पनि छन् । व्यावसायिक क्षेत्रमा पकड जमाइसकेका चौधरी अहिले नेपाली राजनीतिमा पनि खुट्टा जमाउने प्रयत्नमा छन् । त्यसकारण पनि शास्त्रीको बैशाखी टेकेर उन्ले धर्म र राजनीतिलाई जोड्ने बहानामा अर्को लूटको बाटो तय गर्ने  प्रयास गरिएको रुपमा हेरिएको हो ।
पहिला चौधरीकै चर्चा गरौं, उनी नेपालका पहिलो डलर अर्बपति हुन् । तर, उनीमाथि करछली, नेपाली पुँजीको विदेशीकरणलगायत थुप्रै आरोप लाग्दै आएको छ । तर, पिता र भाईहरुको अनुशासित र  प्रभावशाली व्यावसायिक आचरणका कारण उनले तथा उनको समूहले उन्मुक्ति पाउँदै आएको छ । अझ उनी आफैं अब राजनीतिक छलाङ मार्ने प्रयासमा छन् । त्यो सफल भएमा नेपालमा बिनोद चौधरी र उन्सको मूहलाई पूँजी पलायनको यात्रामा अवरोध गर्न छुने प्रयास असम्भवप्रायः नै हुनेछ । राजनीतिको त्यही अभीष्ट पूरा गर्नका लागि उनले अहिले भारतीय धर्मगुरुलाई नेपाल ल्याउन लागेका हुन् भन्ने कुरा स्पष्ट छ ।
नेपाल आउन लागेका शास्त्री भने भारतमा अत्यन्तै विवादित छन् । उनी कट्टर हिन्दूवादीका नाममा कट्टर जातिबादी पनि हुन् र भारतमा रहने सबैले ‘सीताराम जय’ भन्नुपर्ने जस्ता अभिव्यक्ति दिदै आएका छन् । उनले भारतलाई हिन्दू राष्ट्र बनाउनुपर्ने अभिव्यक्ति पनि दिँदै आएका छन् । उनीमाथि धार्मिक विद्वेष फैलाउने र सामाजिक सद्भाव भड्काउने खालका अभिव्यक्ति दिएको आरोप पनि लागेको छ । त्यसैले अतिवादी हिन्दूका लागि उनी प्रिय हुन सक्छन् तर बहुधार्मिक देशका लागि भने उनको अभिव्यक्तिले ठूलो हिंसा निम्त्याउन सक्छ । आफ्नो हिन्दू अतिवादी छविकै कारण उनी भारतका केही सत्तारुढ दलका नेताहरुसँग नजिक पनि छन् । बिनोद चौधरीले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक शास्त्रीलाई नेपालको पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको उन्को ब्यापारिक लाभका लागि शाश्वत धामका नाममा खोलिएको निजी ब्यापारिक थलोमा ल्याउन लागेको हुन् । बिनोदकै छोरा चौधरी ग्रूप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा भोलि भदौ १ गते आउन लागेका शास्त्रीले भदौ २, ३ र ४ मा कथा वाचन गर्ने तयारी भएको छ ।यस्ता धार्मिक प्रतिस्पर्धाले अन्य धर्म मान्नेहरुलाई उत्तेजित बनाउने र देशमा अराजकता सृजना गर्ने निश्चित छ, सरकारको ध्यानाकर्षण जरुरी छ !
भारतको सत्तामा अहिले हिन्दूवादी नेताको बाहुल्य छ । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपा नै देशमा हिन्दूको बढावालाई जोड दिइरहेका छन् । उनको कार्यकालमा अल्पसंख्यकहरुमाथि बिभेद र अन्याय भइरहेको आरोप लाग्दै आएको छ । मणिपुरमा भइरहेको जातीय हिंसा, अन्य प्रदेशमा मुस्लिममाथिको धरपकड र हिन्दूवादीको संरक्षणका कारण भारतमा सद्भाव बिग्रँदै गएको छ । भारतको कंग्रेस पार्टीका नेता राहुल गान्धीले पनि मोदी सरकारमाथि घृणाको राजनीति फैलाएको आरोप लगाउँदै आएका छन् । धर्म र राजनीतिलाई जबर्जस्ती जोड्न खोज्दा समाजमा कस्तो असर पर्छ भन्ने एउटा उदाहरण अहिलेको भारत नै पर्याप्त छ । अझ यसका गहन असरहरु त भविष्यमा देखिने नै छन् ।
अहिले नेपालमा धर्ममा बिबादित ब्यक्ति शास्त्रीलाई ल्याउन खोज्नुले भारतको त्यो रोग नेपालमा पनि सार्न खोजिएको भान हुन्छ । अर्वपति चौधरीलाई लगाम कस्ले लगाउने ? धीरेन्द्र शास्त्री भारतीय सत्तासँग नजिक भएका र उनीसँग सम्बन्ध बढाउँदा बिनोद चौधरीको राजनीतिक अभीष्ट त पूरा होला, तर यसले नेपालको सामाजिक सद्भावमा पनि असर पार्न सक्छ । नेपालको राजनीतिमा भारतीय अनावश्यक चासो र हस्तक्षेप विगत लामो समयदेखि नै छ ।यहाँका धेरैजसो नेताहरु राजनीतिक रुपमा अगाडि आउन भारतका शासकहरुको समर्थन खोज्ने प्रयास हुन गरेकै पनि छ । यसका लागि यहाँका नेताहरुको त्यहाँका सत्तासँग नजिक र बिभिन्बन कालखण्डमा बिबादित बाबाहरुसँगको सम्बन्ध यसअघि पनि देखिएको नै हो । चौधरीको अहिलेको कार्य पनि त्यसैको निरन्तरता हो भन्ने स्पष्ट छ । तर, यो नेपालका लागि भने घातकसिद्ध हुनेछ । धार्मिक अतिवादीसँगको यो सहकार्यलाई नेपाली जनताले पनि बहिष्कार गर्न आवश्यक छ । राजनीतिक दलहरुले र सरकारले पनि यस प्रकारका गतिविधि गर्नेलाई बढावा दिनु उचित हुनेछैन, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

३ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

संस्कृति बन्न सकेन रक्तदान

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक