शुक्र, अशोज ५, २०८०
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
दृष्टिविहीनको प्याराग्लाइडिङ अनुभव : ‘सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ’

कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उनले शब्दमा व्यक्त गर्न सकिरहेकी थिइनन् ।

शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को काम गर्छिन् । ‘ब्लाइन्ड रक’ संस्थाको सदस्यसमेत रहेकी उनी प्याराग्लाइडिङको अनुभवका लागि आइतबार दिउँसो पोखरा आएकी थिइन् ।

पोखरा आएसँगै उनमा प्याराग्लाइडिङ गर्न मौसमले साथ देला कि नदेला भन्ने चिन्ता थियो । जब बिहान उनी ‘टेकअफ’का लागि मान्द्रेढुङ्गा पुगिन्, उनले त्यसपछि आफ्नो खुसी थाम्न सकिनन्। “प्याराग्लाइडिङमा उड्ने पहिलादेखिकै योजना थियो । कहिले उड्न पाइएला भन्ने लागेको थियो । जाने बेला सहज हुन्छ कि भन्न भनेर मनमा लागिरहेको थियो”, उनले भनिन्, “उडेर हावाको प्रेसरले माथि माथि जाँदा, दिशा परिर्वतन भएको अनुभव गर्न पाइयो । एकदमै रमाइलो लाग्यो ।”

पोखराको आकाशमा सुनिताजस्तै सोमबार दुई विदेशीसहित १० दृष्टिविहीनले हावामा कावा खाँदै प्याराग्लाइडिङ गरे । साहसिक खेल प्याराग्लाइडिङ गर्न जो–कोही तत्कालै तयार हुँदैनन् । यसका लागि साहस चाहिन्छ, तर शारीरिकरूपमा फरक क्षमता भएका दृष्टिविहीनले समेत साहसिक खेलकुदको मज्जा लिए । दृष्टिविहीनलाई प्याराग्लाइडिङको अवसर भने ‘ब्लाइन्ड रक्स’ संस्थाले मिलाएको थियो । प्याराइलाइडिङ गर्नेहरु एक–दुई जनाबाहेक सबैको पहिलो अनुभव थियो ।

बाग्लुङकी चाँदनी शर्मा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्छिन् । उनी समेत प्याराग्लाइडिङ गरेपछि उत्साहित भइन् । उनले कहिल्यै पनि हावामा कावा खाँदै रमाउने कल्पनासमेत गरेकी थिइन् । उनको भनिन् “आकाशमा उड्ने कहिल्यै कल्पनासमेत गरेकी थिइनँ, नयाँ अनुभव हासिल भयो, मनमा खुसीको सीमा नै छैन ।”

चाँदनीले दृष्टिीविहीनलाई प्याराग्लाइडिङ गराउने भन्ने केही दिनदेखि नै थाहा पाएकी थिइन् । तर आफूले पाउँछु कि पाउँदिन भन्ने उनलाई थाहा थिएन । अघिल्लो दिनमात्र गर्न पाउने भन्ने उनले जानकारी पाइन् । उनले भनिन्, “मैले गर्ने भनेर सृष्टि दिदीबाट अघिल्लो दिनमात्र थाहा भयो । आकाशमा उड्ने भनेपछि कस्तो हुने, आकाशमा कस्तो हुन्छ होला भन्ने थियो । तर उडिसकेपछि सबै अनुभव गर्न पाइयो ।”

ब्लाइन्ड रक संस्थाका संस्थापक अध्यक्ष सृष्टि केसीको प्याराग्लाइडिङको दोस्रो अनुभव थियो । उनले नै यस कार्यको अग्रसरता लिइन् र आफ्ना साथीहरूलाई अवसर प्रदान गरिन्। सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्रवाह गर्न ‘इन्क्लुसिभ प्याराग्लाइडिङ’ गराइएको केसीले बताइन् ।

उनले भनिन्, “यो समावेशी पर्यटन प्रवर्द्धन हो । यसबाट सफलतामा पुग्न अपाङ्गता र दृष्टिविहीनताले छैक्दन भन्ने सन्देश दिएको छ । जीवनमा उचाइमा पुग्न सफलता प्राप्त गर्न दृष्टिविहीनतामा सीमित हुन जरुरी छैन । त्यो भन्दा माथि उठ्न सक्छौँ, उड्न सक्छौँ ।”

उनको प्याराग्लाइडिङको अनुभवन पनि रोमाञ्चक छ । बादलभित्र हराउँदाको खुसी उनले शब्दमा व्यक्त गर्न सकिनन् । उनले भनिन्, “मेरो पाइलटले बादल छुहाउन लैजानुभयो । बादलमाथि पुग्ने उचाइमा पुग्ने सपना पूरा भएको छ, म बादललाई स्पर्श गरिरहेकी थिएँ । बादलभित्र हराउँदाको खुसीले मनमा छुट्टै उत्साह र ऊर्जा मिल्यो । जीवनमा सपना देख्न आँखा होइन, हिम्मत र आत्मबल चाहिन्छ र त्यो कहिल्यै पनि अपाङ्गता हुँदैन ।”

प्याराग्लाइडिङ पाइलट राम गौतम दृष्टिविहीनलाई उडाएको आफ्नो पहिलो अनुभव रहेको बताए । अन्य सामान्य नागरिकले आफैँले देखेर आनन्दित हुने खुुसीमा रमाउने गरे पनि दृष्टिविहीनलाई पाइलटले वर्णन गरिदिँदा उनीहरूमा समेत अन्य नागरिकसरह उत्साहित भएको उनले बताए ।

उनले भने, “सामान्य नागरिक उडान भर्दा हिमाल, ताल, डाँडाकाँडा देखेर रमाउछन् । दृष्टिविहीनलाई हामीले तपाईँ तालमाथि हुनुहुन्छ, बादलभित्र हुनुहुन्छ भनेर वर्णन गर्छौं, यसो भन्दा उहाँहरूसमेत उत्साहित हुनुहुन्छ ।”

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

७ मिनेट अगाडि
ShareSendScan

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्

सानेपा गुर्सिङगलमा चोरी

सानेपा गुर्सिङगलमा चोरी

४ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषधसहित दुई जना पक्राउ

७ मिनेट अगाडि
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

११ मिनेट अगाडि
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध

क्रान्तिकारी अग्रगामी शक्तिहरूले आज बुझ्नुपर्ने मूल कुरा

११ मिनेट अगाडि
ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ्ग सम्झौता

१४ मिनेट अगाडि
‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

‘मायालु’को निधनले सिङ्गो पार्टी मर्माहत

१६ मिनेट अगाडि

लोकप्रिय

  • अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

    0 shares
    Share 0 Tweet 0
  • किर्ते कागजमा सयभन्दा बढी कामदार जापान पुगेको खुलासा

    0 shares
    Share 0 Tweet 0
  • यस्ताे रहेकाे छ शिक्षकका १८ बुँदे माग

    0 shares
    Share 0 Tweet 0
  • प्रहरीमाथि हातपात गरेको अभियोगमा तीन जना पक्राउ

    0 shares
    Share 0 Tweet 0
  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जेरियाट्रिक मेडिसिनमा एक वर्षे पोष्ट डक्टरल फेलोसिप सञ्चालन गर्ने

    0 shares
    Share 0 Tweet 0
Facebook Youtube TikTok
जनधारणा

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

अमेरिकाको “बेस्ट द् याम् ब्लुज महाेउत्वसमा” अशेषकाे उत्कृष्ट प्रर्दशन

अन्तर्राष्ट्रिय बिमानस्थल नजिकै चारजनाको हत्या गरी प्रहरीमा आत्मसमर्पण !

डलरको भाउमा नयाँ रेकर्ड कायम

गैह्रीगाउँ हत्याकाण्डको नयाँ तथ्य !

शिक्षा विधेयकको विरोधमा प्रदर्शन

फ्रान्सले लगायाे आईफोन १२ माथि प्रतिबन्ध

साइट नेविगेशन

  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist