आइत, भदौ २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सडकमा ७५ करोड लगानी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सडकमा ७५ करोड लगानी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लेखनाथ । विश्व बैंकले पोखराका थप दुई सडक खण्डमा लगानी गर्ने भएको छ । विश्व बैंकको लगानीमा तालचोकदेखि वेगनासतालसम्मको सडक निर्माण हुँदैछ । यो सडकमा ७५ करोड लगानी भएको छ ।

पोखरामा २५.६८ मिलियन अमेरिकी डलर (३ अर्ब ३७ करोड ९३ लाख १० हजार ८ सय ८ नेपाली रुपियाँ) लगानी गर्ने योजनाअनुरुप तालचोकदेखि वेगनासताल निर्माणपछि बाँकी पैसा अरु दुई सडकखण्डमा लगानी हुनेभएको हो । पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना (एनयुजिआइपी) अन्तर्गत थप दुई परियोजना छानेको छ ।

बिरौटादेखि पुडिँटार र लेखनाथचोकदेखि डाँडाकोनाक, शिशुवा, खुँदिखोला हुँदै गगनगौंडा सडक स्तरोन्नतिका लागि महानगरले छानेको छ । महानगरको साउन १४ गते बसेको कार्यपालिका बैठकले यी सडक छनोट गरेको प्रमुख धनराज आचार्यले जानकारी दिनुभयो । सन् २०२६ मार्च ५ भित्र सडकको काम सक्ने लक्ष्य छ ।

स्तरोन्नति हुने दुवै सडक चार लेनका हुनेछन् । सडकको दायाँ–बाँया दुवैतिर साइकल लेन बनाइनेछ । बीचमा बगैंचासहितको डिभाइडर राख्ने योजना छ । विश्व बैंकको सहयोगमा अहिले तालचोकदेखि बेगनासको सडक स्तरोन्नति हुँदैछ प्रमुख आचार्यले भन्नुभयो, “यसबाहेक थप दुई परियोजना हामीले छनोट गरेकाछौँ । यी सबै परियोजना साढे दुई वर्षभित्र बनिसक्ने सम्झौता छ ।”

तालचोक बेगनास सडक स्वच्छन्द–सपना–वल्र्ड वाइड जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ । तीन वटै सडक स्तरोन्नतिपछि नमुना बन्ने उहाँको भनाइ छ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८ सय ७३ रुपियाँ लगानी हुनेछ ।

बिरौटा–पुडिटार सडक डेढ अर्ब र लेखनाथचोक, डाँडाकोनाक, शिशुवा, खुँदिखोला, गगनगौडा सडक स्तरोन्नति गर्न एक अर्ब लागत लाग्ने अनुमान छ । पछि छानिएका दुई सडक परियोजनाको सर्भेका लागि विश्व वैंकको प्राविधिक टोली खटिने प्रमुख आचार्यले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

भेरी बबई र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे प्रधानमन्त्रीकाे चासाे

भेरी बबई र सुनकोशी मरिण डाइभर्सन आयोजनाबारे प्रधानमन्त्रीकाे चासाे

३ वर्ष अगाडि
तटबन्ध निर्माणले बाँझो जमिन हराभरा

तटबन्ध निर्माणले बाँझो जमिन हराभरा

३ वर्ष अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

जलविद्युत् आयोजनाका ९०९ जना कामदार बेपत्ता

नेवाः स्यनामि दबूको विदाई कार्यक्रम

इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक