काठमाडौँ / संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक अंगमा रिक्त पदको नियुक्ति प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । संवैधानिक परिषद्को बिहीबार बसेको बैठकले निर्वाचन आयोगलगायत विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
परिषद्का सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गर्नुका साथै अन्य संवैधानिक अंगका रिक्त पदमा नियुक्ति प्रक्रिया थाल्ने निर्णय गरेको जानकारी दिए ।
महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यको लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको तिमिल्सिनाले बताए ।
‘महालेखा परीक्षक, निर्वाचन आयुक्त, प्राकृतिक स्रोत तथा वित्तीय आयोगको सदस्य र मुस्लिम आयोगको सदस्यका लागि प्रक्रिया अघि बढाउन १५ दिनको सूचना निकाल्ने निर्णय गरेको छ,’ उनले भने ।