सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नाटो देशहरु यूक्रेन युद्धको आगोमा घ्यू थप्न आतुर छन्

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी

अमेरिकाको नेतृत्वमा रहेको सैनिक संगठन – नाटो –को शिखर सम्मेलमा तेश्रो बिश्व युद्धको कथा लेखिने हो अथवा यूरोपलाई परमाणु युद्धको अपूर्ब बिभिषिकाबाट बचाउनका लागि कुनै बुद्धिमत्तापूर्ण पहल गरिऐला रु यो गम्भीर यक्ष प्रश्न यतिबेला बिश्वका अगाडि खडा भइरहेको छ । यी दुइटै प्रश्न आज बिश्वका अगाडि ज्वलन्तरुपमा खडा भएका छन् । रुसका सहयोगी देश बेलारुसको सीमानासँग जोडिएको या केही दूरीमा रहेको लिथुआनियाको राजधानी भिल्नियसमा ११–१२ जुलाईका दिन नाटोको यो शीखर बार्ताको आयोजना हुँदैछ । यसमा नाटोसँग सम्बन्धित ३१ देशहरुका अतिरिक्त एशियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा न्यूजिल्याण्डलाई पनि आमन्त्रण गरिएको छ ।

एशिया र इण्डो–प्याशिफिकमा आवद्ध यी चारवटा एशियाली देशहरु पनि शिखर बार्तामा सामेल हुुनुले एशियाका अन्य देश र खाशगरी भारतीय बिदेश नीतिका लागि पनि एउटा बिचारणीय मुद्दा हुन पुगेको बिशेष उल्लेख गरिदैछ । जापान र अष्ट्रेलिया ‘क्वाड’मा शामेल भइसकेका भारतका सहयोगी देशहरु हुन् । ती देशहरु नाटो शिखर बार्तामा शामेल हुनुले त्यो एशियामा तनाब खडा गर्ने एउटा नयाँ कारण बन्न सक्तछ । वास्तबमा नाटोले जापानमा आफ्नो सम्पर्क कार्यालय खोल्ने कुराको पहल गरिसकेको छ । जुन कुरा फ्रान्सको आपत्तिका कारण अहिलेलाई ब्यवहारमा उत्रिन सकेको भने छैन ।

यो शीखर बार्ताभन्दा ठीक पहिला लिथुआनियाले आफ्नो इण्डो–प्यासिफिक नीतिको खुलाश गरिसकेको छ । २५ लाख जनसंख्या भएको र इण्डो–प्यासिफिकबाट हजारौं किलोमिटर टाढा रहेको यस बाल्टिक देशको यस घोषणाको बिश्वभरी नै एउटा उपहास जस्तै कुरा भइरहेको ज्ञाताहरु औंल्याउँदछन् ।

हुन पनि यो प्रस्ताबित नाटो शिखर बार्ताको ठीक पहिला लिथुआनियाले आफ्नो इण्डो–प्याशिफिक नीतिको खुलाशा गरेको थियो । पच्चिस लाख जनसंख्या भएको र इण्डो–प्याशिफिकबाट हजारौं किलोमिटर टाढा रहेको बाल्टिक देशको यस घोषणाको बिश्वभरी नै उपहास जस्तै भएको छ । तर दृष्टि दिनुपर्ने कुरा के छ भने जहाँ एकातिर जापान स्वयंलाई यूक्रेन संघर्षसँग जोड्ने कोशिश गरिरहेको छ, त्यही लिथुआनिया जस्तो सानो देश इण्डो–प्याशिफिकमा दख्खल दिने जस्तो दुस्साहस गरिरहेको छ । यो नाटो शीखर सम्मेलनको आयोजना स्थल भेन्लियसलाई एउटा अभेद्य किल्ला जस्तो बनाइएको बताइएको छ । त्यहाँ नाटो देशहरुका बायु सेनाका युद्धक बिमानहरु र वायु प्रतिरक्षा प्रणालीको माध्यमले सुरक्षा कवज प्रदान गरिएको पनि उल्लेख गरिएको छ । शिखर बार्ताको प्रमुख एजेण्डा वास्तवमा रुसका बिरुद्ध युक्रेनलाई सैन्यरुपले अझ सक्षम बनाउनु रहेको बताइन्छ । यूक्रेनका राष्ट्रपति बोलोदिमिर जेलेन्स्कीले पनि यो दुइ दिने शीखर बार्तामा भाग लिदैछन् तर कुन कुराको सम्भावना नरहेको बताइदैछ भने उनको देशलाई नाटोमा सामेल भने अहिले गरिने छैन । के चाँही अबश्य हुने बताइदैछ भने इजरायललाई जस्तै यूक्रेनलाई पनि सुरक्षा सुनिश्चिता९ग्यारेण्टी०को भने एउटा महत्वपूर्ण निर्णय यो नाटो शीखर सम्मेलनमा हुनसक्ने सम्भावना छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यो शीखर बार्ताका लागि प्रस्थान गर्नु अघि यूक्रेनलाई क्लष्टर बम ९स–साना बमहरुको झुण्ड० उपलब्ध गराउने घोषणा गरेका छन् । त्यस बमलाई बिश्वका अधिकांश देशहरुले भने प्रतिबन्ध लगाइसकेका छन् । त्यसको कारण के छ भने त्यो बम नपड्कीकन त्यो स–साना बमहरुको गुच्छा दशकौंंसम्म कुनै पनि क्षेत्र या इलाकामा रहिरहन या फैलिरहन सक्तछ । जसले गर्दा आम जन साधारणको जनधनमाथि एउटा भयावह खतरा रहिरहने गर्दछ । रुसका बिरुद्ध यूक्रेनको जबाफी हमलामा कुनै सफलता मिल्न नसकेपछि नाटोमा संलग्न देशहरुमा निकै हताशा छाएको बताइन्छ । यद्यपि अझै पनि नाटो आबद्ध देशहरु भने यूक्रेनको सैन्य अभियानलाई कुनै पनि हालतमा सफल भएको देख्न चाहन्छन् । उनीहरुलाई यस कुराको चिन्ता छैन कि यूक्रेनले कत्तिका घातक हतियारहरुको प्रयोग गर्दछ र त्यसको प्रतिरोधमा रुसले पनि अझ घातक हतियारको सहारा लिने या उपयोग गर्नेछ नै । जति बेला नाटो देशहरुका नेता त्यो शीखर बार्तामा भाग लिन गइरहेका छन् त्यसैबेला रुसले भने आफ्नो पूर्ब घोषित निर्णय अनुसार बेलारुसमा परमाणु हतियारहरु–सीमित क्षमताभएका ट्याक्टिकल परमाणु बमहरुको तैनाथी गर्दैछ । नाटो देशका नेताहरु परमाणु बमको खतरालाई वेवास्ता गरेर यूक्रेन युद्धको आगोमा घ्यू थप्न आतुर रहेको देखिन्छ ।

यस्तो अबस्थामा भारतले एशियामा नाटोको बिस्तारका सम्वन्धमा कस्तो प्रबृत्ति देखाउला त्यसको क्षेत्रीय तथा बिश्व स्तरमा पनि निकै ठूलो असर पर्नेछ । बास्तवमा अमेरिकाले भारतलाई नाटोको सहयोगी देशकारुपमा शामिल हुन किनै दबाबपूर्ण प्रस्ताव अघि सारेको थियो भनिन्छ त्यसलाई भारतले बाहिरीरुपमा खारेज गरिदिएको छ । अनि के पनि भनिदै छ भने भारत यो चाँहदैन कि ‘क्वाड’मा संलग्न र त्यसका सहयोगी देशहरु जापान र अष्ट्रलिया पनि नाटो प्रसारको माध्यम बनुन् । त्यसैले अहिले के पनि प्रश्न उठिरहेको छ भने के अब भारतले आफ्नो ‘क्वाड’मा संलग्नतालाई पुनर्समीक्षा गर्ला त रु

भारतको तटस्थ र स्वतन्त्र भनिएको बिदेश नीतिको अर्थ यही हुन्छ कि उनसले एशियामा यूक्रेनको जस्तो परिस्थिति पैदा हुन नदेओस् । यसका लागि जापान र अष्ट्रेलियाका नेताहरुलाई सुझाव पनि दिन सक्तछ । भारतका लागि वास्तवमा चिन्ताको एउटा नयाँ मुद्दा इण्डो–प्याशिफिक क्षेत्रमा रुसका नौसनाहरुको सक्रियता पनि रहेको छ । ‘क्वाड’ देशहरुका नौसेनाकाके संयुक्त अभ्यासका क्रममा रुसी युद्ध–पोतहरु एक अर्काको आमुन्ने–सामुन्ने हुन पनि सक्तछन् । शायद भारत अहिले नै यस्तो चाहँदैन । त्यसैले नाटो शीखर सम्मेलनको कालो छायाँ आगमी ब्रिक्स शिखर सम्मेलन जुन अगष्टमा हुने प्रस्ताबित छ, त्यसमा र जी–२० शीखर बार्तामाथि पनि पर्न सक्तछ ।

यो पनि पढ्नुहोस्

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

पहिलो पटक विश्वकप खेलिरहेको कुराकाओ ७–१ गोलले पराजित

३ घण्टा अगाडि
संस्कृति बन्न सकेन रक्तदान

संस्कृति बन्न सकेन रक्तदान

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज विश्व रक्तदाता दिवस

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

धार्के बजार क्षेत्रमा कालोपत्रे गर्ने कार्य पुनः सुरु

नेपाल सरकारलाई सहयोग गर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक