आइत, असार ७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सामसङले फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्यायाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सामसङले फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्यायाे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सामसङले नेपालमा बिक्री हुने फ्ल्यागशिप फोनमा क्याशब्याक अफर ल्याएको छ । वर्षाको मौसम सुरु भएसँगै कम्पनीले मनसुन अफर अन्तर्गत नौ ओटा मोडेलमा क्याशब्याक अफर ल्याएको थियो । ​मंगलबारदेखि कम्पनीले नेपाली बजारमा एस२३ सिरिजका मोडेलबाट क्याशब्याक अफर हटाएको हो ।

अब सामसङका सात ओटा मोडेलमा मात्र क्याशब्याक पाइने छ । कम्पनीले जेड फोल्ड फोरमा सबैभन्दा बढी फिर्ता दिने भएको छ । दुई लाख ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य भएको जेड फोल्ड फोर खरिद गर्दा ४५ हजार रुपैयाँ क्याशब्याक पाइनेछ । यसमा १२ जीबी र्‍याम २५६ जीबी इन्टर्नल स्टोरेज रहेको छ । त्यस्तै ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको जेड फ्लिप फोर खरिद गर्दा ३० हजार रुपैयाँ क्याशब्याक पाइनेछ । यसको बजार मूल्य एक लाख ४४ हजार ९९९ रुपैयाँ छ । यसैगरी १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको जेड फोल्ड थ्री १२ हजार रुपैयाँ क्याशब्याक पाउन सकिन्छ । यो मोडेलको बजार मूल्य एक लाख ७९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यससँगै एस२२ खरिद गर्दा १५ हजार रुपैयाँ क्याशब्याक पाइन्छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज छ । कम्पनीका अनुसार यो भेरियन्टको एस२२ को मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँ छ । त्यस्तै १२ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको एस२२ अल्ट्रा खरिद गर्दा १० हजार रुपैयाँ क्याशब्याक पाइनेछ । यो मोडेलको बजारमूल्य एक लाख ६९ हजार ९९९ रहेको छ ।

त्यसैगरी ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएको ए२३ मोडेल खरिदमा कम्पनीले दुई हजार रुपैयाँ क्याशब्याक दिने उल्लेख गरेको छ । साथै ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको ए२३ मोडेल खरिद गर्दा पनि दुई हजार रुपैयाँ क्याशब्याक दिनेछ । यी बाहेकका मोडेलमा कम्पनीले कुनै पनि क्याशब्याक उपलब्ध गराएको छैन । त्यस्तै कम्पनीले सामसङ एम ०४ को ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ९९९ रुपैयाँ र ४/१२८ जीबी भेरियन्टको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकेको छ । कम्पनीले यो क्याशब्याक अफरको अवधि कहिलेसम्म लागू हुनेछ भन्ने विषयमा भने केही खुलाएको छैन ।

यो पनि पढ्नुहोस्

सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक घट्याे

४ दिन अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्सेमा गिरावट कायमै

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक