आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

१० करोडभन्दा बढीको कारोबार सहकारी विभाग

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
१० करोडभन्दा बढीको कारोबार सहकारी विभाग
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ। अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ ।

गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।

विभागले पहिलो पटक २०७७ पुसमा निर्देशन जारी गरी वित्तीय जानकारी एकाइको गोएमएल सफ्टवेयरमा आबद्ध भई सीमा र शङ्कास्पद कारोबारको रिपोर्टिङ गर्न निर्देशन दिएको थियो ।

विभागले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीलाई राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइमा रहेको गोएमएलको टेस्ट इन्भाइरोमेन्ट तथा प्रोडक्सन इन्भाइरोन्मेन्टमा यथाशीघ्र रजिस्टर्ड भई वेब वा एक्सएमएलमार्फत सीमा कारोबार प्रतिवेदन, शङ्कास्पद कारोबार प्रतिवेदन र शङ्कास्पद गतिविधि प्रतिवेदन जस्ता विवरण प्रणालीमा प्रेषित गर्न आह्वान गरेको छ ।अहिले १० करोडभन्दा बढीको कारोबार गर्ने सहकारीहरू तीन हजारको हाराहारीमा भए पनि गत आर्थिक वर्षसम्म चार सय मात्र गोएएमएलमा आबद्ध रहेको वित्तीय जानकारी एकाइले जनाएको छ ।

बैङ्क तथा वित्तीय संस्था र बिमा कम्पनी, सेयर ब्रोकर, रेमिट्यान्सलगायतका कम्पनीलाई गोएएमएलमा आबद्धता अनिवार्य भए पनि सहकारीको हकमा भने १० करोडभन्दा बढी कारोबार गर्ने संस्थालाई मात्र अनिवार्य गरिएको हो ।

गोएमएलमा आबद्ध नहुने सहकारीलाई पनि एकाइले गोएमएल सफ्टवेयरकै म्यासेज बोर्डमार्फत प्रतिवेदन तथा सूचना पठाउनुपर्ने व्यवस्था गरेको छ । जसमा सीमा कारोबारको सूचना एक्सल फम्र्याटमा र शङ्कास्पद कारोबारको सूचना वर्ड, पिडिएफ फम्र्याटमा पठाउन सक्ने व्यवस्था गरिएको छ ।

सम्पत्ति शुद्धीकरण निर्देशन अनुसार सहकारी संस्थाले एक व्यक्तिले एकै पटकमा वा पटक पटक गरेर एक दिनमा १० लाख रुपियाँभन्दा बढीको कारोबार गरेमा सीमा कारोबार अन्तर्गत सूचना केन्द्रमा पठाउनुपर्ने विभागको निर्देशन छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

२३ घण्टा अगाडि
ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

बूढीगण्डकी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको विवरण सार्वजनिक

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक