आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देशको दुरवस्थाको डरलाग्दो पक्ष !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सरकार तथा राजनीतिक दलको विफलताका कारण नेपाल असफल राष्ट्र बन्ने जोखिम बढेको छ । केही वर्षयता अर्थतन्त्रमा देखापरेको संकट झन् गहिरिँदै जाँदा देश आर्थिक रुपमा असफल बन्ने भएको हो । यसको पछिल्लो उदाहरणको रुपमा अर्थमन्त्रीको अभिव्यक्तिलाई लिन सकिन्छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै बजेट अभावका कारण निर्माण व्यवसायीले गरेका कामको भुक्तानी गर्न कठिन रहेको जनाएका छन् । स्रोतको अभावका कारण निर्माण व्यवसायीको माग पूरा गर्न नसक्ने भएको उनको भनाइ थियो । उनको यस्तो भनाइ आउनुको कारण हो, आफूहरुले गरिसकेको कामको भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले सरकारविरुद्ध गरेको आन्दोलन ।

भूकम्प आएयता नेपालको अर्थतन्त्रमा समस्या देखिन थालेको हो । तीन–चार वर्षयता त्यो समस्या झनै बढेको छ । यस्तो हुनुमा बाह्य कारण कोभिड महामारी, रुस–युक्रेन युद्ध, रेमिट्यान्सको कमी लगायत हुन् । तर, मुख्य कारण भने आन्तरिक हुन् । आन्तरिक कारणमा विकास खर्चभन्दा चालु खर्च बढी हुनु, सरकारको आन्तरिक तथा बाह्य ऋण बढी हुनु, भ्रष्टाचार बढ्नु, सरकारको अकर्मण्यता लगायत छन् । यही कारणले नेपालको इतिहासमै नै पहिलो पटक बजेटमा विकासलाई भन्दा सरकारले लिएको ऋण तिर्नका लागि बढी बजेट छुट्याइएको छ । यस्तै अहिले निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्न सरकारसँग बजेट नै छैन । विदेशी मुद्रा सञ्चिति पनि सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध गरेर बल्लतल्ल बढाएको थियो ।

अर्थतन्त्रमा आएको समस्याका कारण अहिले निर्माण व्यवसायीले आन्दोलन थालेका छन् । यदि समस्या बढ्दै जाने हो भने अन्य क्षेत्र पनि आन्दोलनका लागि सडकमा आउने अवस्था हुन्छ । त्यसकारण सरकारले आर्थिक समस्याबाट जोगिन योजनाहरु ल्याउन आवश्यक छ । निर्माण व्यवसायीले विदेशबाट अनुदान मागेर, ऋण लिएर, आन्तरिक ऋण लिएर वा जुनसुकै माध्यमबाट भए पनि निर्माण व्यवसायीको भुक्तानी दिनुपर्ने जिकिर गरेका छन् । यदि सरकारले त्यसो गर्न नकेमा आयोजनाहरुलाई खारेज गर्नुपर्ने तर जनतालाई भ्रमित गर्ने र निर्माण उद्योगलाई ध्वस्त बनाउने काम सरकारले गर्नु नहुने उनीहरुको माग छ । निर्माण व्यवसायीहरुले गत वर्ष गरिसकेको कामको ५० अर्ब भुक्तानी सरकारले दिन बाँकी छ ।

सरकारले भ्रष्टाचारलाई रोक्दै आन्तरिक उत्पादन वृद्धि, रोजगारीका सिर्जना, पर्यटनको वृद्धि जस्ता क्षेत्रमा काम नगर्ने हो भने अवश्य नै केही वर्षमा अहिले आर्थिक संकटले बृहत् रुप लिनेछ । यसका लागि सबै राजनीतिक दलबीच आर्थिक समस्या निराकरणका बारेमा गम्भीर छलफल र योजना ल्याउनु आजको आवश्यकता हो । अझै पनि हाम्रा नेताहरु सरकार टिकाउने र गिराउने खेलमा नै छन् । यदि त्यसैमा अल्झिरहने भने नेपाल पनि छिटै श्रीलंकाको बाटोमा पुग्नेछ । जसरी श्रीलंकामा राजनीतिक लापरबाहीका कारण अर्थतन्त्रमा संकटमा परेको थियो, त्यही अवस्था नेपालमा पनि आउनेछ । त्यो अवस्था आएमा के धनी, के गरिब, हरेक भविष्य संकटमा पर्नेछ । यो अवस्था आउन नदिने बेलैमा सोचौं । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

११ घण्टा अगाडि
हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

१५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक