बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

केपी ओली पनि नीतिगत निर्णयमा फस्ने !

माधव र बाबुरामसँगै ओली पनि तानिने आधार भेटियो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
केपी ओली पनि नीतिगत निर्णयमा फस्ने !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एकपछि अर्को भ्रष्टाचारको फाइल खोलिरहेको सरकारले अब झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको जग्गा सट्टाभर्ना सम्बन्धी निर्णय छानबिन गर्ने भएको छ । २०७८ साल असारमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय गरेकाले नेकपा एमालेका अध्यक्ष ओली यो प्रकरणमा तानिने उच्च सम्भावना छ ।

हाल सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवासजस्ता प्रकरणको छानबिन सुरु गरेपछि यी विषयमा अनुसन्धान तथा अदालतमा मुद्दा प्रक्रिया अघि बढेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता था पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत नेता तथा कर्मचारी थुनामा छन् । यस्तै, ललिता निवास प्रकरणमा पनि ठूला नेताहरु नै संलग्न रहेको तथ्य सार्वजनिक भइरहेका छन् । तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईको पालामा सरकारले उक्त सरकारी जग्गा निजीकरण गर्ने निर्णय गरेको थियो । भूमाफियाहरुको ठूलो गिरोहले सानाठूला कर्मचारीदेखि नेताहरुलाई प्रभावमा पारेर गरिएको यस्तो ठूलो अपराधमा अहिले अनुसन्धान जारी छ । सर्वोच्च अदालतले पनि ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुको बयान लिन सकिने आदेश दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारले सुशासन सरकारको प्राथमिकता भएको भन्दै गिरीबन्धु टी इस्टेटमा अनुसन्धान हुने जनाएका हुन् । उक्त कम्पनीले चिया बगानका लागि हदबन्दी भन्दा बढी जग्गा भोगचलन गरिरहेको छ । कम्पनीले हाल भोगचलन गरिरहेको बिर्तामोड र अर्जुनधारा नगरपालिकामा पर्ने यो जग्गाको बीचमा पूर्वपश्चिम राजमार्ग छ र वरपर बजार छ । महँगो यो जग्गाको सट्टामा कम्पनीले अन्यत्र जग्गा दिन खोजेको छ । यसका लागि उनीहरुले ओली सरकारको पालामा भूमिसम्बन्धी कानून संशोधन गरेर जग्गा सट्टाभर्ना सम्बन्धी निर्णय गर्न खोजेका थिए । ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनुभन्दा पाँच दिनअघि २४ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी स्थानान्तरणका नाममा हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न दिने निर्णय गरेको थियो । २९ असारमा ओली पदमुक्त भएर शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । उक्त निर्णय कार्यान्वयन हुनुअगावै सरकार ढलेको थियो । अब सरकारले यही नीतिगत भ्रष्टाचारको फाइल खोल्ने भएको हो ।

उक्त कम्पनीको नाममा झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकामा दुई सय ८० बिघा जग्गा छ, जहाँ कट्ठाकै कम्तीमा एक करोड पर्छ । यस हिसाबले कम्तीमा ३३ अर्ब ६० करोडको जग्गा बिक्री वा सट्टा दिने कम्पनीको योजना छ । यद्यपि, उक्त कम्पनी विघटन भएमा जग्गा सरकारी हुने थियो । यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री ओली, भूमि व्यवस्थामन्त्रीलगायत राजनीतिक दलका नेताहरूलाई बिचौलियाहरूले आफ्नो हातमा लिन सफल भएका थिए । ओली सरकारका भूमी व्यवस्था मन्त्रीहरू पद्मा अर्याल, शिवमाया तुम्बाहाम्फे र लिलानाथ श्रेष्ठले ऐन संशोधनदेखि मन्त्रिपरिषद्बाट सहमति दिलाउनसम्म सहयोग गरेका थिए ।

उक्त कम्पनीले सरकारले तोकेको हदबन्दीभन्दा बढी जग्गा राख्दै आएको थियो । कृषि तथा औद्योगिक प्रयोजनको हदबन्दीको जग्गा बिक्री गर्न नपाइने व्यवस्था छ । यस्तै, कम्पनी विघटन भएपछि सरकारको नाममा आउने व्यवस्था प िनगरिउको छ । तत्कालीन पञ्चायत सरकारले २०२९ सालमा गिरीबन्धु टी इस्टेटको नाममा रहेको ३४२ विगाहा १९ कट्ठा, १२ घुर जग्गा हदबन्दीभन्दा बढी राख्न छुट दिई राजपत्रमा सूचना निकालेको थियो । त्यसयता उक्त जग्गा बिक्री गर्ने प्रयास सफल नभएपछि सट्टाभर्नाको प्रक्रिया अघि बढेको थियो । यसका लागि २०७६ माघमा भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरिएको थियो । संशोधनबाट हदबन्दीभन्दा बढी राखेको जग्गा अन्यत्र सट्टापट्टा गर्न पाइने व्यवस्था गरिएको थियो ।

तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल थिइन् भने सचिव केदार न्यौपाने थिए । न्यौपाने यसका लागि तयार नभएपछि हाल शरणार्थी प्रकरणमा जेलमा रहेका सचिव टेकनारायण पाण्डेलाई उक्त मन्त्रालयको सचिव बनाइएको थियो । उनले सट्टाभर्नाको प्रस्ताव मन्त्रिपरिषदमा लगेका थिए भने मन्त्रिपरिषदले पनि २०७८ असार २४ मा जग्गा सट्टाभर्नाको स्वीकृती दिएको थियो ।

तर, अधिवक्ता ओमप्रकाश अर्यालले संविधानसँग बाझिएको कानून खारेज र नीतिगत भ्रष्टाचारलाई बढावा हुने विवादास्पद निर्णय बदरको माग गरी सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गरेका थिए । यो रिट हालसर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । यदि सरकारले यो फाइल अघि बढाएमा ओलीसँगै तत्कालीन भूमि व्यवस्थामन्त्री अर्याललगायत तानिने निश्चितजस्तै छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

विनाशकारी बाढीबाट मृत्यु हुनेकाे संख्या १ हजार ४०३ जना पुग्याे

५२ मिनेट अगाडि
आज  संसदीय समितिको बैठक बस्दै

आज संसदीय समितिको बैठक बस्दै

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक