आइत, बैशाख २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

अनुदानको मलमा कालोबजारीः तोकेकोभन्दा १५ रुपैयाँ महँगोमा किन्न किसान बाध्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
अनुदानको मलमा कालोबजारीः तोकेकोभन्दा १५ रुपैयाँ महँगोमा किन्न किसान बाध्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोखरा – सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलमा कालोबजारी भएको पाइएको छ। मल बिक्रीका लागि अनुमति नलिइकन अनुदानको मल दुरुपयोग गरेर किसानसँग चर्को मूल्य लिएको खुलेको हो।

पोखराको अमरसिंह चोकमा रहेको अमरसिंह शुलभ कृषि सामग्रीले मल बिक्रीका लागि अनुमति नलिइकन तोकेको मूल्यभन्दा १५ रुपैयाँसम्म बढी लिएको हो।

उपभोक्ताको गुनासो आएपछि आइतबार पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समिति तत्काल अनुगमनमा पुग्यो।

महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोलासहित पुगेको टोलीले अनुगमनमा उपभोक्ता सहकारी संघबाट मल ल्याएर २१ रुपैयाँको युरियालाई ३५ रुपैयाँ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको फेला पारेको हो।

अमरसिंह शुलभ कृषि सामग्रीमा फेला परेको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्रीमा रोक लगाएको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए। ‘स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रभित्र किसानको परिचय खुल्ने गरि बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना भएको पाइएन। थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाइएको छ’, उनले भने।

यस्तै, उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएको मल बिक्रीका लागि अनुमति नलिएको सहकारी र पसललाई चर्को मूल्यमा बिक्री गरेको छ।

कार्यक्षेत्रभन्दा बाहिर मल पठाउने गरेको, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको फेला परेको हो। कृषि सामग्रीबाट ल्याएको ५० बोरा र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडबाट ल्याएको ३५ बोरा युरिया त्यसरी बिक्री गरेको भेटिएकाले सोमबार जिल्ला प्रशासनमा हाजिर हुन भनिएको छ।

साउन १२ गते बसेको पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिले सरकारले अनुदानमा उपलब्ध गराउने मलको मूल्य तोकेको थियो।

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म निर्धारण तोकेको छ।

डीएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ। पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ। मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन्।

पोखराका २६ वडामा ६७ केन्द्रबाट मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ।

यो पनि पढ्नुहोस्

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

गोरखामा राजविद्या शक्तिपीठ बन्दै

१ महिना अगाडि
वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

वस्तीकै कुण्डली भएको साँखुको ३३२६ औं स्थापना दिवस

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मैती शाेसियल रन ८३ सम्पन्न

रास्वपाको सचिवालय बैठक आज बस्दै

प्रधान न्यायाधीशको नियुक्तिप्रति जनमाेर्चाकाे आपत्ति

सुकुम्बासीहरूलाई नागार्जुन अपार्टमेन्ट पूर्याइयाे

४ हजार ६३१ सवारी दुर्घटना

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक