बुध, भदौ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

भ्रष्टाचारविरुद्ध सरकार आक्रामक बन्ने सन्देश !

राजनीतिक दलहरुप्रति निराश भइरहेका जनता ! जनतालाई बल्ल देखाउँदै छ प्रचण्ड सरकार !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि पहल जारी : प्रधानमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं / ललिता निवास प्रकरणमा प्रहरीले पूर्वमन्त्रीहरुलाई पक्राउ गरेर अनुसन्धान थाल्ने भएपछि सरकारले भ्रष्टाचारप्रति थप आक्रामक बन्ने सन्देश दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तै ललिता निवास प्रकरणको पुरानो फाइललाई पुनः अनुसन्धान थालेर दोषीहरुलाई कारबाहीको दायरामा ल्याउने भएको हो ।

पछिल्लो समय राजनीतिक दलहरु एकआपसमा मिलेर भ्रष्टाचार गर्ने र देशलाई नोक्सान पु¥याइरहने गतिविधिका कारण राजनीतिक दलप्रति जनताको वितृष्णा बढिरहेको थियो । यति, ओम्नी, वाइडबडी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, ३३ किलो सुन काण्ड लगायत प्रकरणमा विभिन्न मन्त्री तथा नेताको नाम मुछिएपछि उनीहरुलाई कारबाही भने हुन सकेको थिएन । तर, प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्डले एकपछि अर्को भ्रष्टाचारको फाइल खोल्न थालेपछि जनतामा सरकारप्रति आशा बढेको हो ।

ललिता निवास प्रकरणमै पनि काठमाडौं जिल्ला अदालतले सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजनामन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्रीविरुद्ध गत आइतबार पक्राउ पूर्जी जारी गरेको छ । ललिता निवास प्रकरणको दोहोराएर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निवेदनका आधारमा अदालतले तत्कालिन भौतिक योजनामन्त्री गच्छदार, सोही मन्त्रालयका राज्यमन्त्री सञ्जय साह टकला र भूमिसुधार मन्त्रीहरु चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा २०४९ देखि २०६९ सम्मका विभिन्न निर्णयबाट बढी सरकारी जग्गा व्यक्तिका नाममा पुगेको घटनामा ब्यूरोले विस्तृत अनुसन्धान गरिरहेको हो । ब्यूरोले घटनाका २० आरोपीलाई थुनामा राखेर अनुसन्धान गरिरहेको छ । यस्तै आइतबार नै सर्वोच्चले मुख्य निर्णयकर्तालाई समेत अनुसन्धानमा ल्याउन बाटो खुलागरेपछि सुरुवातमा यी चार विरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

यसअघि नेता गच्छदारविरुद्ध ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दर्ता गरेको मुद्दामा १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । २२ माघ २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा अनियमिततामा संलग्न भएको आरोपमा एक पूर्वउपप्रधानमन्त्री, तीन पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
यस्तै, सर्वाेच्च अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरूमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासले नीति निर्मातामाथि पनि अनुसन्धान गर्न आदेश दिएको हो ।

यो प्रकरणमा पक्राउ परेका योगराज पौडेलले दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले निर्णय प्रक्रियामा सहभागीहरूमाथि पनि अनुसन्धान गर्न निर्देशनात्मक आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खुलेको छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा २०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्मको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो । प्रधानमन्त्री निवास विस्तार गर्ने नक्कली मोही खडा गरिएको थियो । त्यस्तै तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा २०६९ साल असोज १८ गते थप नक्कली मोही खडा गरेर ललिता निवासको सरकारी जग्गा अपचलनका लागि सैद्धान्तिक स्वीकृति दिइएको थियो । माधव नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा
निर्माणमन्त्री विजय गच्छदार थिए भने बाबुराम नेतृत्वको मन्त्रिपरिषदमा भूमि सुधारमन्त्री चन्द्रदेव जोशी थिए ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अदालतको आदेशले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि आधार तयार गरेको जनाएका छन् । गत मंगलबार प्रतिनिधिसभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले अनुसन्धान भइरहेको विषयमा अदालतको आदेशले झनै गम्भीर भएर अनुसन्धान गर्न प्रेरित गरेको जनाएका हुन् ।

‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसकेका छैनौं,’ उनले भने, ‘अहिले सीआईबीले अनुसन्धान गरिरहेको छ । हामीले स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान छ ।’ अनुसन्धान प्रक्रियामा जे देखिन्छ त्यही अभियोजनको प्रक्रियामा लैजान सीआईबीलाई निर्देशन दिएको दाबी गरेका उनले को मान्छेलाई तान्ने कसलाई छुट दिने भन्ने नभई प्रमाणको आधारमा अघि बढ्ने प्रतिबद्धता जनाए । माओवादी वा अन्य जनु पार्टीको भए पनि अनुसन्धानले दोषी देखिए कारबाही गरेरै छाड्ने उनको भनाइ थियो । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता

विनाशकारी बाढीबाट मृत्यु हुनेकाे संख्या १ हजार ४०३ जना पुग्याे

५१ मिनेट अगाडि
आज  संसदीय समितिको बैठक बस्दै

आज संसदीय समितिको बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

न्याय सेवा आयाेगमा दुई जना सचिवकाे बढुवा

चिलिमेमा पानीकाे सतह घटाउने तयारी

याेसिं काभ्रेको नाला वनबाट काठमाडौं ल्याइयाे

तामाङ चलचित्र ‘ङाला सेम्जो’ को विशेष प्रदर्शन सम्पन्न

जेन्जीका वास्तविक माग सम्बोधन भएकै छैन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक